Sunday, November 22

समाचार

फुलारा लगायत विभिन्न व्यक्तित्व ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’बाट सम्मानित
मनोरन्जन, समाचार

फुलारा लगायत विभिन्न व्यक्तित्व ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’बाट सम्मानित

काठमाण्डौँ, साउन २ ग्यालेक्सी दैनिक युवा साहित्यकार भिष्मराज फुलारा लगायत कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९'बाट सम्मान गरिएको छ । सामाजिक रुपान्तरणका लागि नागरिक समाजले १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्‍याए बापत सो 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९' प्रदान गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्‍याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धता सहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा ...
आरबी खत्री ‘सरद’को ‘ॐ नम शिवाय’ भजन सार्वजनिक
मनोरन्जन, समाचार

आरबी खत्री ‘सरद’को ‘ॐ नम शिवाय’ भजन सार्वजनिक

काठमाण्डौँ, साउन २ ग्यालेक्सी दैनिक आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ । उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु, सरिता भण्डारी, शंकर पोखरेल, सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम, नबोलेनी हाँसि राखन, सिसा, नाईट क्विन, पसिना लगायत फिल्ममा गायक खत्रीले आफ्नो काम दे...
नेपाल भाषा कक्षाको निरन्तरताको खांचो छ: प्रा डा चन्द्रमान बज्राचार्य
शिक्षा, समाचार

नेपाल भाषा कक्षाको निरन्तरताको खांचो छ: प्रा डा चन्द्रमान बज्राचार्य

काठमाण्डौँ, साउन १ ग्यालेक्सी दैनिक गत साल कोरोना भाइरस (कोभिड—१९)को महामारी कारण नमनाइएको गुरु पुर्णिमा यस बर्ष भने रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले हर्षोल्लासका साथ मनाएका छ्न। काठमाडौकै केन्द्र मानिने आर आर क्याम्पसमा एम.ए. तह नेपाल भाषा बिषयका पढ्ने विद्यार्थीहरू र बि. ए. तहका विद्यार्थीहरुको समेत सहभागीतामा गत बुधबार आर आर क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आर. आर. क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले गुरुपुर्णिमा कार्यक्रम गरिएकोमा आयोजक विद्यार्थी समूहलाई धन्यवाद दिदै यस्ता कार्यको निरन्तर हुनेमा आशा राख्नु हुदै नेपाल भाषाको एम. ए. लेभल अध्यापनको सफलताका लागि पहलकदमी बिद्यार्थी, शिक्षक, कामनपा लगायत सबैलाई बधाई दिँदै आउँदा दिनमा यस्को सबलताका लागि क्याम्पसबाट सकेको पहल हुने कुरा धारणा राख्नु भएको थिए। नेपाल भाषा एम.ए. अध्ययनरत ब...
सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

काठमाण्डौँ, असार ३२ ग्यालेक्सी दैनिक सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् । कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्र...
सिमा सुरक्षाको गम्भीर सन्देश सहित चलचित्र ‘काँडेतार’ निर्माण
मनोरन्जन, समाचार

सिमा सुरक्षाको गम्भीर सन्देश सहित चलचित्र ‘काँडेतार’ निर्माण

काठमाण्डौँ, असार ३२ ग्यालेक्सी दैनिक सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने । मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा...
जेनिसा गौतम तीजको कोसेली ‘महङगीले मार्‍यो बरी लै’
भिडीयाे, मनोरन्जन, समाचार

जेनिसा गौतम तीजको कोसेली ‘महङगीले मार्‍यो बरी लै’

