Saturday, November 21

Author: Galaxy Dainik

थप ६ हजार जनामा कोरोना संक्रमित
समाचार, स्वास्थ्य

थप ६ हजार जनामा कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर मंगलबार २० हजार १६५ परीक्षण गर्दा ६ हजार संक्रमित थपिएका हुन् । यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन् । यो सँगै हालसम्म ४ लाख ५४ हजार ३४४ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको छ । पछिल्लो २४ घण्टामा ६८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै हालसम्म कोरोनाका कारण देशभर ७ हजार ४५४ जनाको मृत्यु भएको छ ।...
नेपाल एयरलाइन्सको जहाज आठ लाख डोज खोप लिएर आइपुग्यो
समाचार

नेपाल एयरलाइन्सको जहाज आठ लाख डोज खोप लिएर आइपुग्यो

नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो। यसैबीच चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने तयारी गरिएको छ। भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ। यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो। ६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ। उनीह...
जसपा यादव पक्षले गर्‍यो महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित
राजनीति, समाचार

जसपा यादव पक्षले गर्‍यो महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । मंगलबार बसेको  पार्टीको कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्कासन गर्ने निर्णय गरेको हो ।  यसअघि उपेन्द्र पक्ष र महन्थ पक्षले एकअर्कालाई स्पष्टीकरण सोधेका थिए । तर उपेन्द्र पक्षले जेठ ११ गते सोधेको स्पष्टीकरण नआएपछि पुन जेठ १५ गते पनि स्पष्टीकरण सोधेको थियो । तर तोकिएको समयअवधिभित्र जवाफ आएन ।   जसपा अध्यक्ष महन्थ ठाकुरले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले यसको विरोध गर्दै आइरहेका छन् । जसका कारण अहिले जसपाका दुई पक्षबीच विवाद बढ्दै गइरहेको छ । ...
आजदेखि तीन देशका लागि हवाई उडान खुला
समाचार

आजदेखि तीन देशका लागि हवाई उडान खुला

रकारको निर्णयानुसार मंगलबार (आज) देखि लागु हुनेगरी तीन देशका लागि हवाई उडान खुला भएको छ। सिमित संख्यामा उडान सञ्चालन गर्ने गरी तीन देशहरु चीन, टर्की र कतारका लागि उडान खुला भएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुला हुने छ।उनले यसै साताबाट तीनवटै स्थानमा उडान सुरु गर्नेगरी तयारी अघि बढीरहेको बताए। यसअघि बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।यो सँगै अब चार वटा देशमा सिमित मात्रामा उडान अवतरण खुला भएको छ।यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान गर्दै आएका छन्।...
डब्ल्यूएचओद्वारा कोरोनाका भेरियन्टहरूलाई नयाँ नाम दिइयो ‘डेल्टा’ र ‘कप्पा’
समाचार

डब्ल्यूएचओद्वारा कोरोनाका भेरियन्टहरूलाई नयाँ नाम दिइयो ‘डेल्टा’ र ‘कप्पा’

पछिल्लो समय विश्वका विभिन्न देशमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिरहेको छ । नयाँ नयाँ प्रकारका कोरोनाभाइरस देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले तिनको नामाकरण गरेको छ ।  कुन प्रकारको कोरोनाभाइरस हो भन्ने सबैमा भ्रम परेपछि विश्व स्वास्थ्य संगठनले ग्रिक शब्दबाट नयाँ नामाकरण गरेको बीबीसीले जनाएको छ । आज यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूले चिनाउनेछ ।  भारतमा देखिएको नयाँ भाइरसलाई नयाँ भेरियन्ट भनेको प्रति भारतले आपत्ती जनाएको थियो । साथै भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन पनि सामाजिक सन्जाल कम्पनीलाई निर्देशन  पनि दिएको छ ।  बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ भनिएको छ । यस्तै भारतमा भेटिएको भेरियन्ट(B.1.617.2...
उपत्यकाका सिडियाे बैठक बस्दै, निषेधाज्ञा खुकुलो गर्ने संकेत
समाचार

