Friday, November 20

समाचार

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामालगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ।...
गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित
मनोरन्जन, समाचार

गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित

दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन्। कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो। करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सचिव हुन भने हाल उनि संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन्। पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण प्रेरणाका रूपमा लिँदै, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्। उक्त पुरस्कार उनलाई यही मंसिर २० गते एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।...
लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न

बडा दशैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा अनलाइन मार्फत अधिराज्य भरिका ४०० भन्दा बढीले सहभागिता जनाएका थिए। जसमा १०० जना छनोट भएका थिए । सोही छनौट जुरी पुनम कपाली, मणि के राई, सुष्मा सिंह र सुशीला श्रेष्ठले गरेका हुन् । जसमा ५३ जना प्रतियोगीहरूमा प्रतिस्पर्धा भएको थियो । प्रमुख अतिथिमा किरण केसी (राता मकै) थिए भने जजेजमा सन्दीप भुजेल , पुनम कपाली, नायिका आरती आचार्य र सुशीला श्रेष्ठ थिए । सम्पूर्ण सहभागीलाई सर्टिफिकेट प्रदान गरिएको थियो भने उत्कृष्ट दशलाई उपहार प्रदान गरिएको थियो। यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले सहभागिता जनाएका थिए । पहिलो स्थान सलिन मगर, दोस्रो स्थान सम्मानिका बस्नेत र तेस्रो स्थान निपूर्णा कपालीले हासिल गरेका थिए l यस संस्थाकी अध्यक्ष पूजा ...
इभेन्ट उद्योगलाई दिगो बनाउन कार्यक्रम व्यवस्थापन संघ सहित सरोकारवालाहरुको साझा प्रतिबद्धता
अर्थ/व्यापार, समाचार

इभेन्ट उद्योगलाई दिगो बनाउन कार्यक्रम व्यवस्थापन संघ सहित सरोकारवालाहरुको साझा प्रतिबद्धता

काठमाडौ । कार्यक्रम व्यवस्थापन संघ, नेपालले पहिलोपटक राजधानीमा एक भव्य भेला तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सलम्बुटारमा आयोजित उक्त कार्यक्रममा देशभरबाट करिब १३‍० भन्दा बढी कार्यक्रम आयोजक, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थित रहेको संघले जनाएको छ। सो भेलामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो, जसमा वर्तमान अवस्थामा इभेन्ट, संगीत तथा मनोरञ्जन क्षेत्रका चुनौती, सम्भावना र आवश्यक सुधारबारे विस्तृत बहस भएको थियो। संघका कोषाध्यक्ष मनोज थापाले सहजीकरण गरेको उक्त बहसमा वरिष्ठ गायक तथा संघका सल्लाहकार सीताराम पोखरेल, वरिष्ठ हास्यकलाकार सिपी पुडासैनी ‘धतुरे’, चलचित्र कलाकार संघका कार्यसमिति सदस्य तथा अभिनेता श्रीदेव भट्टराई, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा गायक नारायण थापा,...
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)
मनोरन्जन, समाचार

‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो। लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो। गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ। भिडियोको पोस्टर सन्तोष डिजाइनले तयार पारेका हुन् ...
फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया
मनोरन्जन, समाचार

फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, पछिल्लो पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको ट्रेन्डिग गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘सञ्जु’, ‘रहिस’ “जबतक है जान”, चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ र ‘ किस किसको प्यार करे-२” जस्ता थुप्रै भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा माष्टरिङ रहेको पुतली गीतले छोटो समयमा ३० मिलियन (३ करोड) भन्दा बढी दर्शकको माया पाउन सफल भएको छ । सो अवसरमा ‘पुतली’ म्यूजिक टिमले काठमाडौं, अनामनगरमा अवस्थित संगीतकार बजगाईंकै ‘म्यूजिक किचेन’ स्टुडियोमा केक काटि बधाई तथा सफलताको सेलिब्रेशन गरेका थिए । सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास मुख्य भूमिका रहेको म्युजिक भिडियोमा, अनिशा क्षेत्री, लाक्पा ला...
समाचार, समाज

