Saturday, November 21

समाचार

अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ
राजनीति, समाचार

अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ

-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही ...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड : दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै
मनोरन्जन, समाचार

राष्ट्रिय समावेशी म्युजिक अवार्ड : दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

“नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ । यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा समर...
जीवन शाहीको निर्देशनमा  ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)

निर्देशक जीवन शाहीको निर्देशनमा रोमाञ्चक र मनोरञ्जक भिडियो सार्वजनिक भएको छ । ‘के बन्न सक्छौ तिमी’ बोलको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युटथ्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा सुगम पोखरेल र स्मीता दाहालको स्वर रहेको छ भने शब्द लेखेका किरण माइकल घिमिरेले यसको संगीत समेत गरेका छन् । बाबु एम प्रधानले गीतको एरेञ्ज गरेका छन् । भिडियोमा स्मारिका ढकाल र राकेश श्रेष्ठको काल्पनिक रोमान्स देख्न सकिन्छ । निर्देशक शाहीले राकेशको सपनालाई संयोगान्त बनाएर कथा बुनेका छन् । मुकेश हुमागाईंको टिमले छायाँकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन र कलर करेक्सन गरेका छन् ।...
चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान
मनोरन्जन, समाचार

चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान

काठमाडौं । नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो ।  सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् ।  समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथीहरुका रुपमा अग्रज अभिनेत्री बसुन्धरा भुसाल ,चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतको विशेष उपस्थिति रहेको थियो । अव...
‘सोसियल मिडिया फिल्म अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)
मनोरन्जन, समाचार

‘सोसियल मिडिया फिल्म अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक (सूचिसहित)

काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल सहभागीहरुको नामावली सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको हलमा हुने उक्त अवार्ड समारोहमा एक सय विस वटा वृत्तचित्र तथा लघुचलचित्रहरु सहभागी छन् । सहभागीमध्ये सर्वोत्कृष्ट एक विधासहित अन्य गरी २२ जनालाई अवार्डस् वितरण गरिनेछ । सहभागीहरु विभिन्न सोसियल भिडियोहरु, आदिबासी जनजातीका लघु चलचित्रहरु, वृत्त चित्रहरु लगायत छन् । अवार्डस् वितरणसँगै कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम निर्देशक सवनम मुखियाले जानकारी दिनुभयो । अवार्डका लागि निणार्यक सदस्यहरुमा राजभाई सुवाल, प्रणय लिम्बू, आरती चटौत, हुनुहुन्छ भने आदीबासी जनजाती चलचित्रका निर्णायक सदस्य...
ज्योतिष कर्म संगै सांगीतिक क्षेत्रमा जम्दै अनिल
मनोरन्जन, समाचार

ज्योतिष कर्म संगै सांगीतिक क्षेत्रमा जम्दै अनिल

काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल थापाको शब्द संगीतमा झन्डै दर्जन बढी गीत रेकर्ड भइ सकेको छ। बेला बेला उनि म्युजिक भिडियोमा पनि देखिने गरेका छन्। कलाका सबै विधामा रुचि राख्ने र निरन्तर लेख्न,संगीत गर्न र अभिनय गर्न उनि सक्रिय छन्। आफ्नो ज्योतिषी कर्मबाट केहि समय निकालेर नेपाली कला संगीतमा केहि गरौँ भन्ने जोशका साथ अलिक बर्ष अघि देखि नै उनि निरन्तर सक्रिय छन्। झन्डै दर्जन गीतमा उनले अभिनय पनि गरि सकेका छन्। गीतकार संगीतकार हुँदै यस क्षेत्रमा प्रवेश गरेका थापा आफुलाई अभिनयमा चिनाउन चाहन्छन्। उनको पहिलो रेकर्ड भएको गीत ‘म मरे पनि’हो जसमा उनकै शब्द संगीत तथा स्वर उनकै रहेको छ। उनको स्वरमा ‘यो देशमा जन...
एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा
मनोरन्जन, समाचार

एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”को ट्यालेन्ट राउण्ड सम्पन्न ,फिनाले चैत्र ४ मा

काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ट्यालेन्ट राउण्ड राजधानीको एक कार्यक्रम वीच सम्पन्न भएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित प्रतियोगीहरुले लामो तालिम पश्चात आफुमा भएका प्रतिभा निणार्यक सामू प्रदर्शन गरिने यस राउण्डमा मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा र अनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र  माया बुढाथोकीले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । नायक गजित विष्ट,अभिनेता उत्तम केसी,गायिका प्रसन्न पाण्डे,कलाकार प्रेम पाण्डे,समाजसेवी शान्ता कुमारी तामागं,व्यबसायी अशोक कुमार तामागं,सौन्दर्यविद् ईन्दु कुमारी आचार्य निर्णायक मण्डलमा रह...
११३ औं महिला दिवसको अवसर पारेर महिला उद्यमीहरु सम्मानित
अर्थ/व्यापार, समाचार

११३ औं महिला दिवसको अवसर पारेर महिला उद्यमीहरु सम्मानित

काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम माझ विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरुलाई सम्मानित गरियो । सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली , आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहनुभएको छ । त्यसैगरि सांस्कृतिक कार्यक्रम अन्तर्ग...
मुलुकको राजनीति अब के हुन्छ ?
राजनीति, विचार, समाचार

मुलुकको राजनीति अब के हुन्छ ?

-डा.डिआर उपाध्याय, काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको बिषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो । अब मुलुकको राजनीति के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने पक्का भए पछि एमाले सरकारबाट बिच्किएको हो । १० पुसमा एमाले र दाहाल बीच भएको भद्र सहमती कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ । पुष्पकमल दाहाल अस्थिर स्वभावका ब्यक्ति हुन भन्ने कुरा त बेला बेलामा उठने गर्छ नी । प्रचण्डले एमालेलाई बीचमा धोका दिन्छन भन्ने मलाई लागेको थियो त्यही भयो । राष्टिय सहमती कायम गर्ने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन । राष्ट्रपतिको चुनावको लागी नेपाली काँग्रेसको तर्फबाट बरिष्ठ नेता राम चन्द्र पौडेल र एमालेका तर्फबाट सुबा...
विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण
शिक्षा, समाचार

विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौँ । काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएकोे छ । पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका थिए । सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फ...