Monday, November 23

समाचार

‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् । https://www.youtube.com/watch?v=BdOEGKaSnco हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन...
बलिउडकै उत्कृष्ट फिल्म मानिएको ‘बजरंगी भाइजान’ को तयारी
मनोरन्जन, समाचार

बलिउडकै उत्कृष्ट फिल्म मानिएको ‘बजरंगी भाइजान’ को तयारी

बलिउड अभिनेता सलमान खानको चर्चित फिल्म 'बजरंगी भाइजान' सिक्वेल बन्ने भएको छ । सलमान र अभिनेत्री करीना कपूरको मूख्य अभिनय रहेको फिल्म 'बजरंगी भाइजान' ले दर्शकको मन निकै जितेको थियो ।  यो फिल्म बलिउडकै उत्कृष्ट फिल्म मानिन्छ । कबीर खान निर्देशन गरेको यस फिल्म निर्माण भएको ६ बर्ष पूरा भइसकेको छ । फिल्म ६ बर्ष पूरा भएको अवसरमा सिक्वेल बनाउने बारे बताइएको हो ।  भारतिय मिडियाका अनुसार अहिले यस फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्म 'बजरंगी भाइजान २' मा पनि पुराना कलाकार दोहरीन सक्ने बताइएको छ । 'बजरंगी भाइजान' फिल्ममा सलमान, करिना, हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्धिकी लगायतका कलाकारको अभिनय रहेको थियो ।  ...
एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह
समाचार

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो । शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु ।” त्यसैगरी कक्षा ११ र १२ ...
थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २४४५ मा कोरोना संक्रमण, ३२ को मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २५८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३३ पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३१ परीक्षण गर्दा ८०३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।...
भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई
राजनीति, समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार राति देउवा प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल भएपछि मोदीले बधाई दिएका हुन्। मोदीले ट्वीट गर्दै देउवाको कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्। उनले देउवासँग मिलेर आफूले काम गर्न चाहेकोसमेत बताएका छन्। उनले देउवाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र जनता जनताबीच सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्। देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि मोदीले बधाइ दिन ढिला गरेका थिए। तर, आइतबार देउवाले विश्वासको मत पाएको केही मिनेटमै बधाई दिएका हुन्। यसअघि काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वाक्राले देउवालाई भेटेरे शुभकामना दिएका थिए।...
काठमाडौँमा आजदेखि ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै (खोपकेन्द्रको सूचीसहित)
समाचार

काठमाडौँमा आजदेखि ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै (खोपकेन्द्रको सूचीसहित)

काठमाडौँमा आजदेखि अमेरिकाले दिएको कोरोना भाइरसविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप लगाइँदै छ । ६ गतेसम्म सञ्चालन हुने यो खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएकाहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र  स्वास्थ्यकर्मी र सफाइकर्मीलाई सहभागी हुन सक्नेछन् । खोप काठमाडौं महानगरका २८ वटा अस्पतालबाट  उपलब्ध हुने ब्यवस्था मिलाइएको छ । यी हुन् खोप केन्द्र १.  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु २.   त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज ३.   वीर अस्पताल ४.   परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली ५.  निजामती कर्मचारी अस्पताल, बानेश्वर ६.   काठमाडौँ मेडिकल कलेज, सिनामंगल ७.   नेपाल प्रहरी अस्पताल, पानीपोखरी ८.   वीरेन्द्र सै...
चार प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम, समाचार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार हाल देशभर सामान्य देखि पुर्ण बदली रही रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश  र  सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश१, गण्डकी , लुम्बिनी  तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । ...
भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ३२५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ४३ हजार ५९५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २८ हजार ६९२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार १४१ पुगेको छ ।...
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
राजनीति, समाचार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेर बहादुर देउवा ले संसद्बाट विश्वासको मत पाएका छन् ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।  कूल २४९ खसेको मतमध्ये विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको सभामुख सापकोटाले जानकारी दिए ।  विश्वासको मत पाएसँगै देउवा सरकारले निरन्तरता पाउने भएको छ । गत असार २९ गते संविधानको धारा ७६ (५)अनुसार नियुक्त प्रधानमन्त्री देउवाले छैटौँ दिनमै संसदबाट विश्वासको मत पाएका हुन् ।  प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको नेपाल समूहका केही सांसदसहित राष्ट्रिय जनमोर्चाका सांसदहरुले विश्वासको मत दिएका छन् ।  ...
प्रतिनिधिसभामा १५ वटा अध्यादेश पेश
राजनीति, समाचार

प्रतिनिधिसभामा १५ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका हुन् । बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरिएको छ । यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्...