Monday, November 23

समाचार

तालिबानले कुटे पत्रकार
अन्तर्राष्ट्रिय, समाचार

तालिबानले कुटे पत्रकार

अफगानिस्तानमा तालिबानले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् । अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकारलाई तालिबानले बन्दुकले पिटेका हुन् । टोलो न्युजले ट्वीट गर्दै आफ्ना दुईजना पत्रकार कुटिएको जनाएको छ । पत्रकार जैर याद र बीस मजीदी अफगानिस्तानको राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार मजदुरहरुको भिडियो बनाइरहेका बेला तालिबानले उनीहरुमाथि कुटपिट गरेको बीबीसीले जनाएको छ । https://twitter.com/TOLOnews/status/1430786755666513920?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1430786755666513920%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2021%2F26%2F300466%2F पत्रकार जैर यादले आफूहरुले पत्रकार परिचय पत्र देखाउँदा पनि थप्पड हानेको बन्दुकले पिटेको बताएका छन् । उनले तालिबानले आफूहरुको मोबाइलसमेत लिएको बताए ।...
थप २४४३ मा कोरोना संक्रमण, ४४ को मृत्यु
विशेष, समाचार

थप २४४३ मा कोरोना संक्रमण, ४४ को मृत्यु

गत २४ घण्टामा नेपालमा १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२९ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६७२ परीक्षण गर्दा ३८१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।...
पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र
शिक्षा, समाचार

पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरुलाई कारोना महामारी कायम अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन पत्रचार गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति मंगलबार इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोरोना महामारीको रहेको अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन निर्देशन दिएकाले विश्वविद्यालयले पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको हो । मंगलबार संसदीय शिक्षा तथा स्वास्थ्य समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र गर्न सरकारलाई निर्देशन दिएको छ ।...
‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति
समाचार

‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो । यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो । इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुटनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए । कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डो...
अस्ताए जनगायक जेबी टुहुरे
मनोरन्जन, समाचार

अस्ताए जनगायक जेबी टुहुरे

लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो । जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो । २०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए । २०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको...
दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली
अर्थ/व्यापार, समाचार

दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली

यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ । बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ । विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् । विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले...
भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री
राजनीति, समाचार

भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री

 एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले आजै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि त्यस पार्टीमा कति सांसद जाने भन्ने टुंगो भने लागेको छैन । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् । शपथ लिए लगत्तै छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व प...
फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।   बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।...
गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)

गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको छ । तारा पराजुलीको शव्द रचना रहेको गीत आरसि सापकोटा युट्यब च्यानलबाट सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । https://www.youtube.com/watch?v=lStt9n1JDvo भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ,मेक्सम खाती,बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ ।...
एमालेबाट माधब झलनाथको बिद्रोह
राजनीति, विचार, समाचार

एमालेबाट माधब झलनाथको बिद्रोह

-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...