Monday, November 23

समाचार

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड
अर्थ/व्यापार, समाचार

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड

जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बाँडफाड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल नक्साल, नागपोखरीस्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोला प्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो । जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्तासहित १...
युरोपेली च्याम्पियनसिप : आज इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा भीड्दै
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : आज इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा भीड्दै

युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार इंग्ल्यान्ड र डेनमार्कबीच हुँदैछन् । इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।  यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनलमा जाने लक्ष्य सहित मैदान उत्रिनेछन् । बिजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघि क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेको थियो । गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै इटाली फाइनलमा पुगेको हो ।...
फेरि बढ्यो सुनचाँदीको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।  मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
बलिउड अभिनेता दिलीप कुमारको निधन
मनोरन्जन, समाचार

बलिउड अभिनेता दिलीप कुमारको निधन

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए। उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएक...
विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । https://youtu.be/H3BrFenfRCY ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम...
विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी
राजनीति, समाचार

विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

-डा.डिआर उपाध्याय, हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवाती भएको छ । बिशेष गरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् । यी महिनामा बाढीपहिराको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ । तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।नेपाल प्राकृतिक ...
क्यूभीसी खारेज गर्न सरकारसँग माग
अर्थ/व्यापार, समाचार

क्यूभीसी खारेज गर्न सरकारसँग माग

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार ज...
१२५८५ मा कोरोना परीक्षण गर्दा २६३४ लाई कोरोना, १५६५ निको भए
विशेष, समाचार

१२५८५ मा कोरोना परीक्षण गर्दा २६३४ लाई कोरोना, १५६५ निको भए

मंगलबार कोरोना संक्रमणबाट २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्।  यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।...
युरोपेली च्याम्पियनसिप : आज सेमिफाइनलमा इटली र स्पेन भीड्दै
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : आज सेमिफाइनलमा इटली र स्पेन भीड्दै

युरोपेली च्याम्पियनसिप अन्तर्गत मंगलबार इटली र स्पेनबीच हुँदैछन् ।  इटली र स्पेनबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।  यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इटली र स्पेन एकअर्कालाई जित्ने दाउमा छन् ।  यसअघि क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई पराजित गरेको थियो भने स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरेका थियो । यस्तै दोस्रो सेमिफाइनल खेल भोलि हुँदैछ । दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क भीड्दैछन् ।  ...
कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै
समाचार

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

कोरोनाभाइरसविरुद्धको 'भेरोसेल' खोपको दोस्रो मात्रा आजदेखि लगाइदैछ । 'भेरोसेल' खोप पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई आजदेखि लगाइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  'भेरोसेल'को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने बताएका छन् ।  गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ ।  दोस्रो डोजको खोप लगाउनको लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौंका अरु पालिकामा दुई दुई ठाउँमा खोप केन्द्र तोकिएको छ । यस्तै खोप लगाउन भक्तपुरमा ३८ वटा केन्द्र रहेका छन् । ...