उपत्यकाका सिडियाे बैठक बस्दै, निषेधाज्ञा खुकुलो गर्ने संकेत

जारी निषेधाज्ञा जेठ २० गतेपछि खुकुलो हुने संकेत देखिएको छ। मंगलबार बस्ने उपत्यकाका सिडियोहरुको बैठकपछि निर्णय आउने छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डिसी नेपालसँग कुरा गर्दै भने, ‘खुकुलो नै हुँदैन होला। तर, खाध्यान्न पसलहरुलाई अलि सहजिकरण गर्ने कि भन्ने कुरा हो। बैठकपछि धेरै कुरा थाहा हुन्छ।’ उनका अनुसार सिडियोको बैठक बस्नु पूर्व सिडियोहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने छन्। स्वास्थ्य मन्त्रालयको कोभिडको डाटा एनालाइसिसपछि सिडियोहरुको बैठक बस्ने छ।‘स्वास्थ्यमन्त्रालयसँगको छलफलपछि कस्तो निष्कर्ष निस्किन्छ भन्ने हो। तर, अहिले नै यही हुन्छ भन्ने छैन,’ पराजुलीले भने। यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले बैज्ञानिक तरिकाले लकडाउनलाई खुकुलो बनाउने की भन्ने बारे सोचेको बताए। डिसी नेपालसँग उनले भने, ‘हामी अलि बैज्ञानिक तरिकाले जानु पर्छ की भन्...
यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने
शिक्षा, समाचार

यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने

सरकारले यस बर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार साझँ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परिक्षा गत वर्षझैँ  आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरण अनुसार नै परीक्षा बोर्डले परिक्षाफल सार्वजनिक गर्नेछ । यस्तै उक्त बैठकले यस बर्ष पनि मल अभाव हुन नदिन  मल खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ...
चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइँदै
समाचार

चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइँदै

पाल एयरलाइन्सको चार्टर विमान आज कोरोनाभाइरसविरुद्धको खोप लिएर नेपाल आउदैछ । चीन सरकारले सहयोग स्वरुप दिएको ८ लाख डोज कोरोनाभाइरसविरुद्धको खोप आज दिउँसो काठमाडौं आइपुग्नेछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् । चीनले अनुदानमा दिने भनेको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाडौं ल्याउन लागिएको हो ।  उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे बेइजिङका लागि उडेको थियो । अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई लगाउने तयारी गरिएको छ । ...
सत्ता समीकरणको सौदाबाजी
राजनीति, समाचार

सत्ता समीकरणको सौदाबाजी

-डा.डिआर उपाध्याय, नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ । यति बेला आमनागरिक कोरोना महामारीकाबीच गुर्जिरहेका छन । यस्तो बेलामा राजनीति गर्नु पटक्कै सुहाउने कुरा होइन । जनता रोएको बेला सत्ता स्वार्थको यो फोहोरि खेल बन्द हुनु पर्दथ्यो । अहिलेको यो बेला भनेको सवै मिलेर कोरोना बिरुद्ध लडने हो । सारा मान्छेको ध्यान कोरोना माहामारी तर्फ गइरहेका बेला दल र तिनका नेताहरुको ध्यान सत्तामा गएको देख्दा लाज लागेर आउँछ । जनप्रतिनिधिमूलक संसद विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता फैलिएको छ । यता बिपक्षी दलहरु यो बिषयलाई लिएर आक्रोशपूर्ण अभिब्यक्ति दिईरहेका छन । व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा व...
एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्ने मन्त्रालयको निर्णय
शिक्षा, समाचार

एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्ने मन्त्रालयको निर्णय

कोरोनाभाइरस संक्रमण महामारीले माध्यामिक शिक्षा परीक्षाको वैकल्पिक उपाय अवलम्बन गरिन थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले तत्काल सहज अवस्था नहुने भएकाले एसईईको परीक्षा वैकल्पिक विधिबाट गराउनुपर्ने भन्दै अनुमति मागेपछि शिक्षा मन्त्रालयले सोहीअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।  सोमबार बसेको मन्त्रालयको बैठकले  एसईई आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।  अघिल्लो वर्ष पनि आन्तरिक मूल्यांकन विधिबाट एसईईको परीक्षा नतिजा सार्वजनिक गरिएको थियो । यस वर्ष पनि सोही विधि अवलम्बन गर्नुपर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो ।  यसअघि बोर्डले एसईई परीक्षा जेठ १३ गतेदेखि गर्ने गरी कार्यतालिका सार्वजनिक गर्दै प्रश्नपत्र छपाइको काम सकेको थियो । तर, कोरोनाभाइरस संक्रमण महामारीका कारण परीक्षा ...