Saturday, November 21

समाचार

पूर्वमन्त्री भण्डारीद्वारा अक्सिजन सिलिण्डर सहयोग
समाचार

पूर्वमन्त्री भण्डारीद्वारा अक्सिजन सिलिण्डर सहयोग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जिल्लामा कोरोना सङ्क्रमितका उपचारमा अक्सिजनको अभाव हुन नदिन १७ अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । उनले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सिलिण्डर मध्ये आज नै जिपी कोइराला श्वास प्रश्वास तथा उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठलाई दश र दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्याललाई सात थान दिइएको छ । पूर्वमन्त्री समेत रहेएका भण्डारीले केही दिन अघि जिल्लाका अस्पताल र आइसोलेशन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका नेका तनहुँलाई रु १ लाख १ हजार १११ उपलब्ध गराएका थिए । कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले केही दिन भित्र स्वास्थ्य सस्थालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिए ।...
एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सुत्केरी सहित ६ जनाको मृत्‍यु
समाचार

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सुत्केरी सहित ६ जनाको मृत्‍यु

पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् । बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए । तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन् । उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको ...
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ कर्णाली प्रदेशको माग
समाचार

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ कर्णाली प्रदेशको माग

नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ। अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोषीलाई आवश्यक कारबाहीको माग गरेको हो। ‘संसारभरि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर सेवा दिइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘भेरी अस्पतालको आइसियू कक्षमा केही अमानवीय तत्वहरूले कानुनी राज्यको धज्जी उडाउँदै गरेको आक्रमणप्रति यो संघ दुखी बनेको छ।’ दोषीलाई कानुन अनुसार मुद्दा चलाएर सजाय दिलाउन संघले माग गरेको छ। दोषीलाई गैरजमानती हिरासतका नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने माग गरिएको छ। बिहीबार राति ८ बजे बिरामीको मृत्यु भएपछि भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफमाथि आफन्तले कुटपिट...
कोरोना अपडेटःपछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण र ९६ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना अपडेटःपछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण र ९६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५२ जना नयाँ संक्रमित भेटिएका छन् भने ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । २० हजार ११० पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७०७ एन्टिजेन परीक्षणमा ९६ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९५२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ९६ जनाको मृतयु भएको छ ।...
कमेडियन आदर्श मिश्राले पिता गुमाउनुमा प्रणाली दोषी कि अस्पताल ?
समाचार

कमेडियन आदर्श मिश्राले पिता गुमाउनुमा प्रणाली दोषी कि अस्पताल ?

नेपालका स्ट्यान्डप कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको मंगलबार निधन भएको छ। र, आदर्शले पिताको मुत्यु हुनुमा नेशनल मेडिकल कजेज (एनएमसी) का संचालक बसुरुद्धिन अन्सारीको गुण्डागर्दीका कारण भएको भन्दै उनले नारायणी अस्पताललाई समेत दोषी ठहेका छन्। विगत ४ वर्षदेखि मिर्गौलाको समस्यासँग जुध्दै आएका विनोदको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनेर आदर्श स्वयंले भनेका छन्। अहिले यही कुराले सामाजिक सञ्जालमा मेडिकल सञ्चालक र सरकारले नागरिकको स्वस्थ्यमा खेलवाड गरेको भन्दै सरकारको सर्वत्र विरोध भएको छ। मिश्राले आफ्नो व्यक्तिगत युटुब च्यानलमा भिडियो सार्वजानिक गर्दै भनेका छन्, ‘विगत ४ वर्षदेखि वीरगंजको नारायणी अस्पतालमा बुबाको डायलासिस गराउँदै आएका थिएँ।’ तर अस्पतालले पटक पटक बुवाको स्वस्थ्यमा लापरवाही गरेको र हप्ताको २ पटक ४–४ घण्टा डायलासिस गराउँदा धेरै सास्ती भोगेको उनले बताएका छन्। मिश्र...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ। संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फट बजेट आउँदैछ।...
भेरी अस्पतालका डाक्टर र नर्सहरु आन्दोलनमा
समाचार

भेरी अस्पतालका डाक्टर र नर्सहरु आन्दोलनमा

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन्। गएराति ८ बजे दाङका एक विरामीको अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात भएको नर्सिङ अधिकृत इश्वरी केसीले जानकारी दिइन्। चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँके प्रहरीले जनाएको छ। घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्...
एसईई र कक्षा १२ को परीक्षाको विकल्पका प्रतिवेदन बुझाइयो
शिक्षा, समाचार

एसईई र कक्षा १२ को परीक्षाको विकल्पका प्रतिवेदन बुझाइयो

माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए ।कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सु...
८१३ पत्रकार काेराेना सङ्क्रमित, १६ पत्रकारको मृत्यु
समाचार, समाज

८१३ पत्रकार काेराेना सङ्क्रमित, १६ पत्रकारको मृत्यु

कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ। महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ। महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै ध...
उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ
समाचार, समाज

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइएकाे छ। हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्। यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ। आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ। आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ। ...