Friday, November 20

समाचार

गायक युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)

काठमाडौं — लोकप्रिय गायक युवराज छन्त्याल ले नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक गरेका छन्। मौलिक लोकधुनमा तयार गरिएको यस गीतमा देवी घर्ति, कुसुम थापा, नबिन र सगुनले समेत स्वरमा साथ दिएका छन्। गीतले म्याग्दी खोलाको सौन्दर्य, गाउँघरको जीवनशैली र प्रेमको भावनालाई चित्रण गरेको छ। छन्त्यालको दमदार स्वर र सहगायक–गायिकाको सुमधुर प्रस्तुतीले गीतलाई अझ आकर्षक बनाएको छ। भिडियोमा देखाइएका दृश्यहरूले पहाडी संस्कृति र प्राकृतिक सुन्दरतालाई उजागर गर्दै दर्शकलाई गाउँघरको माहोलमा डुबाइदिन्छ। संगीतसहितको प्रस्तुतीले नेपाली लोक संगीतमा नयाँ स्वाद थपेको छ भने दर्शक–श्रोता बीच छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउन थालेको छ।...
सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्। लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्। हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी ” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ l सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।...
लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज
मनोरन्जन, समाचार

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,...
प्रधानमन्त्री कार्कीको दृढ नेतृत्वमा, समिर लामाको सक्रिय सहभागिता अपरिहार्य
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीको दृढ नेतृत्वमा, समिर लामाको सक्रिय सहभागिता अपरिहार्य

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ । आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक ...
औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष
अर्थ/व्यापार, समाचार

औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चेम्बरले ...
थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड,नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान
समाचार, समाज

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड,नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो । समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहरूलाई स...
फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा
अर्थ/व्यापार, समाचार

फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा

काठमाडौं । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटीमा रहेको केएम कम्प्लेक्समा शुक्रबारदेखि ११औँ शाखा सञ्चालनमा ल्याइएको हो । एक भव्य समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले सो शाखा उद्घाटन गरिन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष राणाले फेसियल हाउसले एकपछि अर्को सफल शाखाहरू सञ्चालन गर्दै आएकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् । यो सफलतासँग फेसियल हाउसकी सुष्मा महरा मात्र नभइ स्वदेश तथा विदेशमा रोजगारीको खोजी गरिरहेका युवायुवतीहरू समेत जोडिएको उनले बताइन् । ‘सुष्माजीले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ । यो राम्रो काम मात्रै होइन रोजगारी सृजनासमेत भएको छ,’ उनले भनिन्, ‘रोजगारीको खोजी गर्दै धे...
अमेरिकामा दर खाने कार्यक्रम : तीज पर्वको सांस्कृतिक महत्त्वबारे मन्तव्य, सांस्कृतिक नृत्य प्रस्तुति
मनोरन्जन, समाचार

अमेरिकामा दर खाने कार्यक्रम : तीज पर्वको सांस्कृतिक महत्त्वबारे मन्तव्य, सांस्कृतिक नृत्य प्रस्तुति

न्यूयोर्क । नेपाली संस्कृति, सामाजिक एकता र सामुदायिक भावनाको अभिव्यक्तिका रूपमा लायन्स क्विन क्लबको आयोजनामा न्यूयोर्कमा तीज दार खाने कार्यक्रम भव्य र सभ्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका मुख्य अतिथि महावाणिज्यदूत दधिराम भण्डारी रहेका थिए । उपस्थित अतिथिहरूलाई लायन्स क्विन क्लबकी उपाध्यक्ष रूपा शाहले स्वागत मन्तव्य दिएकी थिइन् । सम्पूर्ण कार्यक्रमलाई आशा पाण्डे तथा लायन्स टोलीले संयोजन तथा सञ्चालन गरेका थिए । कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो । त्यसपछि विशेष अतिथिहरूको आसन ग्रहण तथा प्रमुख अतिथिद्वारा दियो प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो । लायन्स क्लब विश्वकै सबैभन्दा ठूलो र सम्मानित सेवा संस्थामध्ये एक भएको स्मरण गर्दै स्वागत मन्तव्यमा यस संस्थाले स्वास्थ्य, शिक्षा, दृष्टि–संरक्षण, महिला तथा युवासशक्तीकरण, विपत् व्यवस्थापन र मानव सेवा...
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

काठमाडौं, भदौ १० । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले हुनुभयो । त्यस्तै मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेतामा नन्द गुरुङ हुनुभयो । मिसेस भ्युअर च्वाइसमा कुमारी गुरुङ, मिसेस अग्रेनाइजर च्वाइसमा मेलिना गुरुङ, मिसेस फोटोजेनिकमा मेलिना गुरुङ, मिसेस प्रतिभामा मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्वमा माया गुरुङ, मिसेस आत्मविश्वासीमा कुमारी गुरुङ, मिसेस इन्टिलिजेन्समा गं...
१२ औं छायाँछवी तिज म्युजिक अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

१२ औं छायाँछवी तिज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न रेखा शाह र जुनु गौतम उत्कृष्ट गायिका÷ गायकमा रामचन्द्र काफ्ले छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ । सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो । यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना ...