Saturday, November 21

Author: Galaxy Dainik

कोरोना संक्रमित बालबालिकाको लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन
समाचार

कोरोना संक्रमित बालबालिकाको लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन

सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने उपाध्यायले बताए । मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ । कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रल...
मन्त्रिपरिषद् पुनर्गठन गरे
राजनीति, समाचार

मन्त्रिपरिषद् पुनर्गठन गरे

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।  उनले पुनर्गठन गर्नु सर्वोच्च अदालतको फैसलासम्मलाई  दुइ चारदिनको घामछांया भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीमै समस्या रहेको बताउदै भने - 'न मन्त्री फाल्नु समाधान हो न पाल्नु' उनले लेखेका छन् - 'पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा - कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला' सम्मलाई दुइ-चारदिनको घामछांया !'...
ईश्वर पोखरेल मन्त्रिपरिषद्‌बाट बाहिरिने, एमालेबाट को–को रहने ?
राजनीति, समाचार

ईश्वर पोखरेल मन्त्रिपरिषद्‌बाट बाहिरिने, एमालेबाट को–को रहने ?

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  पुनर्गठित सरकारमा एमालेका चार जनाबाहेक सबै मन्त्री पदमुक्त हुने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्न लागिएको हो । अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुनर्गठित मन्त्रिपरिषद्बाट उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन्। अब परराष्ट्र मन्त्रालयको जिम्मा उपप्रधानसहित रघुबीर महासेठले पाउनेछन् । ...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका को–को बने मन्त्री ?
राजनीति, समाचार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका को–को बने मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह, रक्षासहित ८ मन्त्रालय रिक्त रहेका बेला शुक्रबार प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  विस्तारित मन्त्रिपरिषद्मा सहभागी जसपाका नेताहरुलाई साँझ मन्त्री पदको सपथ खुवाउने तयारी गरिएको छ । सपथ खुवाउने बेला कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाए भन्ने अन्तिम टुंगो लाग्ने छ । तर, प्राप्त जानकारीअनुसार जसपा संसदीय दलका नेता उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् ।  यस्तै शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिकुमार झाले खानेपानी, लक्षणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय, चन्दा...
भ्रष्ट्राचारी नेताप्रति लक्षित ‘नेताज्यु तिमीलाई माझी औंला’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

भ्रष्ट्राचारी नेताप्रति लक्षित ‘नेताज्यु तिमीलाई माझी औंला’सार्वजनिक(भिडियो)

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ ।  देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दु:ख कष्टको सामना गर्नु परिरहेको छ । यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ् भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ । https://youtu.be/Atje23A6Poc देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ ...
गत २४ घण्टामा काेराेना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर
समाचार, स्वास्थ्य

गत २४ घण्टामा काेराेना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

गत २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा  ८ हजार ६ सय ६३ जना निको भएर घर फर्केका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गर्दा  ४ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।   यस्तै २ हजार २९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। १४ हजार १ सय ८२ पीसीआर पद्धतिबाट परीक्षण गरिएको छ भने ६ हजार ६ सय ३१ एन्टिजेन पद्धतिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। तर, मृत्यु हुनेको संख्या भने १ सय माथि नै छ। गएको २४ घण्टामा पनि १ सय १ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन्। भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ। अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय सङ्क्रमितहरु रहेको जनाइएको छ। भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। भारतीय स्वास्थ्य अन...
सुनको मूल्य १५ सय रुपैयाँले घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३ सय ४० रुपैयाँमा झरेको हो।...
उपत्यकामा निषेधाज्ञा केही सहज, के गर्न पाइने के नपाइने
समाचार

उपत्यकामा निषेधाज्ञा केही सहज, के गर्न पाइने के नपाइने

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ। उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ। यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो। यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ। उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ। गर्न पाइने गतिविधि यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अत्या...
जसपाको ठाकुर पक्ष सरकारमा जान यसकारण रोकियो
राजनीति, समाचार

जसपाको ठाकुर पक्ष सरकारमा जान यसकारण रोकियो

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तत्काल सरकारमा नजाने भएको छ । सरकारमा जान ठिक्क परेर मन्त्रालय बाँडफाँडको समेत टुंगो लगाएको ठाकुर पक्ष तत्काललाई रोकिएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले ठाकुर पक्ष रोकिएको हो । फैसला नआएसम्म सरकारमा नजाने निष्कर्षमा जसपा ठाकुर पक्ष पुगेको उक्त समूहका एक नेताले बताए । जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याउन सकेको छैन । उक्त पक्ष बहुमत पुर्याउन सक्रिय भएको छ । बहुमत बनाएमा मात्र पनि सरकारमा जाने टुंगो लगाइहाल्ने पक्षमा देखिएको छ । जसपाभित्र उपेन्द्र यादव समूहको बहुमत छ । कार्यकारिणी समितिमा यादवको बहुमत भएपछि ठाकुर अप्ठ्यारोमा परेका छन् । उनलाई नयाँ दल खोल्नुपर्ने हुन्छ ।जसपाले ७ मन्त्रालय पाउने गरी प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउन खोजेका छन् । जसपाले भने ८ मन्त्रीसहित केही राज्य...