क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने
क्लिक इनटरनेशलले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा संस्थाले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने भएको छ ।संस्थाले सातौ बर्षमा प्रवेश गरेको अवसरमा एक साताभर संस्थाले प्रदान गर्ने सेवामा विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागि विश्वभरका विभिन्न देशहरुमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने यस सस्थाले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे, बेलायत र युएई जस्ता मुलुकमा विद्यार्थीलाई शिक्षण संस्थाको बारेमा जानकारी दिदै आएको क्लिक इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक गोविन्द खनालले बताए । उनले भने , ‘संस्थाले छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरिरहदाँ यस संस्थाले विश्वास, माया पाउनुका साथै सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।’
नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यस संस्था नेपाल शैक्षिक पराम...
