समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण
समाजसेवी मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले झापा जिल्लामा न्यून आय भएका एक हजार भन्दा वढि र पर्सा जिल्लाका ग्रामिण भेगका दलित र न्यून आय भएका ४०० भन्दा वढि विद्यार्थीहरुलाई नायक संजित भण्डारीको संयोजकत्वमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तराईका विभिन्न जिल्लाका विद्यालयमा पोशाक वितरण गरिएको उक्त कार्यक्रममा सखुवा प्रसौतीका मेयर यसवन्त यादव तथा सहयोगी संस्थाका प्रतिनिधिको रुपमा नायक संजित भण्डारी सहित स्वेता केसी,डिआर सिग्देल, सपना श्रेष्ठ, रक्षा घिमिरे,शंकर कार्की, अवी सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
दलित वाल वालिकाहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्न वाध्य हुने गरेकाले यस्तो अवस्थामा त्यस्ता वाल वालवालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि तथा ...










