रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर
अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो। शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ।
दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्रा...










