ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा
काठमाडौं — आगामी बैशाख ३१ गते ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सुकेधारास्थित होटल मरक्युरमा सम्पन्न हुनेछ, जसका लागि तयारी तीव्र पारिएको छ।
अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। यसपटक पनि अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहनेछ।
मुख्य आकर्षण:
यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको...