काठमाण्डौँ, असार ३2 ग्यालेक्सी दैनिक यस पालिको महङगीले तीज मान्न गार्‍हो भो । भांडा बढेर माइत जान गार्‍हो भयो । साडी लाउन सकिएन । यस्तै यस्तै दुखेसो बोकेको यसपालीको तीजको पहिलो गीत सार्वजनिक भएको छ । मुल्य ब्रिद्धी घटाऊन पर्‍यो भन्ने सन्देश दिन खोजिएको भिडियोलाई दिपक प्रसाद आचार्यले निर्देशन गरेका छ्न । जेनिसा गौतमको स्वरले सजिएको तीज गीतको भिडियोमा स्मारिका र समारिका ढकाल बिनु अधिकारी र् रश्मी पाण्डेलाई फिचर्ड गरिएको छ । बाल कलाकारमा काब्या बास्कोटा र क्रिलभा बास्कोटालाई फिचर्ड गरिएको छ । अशोक गुरुङको शब्द, सुबाश भुसालको संगीत उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट र कुमार के सि को मिक्सिङ मास्टरिङ्गमा प्रस्तुत गीतलाई तयार पारिएको छ । भिडियोमा पवन सुस्लिङ्को छांयाकन, बिशाल सुस्लिङ र बाल कुमार राईको सहायक छांयाकन र पवन सुस्लिङको सम्पादन र कलरिङ्ग तथा सुरेन्द...
शिव परियारको स्वर चलचित्र चिट्ठीको ‘टुटेको तारा’ गीतको रेकर्डिङ सम्पन्न
मनोरन्जन, समाचार

शिव परियारको स्वर चलचित्र चिट्ठीको ‘टुटेको तारा’ गीतको रेकर्डिङ सम्पन्न

काठमाण्डौ, असार २९ ग्यालेक्सी दैनिक एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्ज रहेको गीतलाई चर्चित गायक शिव परियारले गाएका हुन । संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको ...
पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र ‘माया’ सार्वजनिक
मनोरन्जन, समाचार

पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र ‘माया’ सार्वजनिक

काठमाण्डौ, असार २९ ग्यालेक्सी दैनिक प्रज्ञा फिल्मसको ब्यानरमा बनेको टेलिचलचित्र 'माया' सार्वजनिक भएको छ । प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत टेलिचलचित्र माया सार्वजनिक भएको हो। आज भोली सामान्यतया हास्यव्यङ्गय र मनोरञ्जनमा आधारित सिरियल धेरै नै बन्ने गरेका छन् । तर सामाजिक यथार्थलाई चित्रण गरेको टेलिचलचित्र कमै निर्माण हुन्छ । यस्तै सामाजिक यथार्थ बोकेको टेलिचलचित्र मध्यकै एक टेलिचलचित्र 'माया' हो । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। मायामा जातिय विभेद अन्त्य हुनुपर्छ भन्ने मुल सन्देश दिन खोजिएको छ । सिरियलमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ। जोन चाम्लिङ राइको छायाकंन र सम्पादन रहेको सिरियल माया को निर्माता...
दर्शकको रोजाईमा पर्यो कृष्ण र शीला अभिनित ‘तोरी पहेंलै‘’ (भिडियो)
मनोरन्जन, समाचार

दर्शकको रोजाईमा पर्यो कृष्ण र शीला अभिनित ‘तोरी पहेंलै‘’ (भिडियो)

केशवराज चौलागाईंको शब्द/सङ्गीत रहेको लोकदोहोरी गीत ‘तोरी पहेंलै…’ सार्वजनिक भएको छ । विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेललाई फिचरिङ गरिएको छ । भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी छ । शुरज शाहले निर्माण गरेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।...
सन्देशमुलक भिडियो ‘लिलु’ सार्वजनिक
मनोरन्जन, समाचार

सन्देशमुलक भिडियो ‘लिलु’ सार्वजनिक

काठमाण्डौ, असार २८ ग्यालेक्सी दैनिक सुदुरपश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीत संगीतको माधमबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडी प्रथाकै बिषयमा ‘लिलु’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनीघोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वाअमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।तर यो कानुनले अझैपनि छाउपडी प्रथालाई रोक्न सकेको देखिदैन । ‘लिलु’ अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाकारु...