विश्वमा १७ करोड कोरोना संक्रमित, १६ करोड संक्रमण मुक्त, ३८ लाखले ज्यान गुमाए
विश्वभरमा हालसम्म १७ करोड ७३ लाख ८८ हजार ८ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ लाख ३७ हजार ४ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
हालसम्म १६ करोड १८ लाख १८ हजार ३ सय ८२ निको भएका छन् भने १ करोड १७ लाख ३२ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८३ हजार ७ सय २४ जना सिरियस केस रहेका छन्।
गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी ब्राजिलमा ८८ हजार ९सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टा मै भारतमा ६२ हजार २ सय २७, अर्जेन्टिनामा २७ हजार २ सय ६०, कोलोम्बियामा २४ हजार ४ सय ५२, रसियामा १४ हजार १ सय ८२ र अमेरिकामा १० हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी, वितेका २४ घण्टामै ८ हजार ६ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। सबै भन्दा बढी ब्राजिलमा २ हजार ७ सय ६० जनाले ज्यान गु...










