Friday, November 20

समाचार

गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’सार्वजनिक(भिडियो)

काठमाडौं – गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश ग्रुमाछनले गरेका छन्। यसले गीतलाई अझ जीवन्त बनाएको छ। गीतले गहनाले महिलाको सौन्दर्य र खुशीलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। तीजमा महिला दिदीबहिनीहरू मिलेर नाच्ने, गाउने, एक आपसमा भेटघाट गर्ने परम्परागत संस्कृतिलाई गीतले उजागर गरेको छ। गायिका पुजन काफ्ले: बहुमुखी प्रतिभा र स्वरको मधुरता पुजन काफ्ले नेपाली संगीत क्षेत्रको एक पहिचान बनिसकेकी गायिका हुन्। मधुर स्वर, भावपूर्ण गायनशैली र सांगीतिक सिर्जनामा बहुमुखी प्रतिभा उनको विशेषता हो। उनले विगतका वर्षहरूमा पनि तीजलगायतका विभिन्न अवसरमा दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गरेकी छिन्। सिर्फ गायन मात्र नभई गीत ल...
मिस तथा मिसेस व्युटिफुल नेपालको ग्राण्ड फिनालेमा प्रिया कार्की र प्रसुन्ना सेन्चुरी विजेता
मनोरन्जन, समाचार

मिस तथा मिसेस व्युटिफुल नेपालको ग्राण्ड फिनालेमा प्रिया कार्की र प्रसुन्ना सेन्चुरी विजेता

काठमाडौं – दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस व्युटिफुल नेपाल” को १०  औं संस्करण तथा “मिसेस व्युटिफुल नेपाल” को  ९ औं संस्करणको ग्राण्ड फिनाले काठमाडौंस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य तथा नेपाली फिल्म उद्योग, सङ्गीत र फेसन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी रहेका थिए भने निर्णायकहरूमा वरिष्ठ अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता तथा गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल ,शिक्षाविद मन कुमारी पोखरेल लगायत अन्य विशिष्ट व्यक्तिहरू रहेका थिए। यस वर्ष मिसेस व्युटिफुल नेपाल – २०२५ को उपाधि प्रिया कार्कीले प्राप्त गर्न...
सांगीतिक, कला, साहित्य, समाजसेवा, सौन्दर्य र उद्यमशिलतामा उत्कृष्टता प्रदर्शन गर्नेहरू पुरस्कृत
मनोरन्जन, समाचार

सांगीतिक, कला, साहित्य, समाजसेवा, सौन्दर्य र उद्यमशिलतामा उत्कृष्टता प्रदर्शन गर्नेहरू पुरस्कृत

काठमाडौं- दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ भव्य र गौरवमय ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा आयोजित यस समारोह वरिष्ठ मेकअप आर्टिष्ट तथा दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। समारोह दुई चरणमा विभाजित थियो। पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस चरणमा समाजसेवा, शिक्षा, पत्रकारिता, स्वास्थ्य, साहित्य, पर्यटन, महिला सशक्तिकरण लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। दोस्रो चरणमा सम्पन्न मुख्य अवार्ड समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो। यस अवसरमा गीत–संगीत, सौन्दर्य विधा, चलचित्र, अभिनय, निर्देशन, फेसन डिजाइन, सामाजि...
गौरवशाली योगदानको उच्च मूल्याङ्कन: ‘अफ्सना नेवालाई ग्लोबल स्टार सम्मान’
अर्थ/व्यापार, समाचार

गौरवशाली योगदानको उच्च मूल्याङ्कन: ‘अफ्सना नेवालाई ग्लोबल स्टार सम्मान’

काठमाडौं— नेपाली सौन्दर्यकला र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी एपी ब्युटी सलुनकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद् अफ्सना नेवा हायु ‘ग्लोबल स्टार अवार्ड २०२५’ मा सर्वोत्कृष्ट सौन्दर्यकर्मी को रूपमा सम्मानित भएकी छिन्। दक्ष इन्टरनेशनलको आयोजनामा नेपाल पुलिस क्लबको ब्लु पाभेलियनमा भव्य रूपमा सम्पन्न सो समारोहमा उनी ईभेन्ट डाइरेक्टरको भूमिकामा समेत सक्रिय थिइन्। उनको दीर्घ योगदान, उद्यमशीलता, रोजगारी सिर्जना, प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन तथा समाजमा सौन्दर्य चेतनाको प्रवर्द्धन गरेबापत सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मान समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संघीय सांसद डा. चन्द्र भण्डारी प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिमा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सांसद सुनील केसी, पूर्व मन्त्री परशुराम तामाङ, राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, चलच...
सौगात जङ्ग थापाको संगीतमा”कसम”सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

सौगात जङ्ग थापाको संगीतमा”कसम”सार्बजनिक(भिडियो)

काठमाडौं । गितकार नवीन कुमार शाहिको शब्द रचनामा ´कसम` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। सौगात जङ्ग थापाको सङ्गितमा रहेको गितलाइ गायक रन्जन राई र गायिका बेनिशा पौडेल ले स्वर दिएका हुन। विशाल निरौलाले उक्त गितलाइ एरेन्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ भने रन्जन राइकै छ। अलन्कार स्टुडियोमा रेकर्डिङ भएको उक्त गितको म्युजिक भिडियोका निर्देशक भने दिनेश ठकुल्ला हुन। भिडियोमा दिनेश काजी साब र स्वस्तिका थापाले बेजोड अभिनय गरेका हुन। युदिन योन्जन को छायान्कन रहेको भिडियोलाइ सन्जु नेगी ले चोरीयोग्राफी गरेका हुन। राजेश कुमारको एडिट रहेको भिडियो नवीन कुमार शाही युटुब च्यानल मार्फत बिस्वभर रिलिज भैसकेको छ।...
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी
अर्थ/व्यापार, समाचार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन्। १६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए । झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे । यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा रा...
बुबाको अनुपस्थितिमा जीवनको शून्यता दर्शाउने भावुक गीत सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

बुबाको अनुपस्थितिमा जीवनको शून्यता दर्शाउने भावुक गीत सार्वजनिक(भिडियो)

काठमाडौं । सत्य घटनामा आधारित बुवाको सम्झना गीतको भिडियो कृष्ण भट्टराई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतकार महेश आचार्यद्धारा रचित गीतमा कृष्ण भट्टराईको संगीत तथा गायन रहेको छ । विश्व अधिकारीको एरेन्ज रहेको उक्त गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो भने चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले गीतको निर्देशन तथा सम्पादन गरेका छन् । नेपालमा म्युजिक भिडियोको शुभमुहुर्तको शुरुवात गर्ने ढकाल पहिलो व्यक्ति हुन् । अच्युत बजगाईको कलर करेक्सन रहेको गीतलाई भक्तपुर जील्लाको दुवाकोट सेरोफेरोमा छायाँकन गरिएको हो भने भिडियोको छायाँकन मरुभुमी नारायणले गरेका हुन् । गायक कृष्ण भट्टरार्ई, गीतकार महेश आचार्य, दिपक राई, हरिमाया भट्टराईको अभिनय रहेको उक्त गीतले बुवा भगवान हुन् बुवा नहुँदाको पीडा सन्तानले कसरी बिरक्तिएर आफ्नो भावना मार्फत पोख्न पुगेका छन्, परिवारको स्थिति अनि बुव...
उपचारको आशामा, शुद्धिग्राम नेपालमा पीडाको यात्रा
समाचार, स्वास्थ्य

उपचारको आशामा, शुद्धिग्राम नेपालमा पीडाको यात्रा

ललितपुर— देशकै प्रमुख प्रशासनिक केन्द्र राजधानी उपत्यकाभित्रै स्वास्थ्य सेवा दिने नाममा व्यापक लुट मच्चिएको गुनासो पीडित बिरामीहरूले गरेका छन्। ललितपुरको सानेपास्थित हिम्स शुद्धिग्राम नेपाल नामक संस्था प्राकृतिक तथा आयुर्वेदिक उपचारको नाममा मनपरी गरिरहेको आरोप लागेको छ। भारतमा सञ्चालित HIMS (Health India Medical Science) को नाम र प्रतिष्ठालाई अगाडि सार्दै, ‘प्राकृतिक उपचारको नयाँ विश्वास’ भन्दै मिर्गौला, कलेजो, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायत दीर्घरोगको ग्यारेन्टीका साथ उपचार हुने प्रचारसहित सो संस्था सञ्चालित छ। एक वर्षअघि श्यामलाल श्रेष्ठसहितको समूहले यो केन्द्र सञ्चालनमा ल्याएको हो। तर, भित्रको वास्तविकता भने यसको ठिक विपरीत देखिएको छ। यहाँ उपचार गराइरहेका अधिकांश बिरामीहरू आफु ठगिएको महसुस गर्दै मिडियामार्फत गुनासो पोखिरहेका छन्। ग्यारेन्टीका नाममा ठगी ७२ घण्टामा सुगर नियन्त...
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने
मनोरन्जन, समाचार

चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  | थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् | चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल...
कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)
मनोरन्जन, समाचार

कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)

काठमाडौं ।  कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्मिक अभिनय देख्न ...