Saturday, November 21

Author: Galaxy Dainik

बुबाको अनुपस्थितिमा जीवनको शून्यता दर्शाउने भावुक गीत सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

बुबाको अनुपस्थितिमा जीवनको शून्यता दर्शाउने भावुक गीत सार्वजनिक(भिडियो)

काठमाडौं । सत्य घटनामा आधारित बुवाको सम्झना गीतको भिडियो कृष्ण भट्टराई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतकार महेश आचार्यद्धारा रचित गीतमा कृष्ण भट्टराईको संगीत तथा गायन रहेको छ । विश्व अधिकारीको एरेन्ज रहेको उक्त गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो भने चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले गीतको निर्देशन तथा सम्पादन गरेका छन् । नेपालमा म्युजिक भिडियोको शुभमुहुर्तको शुरुवात गर्ने ढकाल पहिलो व्यक्ति हुन् । अच्युत बजगाईको कलर करेक्सन रहेको गीतलाई भक्तपुर जील्लाको दुवाकोट सेरोफेरोमा छायाँकन गरिएको हो भने भिडियोको छायाँकन मरुभुमी नारायणले गरेका हुन् । गायक कृष्ण भट्टरार्ई, गीतकार महेश आचार्य, दिपक राई, हरिमाया भट्टराईको अभिनय रहेको उक्त गीतले बुवा भगवान हुन् बुवा नहुँदाको पीडा सन्तानले कसरी बिरक्तिएर आफ्नो भावना मार्फत पोख्न पुगेका छन्, परिवारको स्थिति अनि बुव...
उपचारको आशामा, शुद्धिग्राम नेपालमा पीडाको यात्रा
समाचार, स्वास्थ्य

उपचारको आशामा, शुद्धिग्राम नेपालमा पीडाको यात्रा

ललितपुर— देशकै प्रमुख प्रशासनिक केन्द्र राजधानी उपत्यकाभित्रै स्वास्थ्य सेवा दिने नाममा व्यापक लुट मच्चिएको गुनासो पीडित बिरामीहरूले गरेका छन्। ललितपुरको सानेपास्थित हिम्स शुद्धिग्राम नेपाल नामक संस्था प्राकृतिक तथा आयुर्वेदिक उपचारको नाममा मनपरी गरिरहेको आरोप लागेको छ। भारतमा सञ्चालित HIMS (Health India Medical Science) को नाम र प्रतिष्ठालाई अगाडि सार्दै, ‘प्राकृतिक उपचारको नयाँ विश्वास’ भन्दै मिर्गौला, कलेजो, मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायत दीर्घरोगको ग्यारेन्टीका साथ उपचार हुने प्रचारसहित सो संस्था सञ्चालित छ। एक वर्षअघि श्यामलाल श्रेष्ठसहितको समूहले यो केन्द्र सञ्चालनमा ल्याएको हो। तर, भित्रको वास्तविकता भने यसको ठिक विपरीत देखिएको छ। यहाँ उपचार गराइरहेका अधिकांश बिरामीहरू आफु ठगिएको महसुस गर्दै मिडियामार्फत गुनासो पोखिरहेका छन्। ग्यारेन्टीका नाममा ठगी ७२ घण्टामा सुगर नियन्त...
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने
मनोरन्जन, समाचार

चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  | थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् | चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल...
कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)
मनोरन्जन, समाचार

कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)

काठमाडौं ।  कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्मिक अभिनय देख्न ...
एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”
मनोरन्जन, समाचार

एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”

‘ प्रतिभा र आत्मविश्वासको रंगीन उत्सव’ काठमाडौं- युवाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता अभिव्यक्त गर्ने उद्देश्यले ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा आयोजित “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल २०२५ – सिजन ६” को ग्रान्ड फिनाले तथा विशेष सम्मान कार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा भव्यतापूर्वक सम्पन्न भयो। ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा राना मगर, नेपाल स्काउट्सका प्रमुख आयुक्त देवराज घिमिरे र इभेन्ट म्यानेजमेन्ट एशोसिएसन नेपाल (EMAN) का अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर राजेन्द्र लुइँटेल (राज )ले दीप प्रज्वलन गर्दै संयुक्त रूपमा गर्नुभयो। प्रतियोगितामा महिला तर्फ एल्मिरा कार्की र पुरुष  तर्फ इनेश...
गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)

नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी, निर्देशन निरेन श्रेष्ठको रहेको छ । भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युटूव च्यानलमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=rP9wBRKZtNM...
देविका बन्दना र किरण कँडेलको स्वरमा ‘सोलुको मैच्याङ’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

देविका बन्दना र किरण कँडेलको स्वरमा ‘सोलुको मैच्याङ’सार्वजनिक(भिडियो)

देविका बन्दना र किरण कँडेलको स्वरमा रहेको गीत ‘सोलुको मैच्याङ’सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ गीत ल्याएको गायिका देविका बन्दनाले बताउनुभयो । ‘केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरूसँग भेट भएको थियो, उहाँहरूसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए,’ उहाँले भन्नुभयो । थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्नुभयो । ‘गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छ,’ उहाँले भन्नुभयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कला...
सौन्दर्यविद अफ्सनाले सूर्यविनायकमा संचालनमा ल्याईन ‘एपी ब्यूटी सलुन’
अर्थ/व्यापार, समाचार

सौन्दर्यविद अफ्सनाले सूर्यविनायकमा संचालनमा ल्याईन ‘एपी ब्यूटी सलुन’

भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर सूर्यविनायकमा सौन्दर्य सेवाको क्षेत्रमा नयाँ अध्यायको थालनी गर्दै ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन समारोह सम्पन्न भएको छ। उक्त सलुनको उद्घाटन नेपालकी चर्चित संचारकर्मी, अभिनेत्री तथा सफल उद्यमी एलिजा गौतमले एक विशेष समारोहबीच गरिन्। उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले सलुनकी सञ्चालक अफ्सना नेवा हायुलाई शुभकामना दिँदै भनिन्, “सौन्दर्य व्यवसायमा समर्पण, सिर्जनशीलता र आत्मविश्वास मिसाएर अघि बढ्नु आफैँमा उदाहरणीय छ। अफ्सनाको यो पहलले धेरै युवालाई प्रेरणा दिनेछ।” उनले एपी ब्यूटी सलुनको उज्ज्वल भविष्यको कामना समेत गरिन्। उक्त अवसरमा कार्यक्रम व्यवस्थापन संघ, नेपालका महासचिव एवं संचारकर्मी सोनीतराज ढुंगेल, प्रतिष्ठित मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका सुमी पराजुली, सौन्दर्य प्रसाधन कम्पनीका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति ...
राजेन्द्र बजगाईको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियो)

काठमाडौं ।—साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ । अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडी/मादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ। उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण ...
“मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” भव्य रूपमा सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” भव्य रूपमा सम्पन्न

विराटनगर, – ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा “मिस्टर एण्ड मिस ग्रेस टिन विराटनगर २०२५ – सिजन ३” को ग्राण्ड फिनाले विराटनगर–११, पञ्चाली रोडस्थित कञ्चनजंघा प्यालेसमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय गायक सपन श्रेष्ठको सजीव प्रस्तुति विशेष आकर्षण बनेको थियो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। प्रतियोगितामा महिला तर्फ इशिका श्रेष्ठ र पुरुष तर्फ इमोन श्रेष्ठले मुख्य उपाधि जित्न सफल भए। उपविजेताको रूपमा नन्दनी मण्डल र प्रणिश कुमार खत्रीले स्थान पाए। आयोजक चोइस अवार्ड खुसी सोनीलाई प्रदान गरिएको थियो भने भोटिङ स्टार अवार्ड भूमि श्रेष्ठ र इमोन श्रेष्ठले पाए। भ्युअर्स चोइस अवार्ड इशिका श्रेष्ठ र इमोन श्रेष्ठलाई प्रदान गरिएको थ...