Saturday, November 21

Author: Galaxy Dainik

कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुन थाल्यो :धर्मराज श्रेष्ठ,मह व्यबसायी
अर्थ/व्यापार, समाचार

कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुन थाल्यो :धर्मराज श्रेष्ठ,मह व्यबसायी

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहेपनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबैचिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’उहाँले गत वर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो । तल्लो तप्काका जनता जो कमाएर साँझ बिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन् उनीहर...
थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण, ६ हजार ४९१ संक्रमणमुक्त
समाचार, स्वास्थ्य

थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण, ६ हजार ४९१ संक्रमणमुक्त

सोमबार नेपालमा ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १५ हजार ५५ पीसीआर र २४२५ एन्टीजेन परिक्षण गर्दा क्रमशः ४ हजार १७८ र ५८४ जना गरी ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ११४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ७ हजार ३८६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएका छन् ।...
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम
समाचार

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम

सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो । सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पुर्‍याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ । उनले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन...
लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी
समाचार

लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

लुम्बिनी प्रदेशमा सोमबार भएको भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले एमालेका उम्मेदवार चन्द्रबहादृुर खड्कालाई पराजित गरेका हुन्। निर्वाचित पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए। प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए। खड्काकै कारण सो पद रिक्त भएका हो। यसअघि माओवादीबाट निर्वाचित उनी एमालेमा गएपछि पार्टीले कारबाही गरेको थियो। पार्टीको कारबाहीपछि उनी पदमुक्त भएका थिए। त्यसपछि एमालेले खड्कालाई नै उम्मेदवार बनायो। उता काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेय पनि लुम्बिनी प्रदेशसभामा ...
लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ मत खस्यो
समाचार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ मत खस्यो

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन्। तीन जना मतदानमा अनुपस्थित भएका छन्। अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिएका थिए। खड्कालाई ठाकुर नेतृत्वको जनता समाजवादीले समर्थन गरेको थियो, भने पाण्डेलाई माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो। नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा...
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
समाचार

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ। तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन। मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ। यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख २९ हजार १०० जनाको ज्यान गएको छ। भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका ...
सुन चाँदीको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

सुन चाँदीको मूल्य बढ्यो

साताको दोस्रो दिन सोमबार २ सय रुपैयाँ बढेको छ। सोमबार सुन २ सय रुपैयाँ बढेर प्रतितोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम छ। आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भइ १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...
दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित

 आज विहान बस्ने तय भएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा स्थायी कमिटी सदस्यहरु गएका कारण स्थायी कमिटी बैठक स्थगित भएको हो। स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मालगायतका नेता निर्वाचनमा गएका कारण बैठक स्थगित भएको हो।यसअघि आइतबार साँझ पाँच बजे बैठक बस्ने तय भएको थियो। तर अन्तिम अवस्थामा आएर बैठक सोमबार विहान दश बजेसम्मका लागि स्थगित भएको थियो। अब बैठक मंगलबार विहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।...
कोरोनाविरुद्धको खोप लिन निगमको जहाज आज बेइजिङ  जाँदै
समाचार

कोरोनाविरुद्धको खोप लिन निगमको जहाज आज बेइजिङ जाँदै

नेपाल एयरलाइन्सको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले सहयोग स्वरुप दिने कोरोनाभाइरसविरुद्धको खोप लिन जहाज त्यसतर्फ बेइजिङ जाने भएको हो । चीन सरकारले दिने १० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप मध्ये ८ लाख डोज लिन जहाज बेइजिङ उड्न लागेको हो। जहाज आज राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  खोप लिएर जहाज मंगलबार बिहान काठमाडौं तर्फ उड्नेछ । बाकीँ २ लाख डोज कोरोना खोप तातोपानी नाका हुँदै आउनेछ । ...
लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन
राजनीति, समाचार

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन

लुम्बिनी प्रदेशमा सोमबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदानको लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुँदैछ । उपनिर्वाचनमा दुई जना उम्मेदवार रहेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । उम्मेदवार पाण्डेलाई एमालेको माधव नेपाल समूहले पनि समर्थन गरेको छ । पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।  उनी एमालेको सांसदबाट राजीनामा दिएर कांग्रेसमा गएका थिए । खड्का पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। उनी पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । ...