Saturday, November 21

समाचार

प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न,बुद्ध जयन्तीमा सार्वजनिक गरिने
मनोरन्जन, समाचार

प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न,बुद्ध जयन्तीमा सार्वजनिक गरिने

गीतकार  तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित  CWEAF Nepal  बाल आश्रम लाई सहयोग गरिने  गीतकार  गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ । तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टल...
‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियोसहित)

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ । https://www.youtube.com/watch?v=BJf3439_nHM भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘ह...
थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो
समाचार, स्वास्थ्य

थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो

सोमबार नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ८४६ पीसीआर र ६०७ एन्टीजेन परिक्षणमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १८५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।...
कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना
समाचार, स्वास्थ्य

कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना

 राष्ट्रपतिले ४ दिनअघि मात्रै जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’को पालना नगरे १ वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंmे आज एक सूचना जारी गर्दै यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध गर्नेलाई सजाय हुन सक्ने जानकारी दिएको हो । सूचनामा अध्यादेशअनुसार जारी गरिएका मापदण्डको समेत पालना गर्नुपर्ने र निर्धारित मापदण्डको पालना नगर्नेलाई ६ महिनासम्म कैद र तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ । अध्यादेशबमोजिम जारी गरिएका आदेशहरु समेत पालना गर्नुपर्नेछ । आदेश पालना नगर्ने व्यक्ति भएमा एकलाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यदि संस्थाले आदेश पालना नगरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ,...
चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ। उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ। सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ। देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भाव...
एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि थप कारवाहीको तयारी
राजनीति, समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि थप कारवाहीको तयारी

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। बैठकमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। बैठकमा एजेण्डाका विषयमा केही नबताइएपछि माधव नेपाल समूहका ११ जना सांसदलाई सोधिएको स्पष्टीकरणको जवाफ दिने अन्तिम दिन भएकाले उनीहरुमाथि थप कारवाही हुने संभावना रहेको छ।...
अमेरिकाबाट नेपाल पठाइएका राहत सामग्री भारतले रोक्यो
समाचार

अमेरिकाबाट नेपाल पठाइएका राहत सामग्री भारतले रोक्यो

भारतले कोरोना माहामारीमा सहयोग गर्नका लागि अमेरिकाबाट पठाएका थुप्रै सामग्रीहरु नयाँ दिल्लीमै रोकेर राखिदिएको छ। नेपाली मुलका अमेरिकीहरुले विपत्मा परेको आफ्नो मातृभूमि नेपालका लागि भनेर पठाएको ११० थान अक्सिजन कन्सन्ट्रेटर र ५०० भन्दा बढी संख्याको अक्सिजनको मात्रा नाप्ने अक्सिमिटर नेपाल लैजान रोकिदिएको छ। समाचारस्राेत अनुसार  यी सामग्रीहरु विगत एकसाताभन्दा बढी समयदेखि दिल्लीमा अड्किएर बसेका छन्। सेवा इन्टरनेशनलमार्फत पठाइएका ती सामाग्रीहरु दिल्लीमै अड्किएपछि अमेरिकास्थित नेपाली राजदूतावासबाट दिल्लीस्थित नेपाली दूतावासमा ती सामानहरु सकेसम्म चाडो नेपाल पठाउने पहलका लागि आग्रह गरिसकिएको अमेरिकास्थित दूतावासमा कार्यरत इकोनोमिक काउन्सिल होमकान्त भण्डारीले नेपाली संघ संस्थाहरुलाई जानकारी दिएका छन्। तेस्रो मुलुकबाट आएका सामानहरु नेपाल पठाउन भारतले सधैं झमेला झिक्ने गरेकोबारे नेपाली संघ स...
चुनावको घोषणापछि के गर्दै छ निर्वाचन आयोग ?
राजनीति, समाचार

चुनावको घोषणापछि के गर्दै छ निर्वाचन आयोग ?

प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा भएपछि निर्वाचन आयोग आफ्नो काममा जुटेको छ। कात्तिक २६ गते र मंसिर ३ गते तोकिएको निर्वाचन समयमै सफलता पूर्वक सम्पन्न गर्नका लागि काममा जुटेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सहायक–प्रवक्ता, उपसचिव कोमलप्रसाद धमलाले आयोग आफ्नो काममा लागेको जानकारी दिए। डिसी नेपालसँगको कुराकानीमा धमलाले भने, ‘आयोग आफ्नो काममा लागेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोग आफ्नो काममा लाग्नुको विकल्प हुँदैन। हामीले तोकिएको समय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु पर्ने हुन्छ।’ उनका अनुसार हाल मतदाता अध्यावधिक गर्ने, विधि र नियमावली बनाउने लगायतका काम सुरु गर्ने आयोगको तयारी छ। ‘पछिल्ला ३ महिना किनमेलको समय हुन्छ। त्यो बेलामा अलि बढी काम भए पनि सुरुवातीमा त्यतिधेरै काम हुँदैन,’ धमलाले भने। यसअघि बैशाखमा तय भएको तर सर्वोच्चको आदेशपछि रोकिएको निर्वाचनलाई ...
कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता
अर्थ/व्यापार, समाचार

कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ। कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ। “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने। उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ। त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्य...
प्रहरीद्वारा दश हजार अक्सिजन सिलिण्डर संकलन
समाचार, स्वास्थ्य

प्रहरीद्वारा दश हजार अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ । तीमध्ये २०४ भरिएका र २९ खाली सिलिण्डर छन् । आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ । यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निष...