Tuesday, November 24

समाचार

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग
अर्थ/व्यापार, समाचार

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ । सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो । कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुनर्निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, “नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ ।” बैंकका...
खाली हात फर्किन पर्यो फातेमा सुमार
समाचार

खाली हात फर्किन पर्यो फातेमा सुमार

एमसीसीकी उपाध्यक्ष फातेमा सुमार नेपाल भ्रमण गरेर दुई दिन अघि अमेरिका फर्किसकेकी छिन् । नेपालले एमसीसी परियोजना पारित गराउन ढिलाई गरिरहेको बेला फातिमा नेपाल आएर राजनीतिक दलहरु बीच सहमति जुटाउने कोशिस गरेकी थिईन । एमसीए नेपाल निकट श्रोतका अनुसार फातिमा सुमारले नेपाल भ्रमणको बेला शिर्ष नेताहरुलाई सहमति गराउन गरेको पहलले कुनै सकारात्मक फल दिएन । फातिमाले एमसीसी परियोजना बारे रहेको भ्रमलाई प्रष्टाउने साथै शिर्ष नेताहरुलाई कन्भिन्स गराएर संसदबाट पारित गराउने माहोल बनाउने योजना सहित नेपाल भ्रमणमा आएकी थिईन तर फातिमा खाली हात अमेरिका फर्केको श्रोतको दाबी रहेको छ । फातिमाले नेपाल भ्रमणको सुरुवात नै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी थिईन । केपी शर्मा ओलीले आफ्नो पार्टीको एमसीसी अनुमोदन गराउन ठूलो हात नरहेको जिकिर गरेका थिए । आफूले संसदमा टेबुल गर्न खोज्दा सभामुखले...
‘मिस्टर एन्ड मिस मोडल अफ झापा’ सुरु
मनोरन्जन, समाचार

‘मिस्टर एन्ड मिस मोडल अफ झापा’ सुरु

नेपाल प्याजन्ट हबद्वारा आयोजित मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१को औपचारिक उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका स्थित झिलझिलेमा रहेको युङी क्याफे एन्ड बारमा मंगलबार उक्त समारोह सम्पन्न गरिएको थियो।औपचारिक कार्यक्रममा भाग लिने प्रतिस्पर्धीहरुका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल प्याजन्ट साथै, ब्लु रे प्रोडक्सनका प्रबन्ध निर्देशक र इन्टरनेशनल पेजेन्ट डिरेक्टर एसोसेसनका नेशनल डिरेक्टर युबराज बुढाथोकीको विशेष उपस्तिथि रहेको थियो। उक्त कार्यक्रममा प्रतिस्पर्धि भाईबैनीलाई मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१ को अफिसियल टि-शर्ट साथै उनिहरुको नाम राखिएको स्यास बितरण गरिएको थियो । साथै उनिहरुको प्रतिभा समेत अगाडि बढाईएको थियो। सोही कार्यक्रमलाई औपचारिकता दिदै प्रमुख अतिथी बुढाथोकीले भने ूकतिपय व्यूटि प्याजेन्ट शोहरुमा अहिले निकै नै बिक...
नेपाल ओमानसँग पराजित
खेलकुद, समाचार

नेपाल ओमानसँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट...
पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडक खुल्यो
राष्ट्र, समाचार

पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडक खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुँदै
राष्ट्र, समाचार

कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदैछ । कोरोनाभाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को परिक्षा आजदेखि सञ्चालन हुन लागेको हो । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।  परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ । परिक्षाको लागि देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्र रहेका छन् । आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।  गएको जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण साउन ३१ गतेका लागि सारिएको थियो । तर कोरोनाको जोखिम कायमै रहेको भन्दै फेरि सारिएको थियो ।  परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।...
देशमा सुशासनको सन्दर्भ छायामा परेको छ
राजनीति, समाचार

देशमा सुशासनको सन्दर्भ छायामा परेको छ

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदेश...
थप १५६२ मा कोरोना संक्रमण, १९ को मृत्यु
विशेष, समाचार

थप १५६२ मा कोरोना संक्रमण, १९ को मृत्यु

गत २४ घण्टामा नेपालमा १४ हजार ४४३ जनाको परीक्षण गर्दा १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५८९ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १७७ परीक्षण गर्दा ३८२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ ।...
गायक संजय लामाको नयाँ सेलो ‘ज्यान मैच्याङ्ग’ बजारमा(भिडियो)
मनोरन्जन, समाचार

गायक संजय लामाको नयाँ सेलो ‘ज्यान मैच्याङ्ग’ बजारमा(भिडियो)

लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि भिडियो सहित बजारमा आएको छ । भर्खरै मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युट्यूब बाट सार्वजनिक भएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेश भएपनि पुनः सांगीतक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन । काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरी थाङपाल गाउँपालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारी र बरिष्ठ गायक प्रेम लोप्चन रहेका थिए। https://youtu.be/vaxR5Qy9SBk गायक संजय लामा र गायिका रोस...