एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”
‘ प्रतिभा र आत्मविश्वासको रंगीन उत्सव’
काठमाडौं- युवाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता अभिव्यक्त गर्ने उद्देश्यले ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा आयोजित “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल २०२५ – सिजन ६” को ग्रान्ड फिनाले तथा विशेष सम्मान कार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा भव्यतापूर्वक सम्पन्न भयो।
ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा राना मगर, नेपाल स्काउट्सका प्रमुख आयुक्त देवराज घिमिरे र इभेन्ट म्यानेजमेन्ट एशोसिएसन नेपाल (EMAN) का अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर राजेन्द्र लुइँटेल (राज )ले दीप प्रज्वलन गर्दै संयुक्त रूपमा गर्नुभयो।
प्रतियोगितामा महिला तर्फ एल्मिरा कार्की र पुरुष तर्फ इनेश...










