Saturday, November 21

समाचार

गत २४ घण्टा थप २७६८ कोरोना संक्रमण, ४४ को मृत्यु
समाचार, स्वास्थ्य

गत २४ घण्टा थप २७६८ कोरोना संक्रमण, ४४ को मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार २० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ४६८ परीक्षण गर्दा ८०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५९ हजार ६२४ जना आइसोलेसनमा रहेका छन् ।...
श्रीदेव र नग्मा अभिनित ‘तिम्रो मुहारमा…’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव र नग्मा अभिनित ‘तिम्रो मुहारमा…’ सार्वजनिक (भिडियो)

प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् ।  भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=7nJvX99vNKE ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामांगको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।...
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी
अर्थ/व्यापार, समाचार

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने...
सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाउने बताइएसँगै बैंकहरुको सबै शाखामा कारोबार खुला गरिने भएको छ । यही असार ७ गते सोमबारबाट बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने बैंकर्स संघले जनाएको छ ।सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा यही असार ७ गतेसम्म रहेको छ । त्यसपछि निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारीसँगै संघले पनि बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ...
मेलम्ची र हेलम्बुमा लेदोसहितको बाढी कसरी आयो ?
समाचार

मेलम्ची र हेलम्बुमा लेदोसहितको बाढी कसरी आयो ?

मंगलबार आएको लेदोसहितको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार सखाप बनायो । सो बाढीले केहीको ज्यान लियो भने सयौँ परिवारलाई घरबार बिहीन बनायो । एक्कासि आएको लेदोसहितको बाढीले हेर्दाैहेर्दै घरहरु पुरिए भने मानिसहरु ज्यान जोगाउन डाँडातिर उक्लिनु परेको थियो । तर, यसरी बिनास गर्ने गरी लेदोसहितको बाढी कसरी आयो ? धेरैलाई चासो रहन सक्छ ।  प्राकृति प्रकोपमा परिरहने सिन्धुपाल्चोकका हेलम्बु र मेलम्ची सुरक्षित मानिएका बेला बितण्डा मच्चाउने गरी आएको बाढीले धेरैलाई करोडपतिबाट रोडपति बनाइदिएको छ । यसअघि यसरी सखाप बनाउने गरी बाढी नआएको स्थानीय बताउँछन् ।  मंगलबार मेलम्ची खोलाछेउको हेलम्बु नाकोटेका भन्ने स्थानमा पहिरो गएको थियो । सो क्रममा अम्दाथान, तिम्बु र तालामाराङसम्म २२ किलोमिटर बगेर लेदो बनेको र सोही बेला लार्के खोलाबाटै आएको बाढी इन्द्रावतीमा मिसियो । तत् पश्चात हेलम्बुब...
सुनको मूल्य घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य घट्यो

साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो। यो सँगै सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। विहिबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ...
बाढी प्रभावित क्षेत्रमा प्रकोपको जोखिम
समाचार

बाढी प्रभावित क्षेत्रमा प्रकोपको जोखिम

बाढी पहिरो र डुबानका चपेटामा परेका १५ भन्दा बढी जिल्लामा पानीजन्य एवं स्वास–प्रस्वाससम्बन्धी रोग संक्रमणको जोखिम रहेकाले सजग रहन विज्ञहरूले सुझाएका छन्।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार बाढी पहिरोपछि पानीजन्य र स्वास–प्रस्वासजन्य समस्या देखिन सक्ने बताए। ‘सामूहिक बसाइका क्रममा स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना संक्रमण, रुघाखोकीको जोखिम हुन्छ। त्यस्तै सरसफाइको कमीले पानीजन्य रोगको डर उत्तिकै डर छ,’ डा. पुनले भने।  बाढी पहिरो र डुबान क्षेत्रमा पानीको गुणस्तर र स्वच्छतातर्फ ध्यान दिन नसकिएको उनले बताए। पानीको स्रोत दूषित हुँदा झाडापखाला, आउँ, टाइफाइड, हैजा, भाइरल हेपाटाइटिस ‘ए’लगायत पानीजन्य सरुवा रोगको जोखिम बढ्ने डा. पुनको भनाइ छ। उनका अनुसार विस्थापितहरूको एकै ठाउँमा सामूहिक बसाइ भएका बेला स्वास्थ्य मापद...
अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन, वैकल्पिक सरकार गठन गर्ने अवस्था छैन
राजनीति, समाचार

अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन, वैकल्पिक सरकार गठन गर्ने अवस्था छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाएर सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। यसअघि जेठ २६ गते संवैधानिक इजलासले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई प्रतिनिधिसभा विघटनको कारण सोध्दै सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो। सोही आदेशअनुसार प्रधानमन्त्री ओलीले बिहीबार प्रधानन्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरेका हुन्। लिखित जवाफमा प्रधानमन्त्री ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दावी गरेका छन्। संवैधानिक इजलासको आदेश अनुसार बिहीबार लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले अदालतले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्‍ने जिकिर गरेका हुन् । 'विपक्षी शेरवहादुर देउवाले मागदाबी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गर्नु भएको रहेछ,' उनले भनेका छन्,' अदालतले संविधान र...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
राजनीति, समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ। पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन...
विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो- सभामुख सापकोटा
राजनीति, समाचार

विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो- सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले  नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ ।  प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट निवेदनमा आज लिखित जवाफ पठाउँदै सभामुख सापकोटाले विश्वासको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा नै भएको बताउनुभएको हो । “प्रतिनिसभामा  १४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न शेरबहादुर देउवाको दावी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिसभा मात्र हो” सभामुख सापकोटाले पठाउनुभएको लिखित जवाफमा भनिएको छ”, “राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्थासमेत छैन, तसर्थ पनि राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।” ...