Saturday, November 21

Author: Galaxy Dainik

दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी हुदै
मनोरन्जन, समाचार

दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी हुदै

काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्द...
“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते
मनोरन्जन, समाचार

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्मी – निर्दे...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा निर्वाचित
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा निर्वाचित

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पार्वती बम,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन।१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकार...
“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न
मनोरन्जन, समाचार

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”को ट्यालेन्ट राउण्ड सम्पन्न

ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले तस...
गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो। साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए। कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता ...
कार्यक्रम व्यवस्थापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित
मनोरन्जन, समाचार

कार्यक्रम व्यवस्थापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल(राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन । राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा,सहसचिवमा भागिरथ कुमार पोखरेल,सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान,रामकृष्ण श्रेष्ठ,राहूल बन्जाडे,पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए । निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल नि...
गायिका सुमी पराजुलीले ल्याइन् ‘ढाँट्यो मायाले’(भिडियो )
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीले ल्याइन् ‘ढाँट्यो मायाले’(भिडियो )

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्।   शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन...
“प्रथम मिस्टर महानगर” को उपाधी ग्रिस महर्जनलाई
खेलकुद, समाचार

“प्रथम मिस्टर महानगर” को उपाधी ग्रिस महर्जनलाई

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२२ मा सम्पन्न “महानगर शारीरिक सुगठन प्रतियोगिता” मा ग्रिस महर्जनले सर्वोत्कृष्ट “प्रथम मिस्टर महानगर २०८२” उपाधि जित्न सफल भएका छन्। यो प्रतियोगिताले पुरुष फिटनेस, व्यक्तित्व, र मंच प्रस्तुतीलाई पहिलो पटक मेयर–स्तरीय प्रतिस्पर्धाको रूपमा प्रस्तुत गरेको थियो । ग्रिसले आफ्नो शरीर संरचना, पोशाक, र मंच प्रजेन्टेसनको उत्कृष्टतामा निर्णायक मण्डल र दर्शकका मन जितेका थिए । प्रतियोगिताका संचालक र कोचिङ टोलीले विजेता ग्रिसको प्रस्तुतीलाई उच्च मूल्यांकन गरेका छन्, साथै सोसल मिडिया र  सञ्चारमाध्यममा प्रशंसा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पाँच लाख नगद सहित ट्रफी प्रदान गरेका थिए । ७५ + किलोको प्रतिस्पर्धामा ग्रिस महर्जनले गोल्ड मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।व्यक्तिगत प्रशिक्षकको भूमिकामा उनले थुप्रै व्यक्तिहरूलाई फ...
अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न
मनोरन्जन, समाचार

अन एयर मिडियाको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

काठमाडौं । अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर्चित ग...
‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘फुलै फुलेको’ सार्वजनिक (भिडियो)

काठमाडौं । स्याङजा जिल्लाको भिरकोट नगरपालिक वडा नं ०९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका हुन् रामप्रसाद गुरङ । उनी परिवारमा कान्छो सन्तान हुन् । राम प्रसाद एक होनहार प्रतिभाशाली अभिनेता हुन् । जसले नेपाली संगीत भिडियोहरू र गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका छन् । आफ्ना सांस्कृतिक जरा र पहिचानप्रति गहिरो निष्ठा राख्ने गुरुङ फिल्म उद्योगमा उल्लेखनिय योगदान दिएका छन् । उनले अहिलेसम्म ६ वटा चर्चित भिडियोहरूमा अभिनय गरेका छन् । जसमध्य हालै सावर्र्जनिक भएको आफ्नै आवजमा रहेको ‘फुलै फलेको’ लोक गीत रहेको छ ।   जसमा उनक अभिनय तथा भावपूर्ण प्रस्तुतिले दर्शकको मन जितेका छन् । भिडियोको अनुभवपछि गुरुङ भाषाका चलचित्रहरूमा प्रवेश गरेपछि उनले झनै ठूलो चर्चा कमाएका छन् । उनले गुरुङ चलचित्र ‘आमाको मन’मा अभिनय गर्दै दर...