Saturday, November 21

Author: Galaxy Dainik

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित
खेलकुद, समाचार

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । निकै रोमान्चक बनेको उक्त खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो ।  कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको उक्त खेलको चौथो मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठ गोल गरी नेपाललाई जित दिलाए ।  नवयुग श्रेष्ठ खेलको ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यसअघि पनि नेपालले उसकै घरेलु मैदानमा हराएको थियो ।  जितसँगै नेपालको ६ अङ्क छ । अब नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।...
आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो
राजनीति, समाचार

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पाररेर थप गरिएकाे निषेधाज्ञा आजदेखि काठमाडौं उपत्यकामा लागू भएकाे छ। खुकुलाे बनाइएकाे निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ। काठमाडाैं गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ। गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । आजदेखि  खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ। किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लागू हुनेछ। विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मज...
बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे नयाँ गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे नयाँ गीत सार्वजनिक(भिडियो)

सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्। https://youtu.be/UPkJquAj4nw जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमे...
खाद्य व्यापार र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने
अर्थ/व्यापार, समाचार

खाद्य व्यापार र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए । दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो । कर्पोरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र...
हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन
अर्थ/व्यापार, समाचार

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।...
बरिष्ठ मेकअप आर्टीस्ट टेकराज पाण्डेको संयोजकत्वमा सौन्दर्य व्यबसायीको भर्चूअल मिटिङ्ग सम्पन्न
अर्थ/व्यापार, समाचार

बरिष्ठ मेकअप आर्टीस्ट टेकराज पाण्डेको संयोजकत्वमा सौन्दर्य व्यबसायीको भर्चूअल मिटिङ्ग सम्पन्न

कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्ने...
थप ६ हजार ८ सय जनामा कोरोना पुष्टि, ५ हजार ९ सय निको
समाचार, स्वास्थ्य

थप ६ हजार ८ सय जनामा कोरोना पुष्टि, ५ हजार ९ सय निको

बिहिबार नेपालमा ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १८ हजार ५६२ पीसीआर र ३ हजार २११ एन्टीजेन परिक्षणमा क्रमशः ५ हजार ८२५ र एक हजार जना गरी ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये ४ लाख ६७ हजार ४६७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ७५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ७ हजार ६३० जनाको मृत्यु भएको छ । यस्तै देशभर ८३१ जना क्वारेन्टिनमा रहेका छन ।...
डब्लुएचओद्वारा नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस नदेखिएको  स्पष्ट
समाचार

डब्लुएचओद्वारा नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस नदेखिएको स्पष्ट

विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो । अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल भेरियन्ट भनी खबर प्रकाशित हुन थालेपछि डब्लुएचओले नेपालमा अहिले फैलिएको भाइरस अन्यत्र पनि फैलिइरहेको डेल्टा (बी.१.६१७.२) नाम दिइएको कोरोना भाइरसको भ्यारियन्ट रहेको उल्लेख गरेको छ । डब्लुएचओले हाल विश्वभर तीन प्रकारका कोरोना भाइरस पुष्टि भएको जनाएको छ । जुन अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । नेपालमा दोस्रो प्रकारको भाइरस फैलिइरहेको छ ।...
विश्वभर १५ करोड ५२ लाख कोरोना संक्रमित निको भए
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर १५ करोड ५२ लाख कोरोना संक्रमित निको भए

विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।   कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २४ लाख २७ हजार ५ सय ९४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६ हजार ५ सय ७८ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा १५ करोड ५२ लाख ८४ हजार ४ सय ९९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ११ हजार २० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४१ लाख ५४ हजार ३ सय ५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७९ लाख ८६ हजार ५ सय ११ कोरोना संक्रमित निको भइसकेका छन् ।  त्यस्तै ब्र...
निषेधाज्ञामा पनि घटेन कर्जा प्रवाह
अर्थ/व्यापार, समाचार

निषेधाज्ञामा पनि घटेन कर्जा प्रवाह

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढ्दो क्रममा सरकारले गरेको निषेधाज्ञाबीच पनि बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह घटेको छैन । निषेधाज्ञाका कारण बैङ्कहरूका अधिकांश शाखा बन्द रहे पनि कर्जा प्रवाह भने सुस्ताएको छैन । नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार जेठको सुरुदेखि नै बैङ्कहरूको कर्जा लगानी १५ अर्ब रुपियाँले बढेको छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा भएयता बैङ्कहरूको कर्जा लगानी ३४ अर्ब रुपियाँले बढेको छ । निषेधाज्ञामै बैङ्कहरूले औसतमा एक अर्ब बढी कर्जा लगानी गर्दै आएका छन् ।निषेधाज्ञा अघिको तुलनामा बैङ्कहरूको निक्षेप र कर्जा केही सुस्ताएको भए पनि गत वर्ष जस्तो ठप्प भने नभएको एसोसिएसनले जनाएको छ । गत वर्ष बन्दाबन्दी सुरु भएदेखि बैङ्कहरूको कर्जा लगानी निकै कम भएको थियो । जसले गर्दा बैङ्कहरूमा लगानीयोग्य रकम अधिक मात्रामा थुप्रिएको थियो । बैङ्कहरूमा यो वर्ष निक्षेप सङ्कलन पनि बढ्न स...