Monday, November 23

समाचार

भारतमा थप २२ हजार ६१७ जनामा संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप २२ हजार ६१७ जनामा संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ६१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३८ लाख ९३ हजार २ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ५० हजार ४४० जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४९ हजार ८८३ पुगेको छ ।...
लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि
अर्थ/व्यापार, राष्ट्र, समाचार

लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।...
सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक(भिडियो)

काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डे को अभिनय छ । चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघु चलचित्रमा रहेको छ ।...
ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह राजपुत, लब बहादुर कार्की, टेकराज पाण्डे, राज लुईटेल, सोनित राज ढुङ्गेल, शान्ता कुमारी लामा र देवराज घिमिरे एकसाथ सम्मानित भएका छन् । ग्रेस ईभेन्टले आफ्नो ५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार राजधानीको एस आर बैङ्क्वेट धुम्बाराहीमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । ग्रेस ईभेन्टका अध्यक्ष शिशिर तण्डनले ५ वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले ५ बर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्त गरे । साथै ‘कार्यक्रममा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा लामो समय देखि सेवा दिने तथा सौन्दर्य क्षेत्रको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए । चलचित्र विकास बोर्डका ...
राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता
राजनीति, समाचार

राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

-डा.डिआर उपाध्याय, आज मुलुकका सामु थुप्रै समस्या तेर्सिएका छन । समस्या समाधान गर्ने कुरामा कसैको ध्यान छैन । नेताहरुलाई खाली आफनै स्वार्थ पुरा गर्ने ध्यान मात्र छ । जनताको कुनै मतलव छैन । आज आम नागरिक निराश छन । अब दशै पनि नजिकै आइसकेको छ । दशै खर्च जुटाउन नसकेर सर्वसाधरण नागरिक चिन्तित छन । लामो समय सम्मको कोरोना भाइरस र त्यसवाट उत्पन्न समस्याबाट थिलै थिलो बनेका आम नागरिक अझै पुरानो अबस्थामा फर्कन सकिरहेका छैनन् । धेरैका रोजगार गुमेका छन । अझै पुरानो अबस्थामा फर्कन समय लाग्छ । जनताको आबश्यकताहरु झन पछि झन बढदै गएका छन । महंगीले आकाश छुन थाल्यो । जनता कसरी बाँचेका छन न सरकारले मतलव राखेको छ नत राजनीतिक दल र तिनका नेताहरुले नै । जनता समस्या संग जुधिरहेका छन । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै...
मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार
खेलकुद, समाचार

मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ । पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो । आइतबार भएको खेलमा पीएसजी रेनससँग २-० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे । जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।...
मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने
मौसम, समाचार

मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने

मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ । ‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ, सम्भवत एक सातापछि मनसुन निस्क्रीय होला,’ सापकोटाले खबरहबसँग भने । सामान्यतयाः अक्टोबर-२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ । न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसो १/२ बजेदेखि साँझ ७ बजेसम्म क...
धापासीमा ‘क्याफे जमघट’ संचालनमा,राजाराम पौडेल,ज्योती मगर र योगेश काजीले गरे उद्घाटन
अर्थ/व्यापार, समाचार

धापासीमा ‘क्याफे जमघट’ संचालनमा,राजाराम पौडेल,ज्योती मगर र योगेश काजीले गरे उद्घाटन

काठमाण्डौको धापासी स्थित ग्राण्डी हस्पिटलको अगाडी ‘क्याफे जमघट’ नामक रेष्टुरेन्ट संचालनमा आएको छ । लोकप्रिय चर्चित हांस्य कलाकार राजाराम पौडेलको प्रमुख आतिथ्यता,गायक तथा संगितकार योगेश काजी तथा चर्चित गायिका ज्योती मगरको विशेष आतिथ्यतामा रिबन काटेर औपचारिक रुपमा क्याफे जमघटको शुभारम्भ गरिएको थियो । आमा अर्गानिक ममको लोकप्रियता संगै उक्त फ्रोजन ममको विभिन्न स्थानमा स्टल तथा रेष्टुरेन्ट खोल्ने क्रममा यो पहिलो शाखा हो । संचार क्षेत्रका विभिन्न क्रियाशिल संचारकर्मीहरु राज लुईटेल,सोनीतराज ढुंगेल, कुवेर तामाङ्ग,सुमित रजक,कुलराज आचार्य, अमित रजक मोडल पूजा नाथ, गायिका सुनिता थापा मगर लगायतको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रममा राजनितिज्ञ लगायत विभिन्न पेशाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफे जमघटले वि...
६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु
विशेष, समाचार

६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७० जनाको पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।...
टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा
अर्थ/व्यापार, समाचार

टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो । साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्री परिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ । विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन । घर निर्माणमा ढोकाका ल...