एनसीसी अल्मुनाई नेपाल : सीप विकास र सामाजिक सेवा दुबैमा सफल कदम

काठमाडौं । एनसिसि अल्मुनाई एशोसिएसन नेपालद्वारा आयोजित दुईदिने विशेष कार्यक्रम—जोखिम न्यूनीकरण तथा सुरक्षा तालिम तथा रक्तदान कार्यक्रम—उत्कृष्ट सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका सदस्यदेखि नेपाली सेनाका प्रतिनिधिसम्म सक्रिय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। मंसिर १३ गते आयोजित जोखिम न्यूनीकरण तथा सुरक्षा तालिममा करिब ६० जना अल्मुनाई सदस्य तथा ३२ जना नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए। तालिममा जोखिम व्यवस्थापनका आधारभूत सिद्धान्त, प्राथमिक उपचारका सीप, आगजनी नियन्त्रणका उपाय तथा व्यावहारिक अभ्यासमार्फत सहायक कौशल विकासमा विशेष ध्यान दिइएको थियो। सहभागीहरूले देखाएको उत्साह, अनुशासन र विषयप्रतिको सक्रियता तालिमको मुख्य उपलब्धि रहेको आयोजकले बताएको छ। तालिम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रिय सेवा दल परिवारप्रति आयोजक समितिले विश...
लिटल च्याम्पियन्स नेपालको लागि अडिसन शुरु,विजेताले पाउनेछन थाइल्यान्डसम्मको अन्तर्राष्ट्रिय अवसर
मनोरन्जन, समाचार

लिटल च्याम्पियन्स नेपालको लागि अडिसन शुरु,विजेताले पाउनेछन थाइल्यान्डसम्मको अन्तर्राष्ट्रिय अवसर

काठमाडौ । व्ल्याक वर्ड ईन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने बाल प्रतिभा खोज कार्यक्रम लिटिल च्याम्पियन्स नेपालले पहिलो सिजनको  सफलतापछि दोस्रो सिजन  सुरु गरेको छ। पहिलो सिजनले सहभागिता, व्यवस्थापन र प्रतिफलका दृष्टिले उत्कृष्ट सफलता प्राप्त गरेपछि अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको व्यापक मागका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइएको आयोजकले जनाएको छ। यस अन्तर्गत लिटल च्याम्पियन्स नेपाल दोस्रो सिजनको अडिसन मंसिर ६ गते सम्पन्न भएको थियो। अडिसनमा काठमाडौं तथा आसपासका ४० वटा विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो लुकेका प्रतिभा प्रस्तुत गरेका थिए। निष्पक्ष र कडा मूल्याङ्कनपछि तीमध्येबाट १०० जना उत्कृष्ट प्रतियोगीहरू आगामी चरणका लागि छनोट गरिएका छन्। छनोट भएका प्रतियोगीहरूका लागि मंसिर १३ गतेदेखि प्रत्येक शनिबार गरी लगातार ७ सातासम्म नियम...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तिन स्रष्टालाई विशिष्ट साधक सम्मान प्रदान
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तिन स्रष्टालाई विशिष्ट साधक सम्मान प्रदान

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा “विशिष्ट साधक सम्मान २०८२” सम्पन्न राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई “विशिष्ट साधक सम्मान २०८२” ले सम्मान गरेको छ । ललितकलाका विवध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रशिद्ध कलाकार भैरब बहादुर थापा, बरिष्ट गायिका एवम् साहित्यकार चन्द्रकला शाह र बरिष्ट लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ नगद, दोसल्ला र प्रसंसा-पत्र सहित सम्मान गरिएको थियो । यहि मङ्सिर ६ गते सँस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा छुट्टाछुट्टै पुगी परिवारका सदस्य सहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफूलाई आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान ...
लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई
मनोरन्जन, समाचार

लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

बालबालिकाहरुको  क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजित लिटिल आइडल नेपाल २०२५ को उपाधि बालिका तर्फ रेबिका शर्मा र बालक तर्फ निर्भाण श्रेष्ठले प्राप्त गरेका छन् । रेविकाले वेष्ट ट्यालेन्टको उपाधि पनि प्राप्त गरेकी छन् । बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उद्देश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले आयोजना गरेको यो कार्यक्रममा फस्ट रनरअपको उपाधि ओजस्भी गुरुङ र सेकेण्ड रनरअपको उपाधि सम्भवी विष्टले प्राप्त गरेकी छन् । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख सम्पन्न सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।...