गीतकार निर कमल खड्का (ममल) को ‘मुनामदन’ सार्वजनिक: प्रेम, वियोग र पुनर्मिलनको कथा
नेपाली गीतसंगीत प्रेमीका लागि एक भावनात्मक उपहारका रूपमा ‘मुनामदन (भेट हुने कहिले)’ सार्वजनिक भएको छ। Blue Lotus Entertainment को प्रस्तुति रहेको यस गीतमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायकहरू कर्ण दास, पुष्पन प्रधान, धर्मेन्द्र सेवान र गायिका माण्डवी त्रिपाठीको सशक्त स्वर समावेश छ।
प्रेम, वियोग र पुनर्मिलनको अनुभूति बोकेको यस गीतको संगीत र एरेन्ज स्वयम् कर्ण दासले गरेका छन् भने सङ्गीत संयोजनमा अनुभवी सङ्गीतकार सचिन सिंहले साथ दिएका छन्। गीतका शब्दहरू निर कमल खड्का (ममल) द्वारा लेखिएका हुन्, जसले आत्मीयता र संवेदनशीलताको प्रभावशाली अभिव्यक्ति दिएका छन्।
प्रकाश मिश्रले गीतको रेकर्डिङ र मिक्सिङ सम्हालेका छन् भने रेकर्डिङ कार्य Acoustic Nepal KTM स्टुडियोमा सम्पन्न भएको हो। अडियो पक्षलाई बलियो बनाउँदै गीतले श्रोतालाई भावना र स्मृतिको गहिरो संसारमा लैजान सफल भएको देखिन्छ।
गीतसँगै स...










