Saturday, November 21

Author: Galaxy Dainik

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा त्राश बढ्दै
समाचार, स्वास्थ्य

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा त्राश बढ्दै

दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ। कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताइन्। “कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”, स्थानीयवासी जोेशीले भनिन्, “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ।” मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको कुरा सुनाइन्। उनले भनिन्, “फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट ...
माधव नेपाल समूहका नेताले दर्ता गरे नयाँ दल
राजनीति, समाचार

माधव नेपाल समूहका नेताले दर्ता गरे नयाँ दल

निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववीयूका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ता भएको तर, माधव नेपाल र झलनाथ खनाल अध्यक्ष भएको पार्टी दर्ता नभएको माधव नेपाल समूहका अनेरास्ववीयूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। पराजुलीले भने, ‘हामी नयाँ पार्टीको प्रकृयाका लागि अगाडि बढी सकेका छौं। तर, दर्ता भएको छैन। अहिले जीवनजीको पार्टी मात्र  दर्ता भएको हो।’ अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। राई माधव कुमार नेपाल निकट नेता हुन्। अनेरास्ववियूको पशुपति क्याम्पसका पूर्व नेता राईले जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएका हुन्।  पराजुलीले भने, ‘आज सर्वोच्चमा रिट निवेदन दिँदै छौं। दल दर्ताको प्रक्रिया त्यसभन्दा अगाडि गर्ने छौं।’ स्रोतका अनुसार नेकपा एकीकृतको उपाध्यक्षमा कल्...
नेपालको राजनीति दुर्गन्धित भइरहेको छ
राजनीति, समाचार

नेपालको राजनीति दुर्गन्धित भइरहेको छ

-डा.डिआर उपाध्याय, सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ । बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो । त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित ंसंसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन । अर्को कुरा कोरोना माहामारीले थिल...
प्रदेशसभा सदस्यलाई कारबाही गर्ने अधिकार नेता तथा मुख्यमन्त्री पौडेललाई
राजनीति, समाचार

प्रदेशसभा सदस्यलाई कारबाही गर्ने अधिकार नेता तथा मुख्यमन्त्री पौडेललाई

नेपाल कम्युनिष्ट पार्टी(एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले स्पष्टीकरण सोधिएका १४ प्रदेशसभा सदस्यको जवाफ चित्तबुझ्दो नभए वा स्पष्टीकरण नबुझाएमा कारबाही गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिने निर्णय गरेको छ । बोर्डको आजको बैठकले स्पष्टीकरण नसोधिएका संसदीय दलका अन्य सदस्यले समेत अनुशासनविपरीत कार्य गरेको पाइएमा त्यस्ता सदस्यलाई कारवाही गर्ने अधिकार बोर्डका अध्यक्ष तथा मुख्यमन्त्री पौडेललाई दिएको छ । बैठकले यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र प...
नेपालमा फैलिएको कोरोनाको भारतीय भेरियन्टमा एस्ट्राजेनेकाको एक डोज खोपले काम नगर्ने !
समाचार, स्वास्थ्य

नेपालमा फैलिएको कोरोनाको भारतीय भेरियन्टमा एस्ट्राजेनेकाको एक डोज खोपले काम नगर्ने !

हाल नेपालमा फैलिएको कोरोना भाइरसको भारतीय भेरियन्टमा अक्सफोर्ड एस्ट्राजेनेकाले उत्पादन गरेको खोपको एक डोज प्रभावकारी नहुने दावी गरिएको छ। बेलायतले जारी गरेको तथ्यांकले सो खोपको एक डोजले काम नगर्ने संकेत देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हाल भारतीय भेरियन्टको कोरोना भाइरसले नेपाल र भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् भने दैनिक मृत्यु पनि बढिरहेको छ। बेलायत सरकारको नयाँ अध्ययनअनुसार भारतीय भेरियन्टसँग लड्न दुदई डोज खोप लगाउनुपर्ने देखिएको हो। पब्लिक हेल्थ इंग्याल्याण्डका अनुसार एस्ट्राजेनेकाको दुई डोज खोप लगाएकाहरुमा भारतमा भेटिएको भेरियन्टमा ८१ प्रतिशत काम गरेको छ। उता बेलायतमा फेला परेको भरियन्टमा दुई डोज खोपले ८७ प्रतिशत काम गरेको छ। यस्तै एक डोज खोप लगाएकाहरुमा भारतीय भेरियन्टमा मात्र ३३ प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्टमा एक डोज खोप लग...
चिकित्सक संघले भन्योः दलहरु कोरोनाविरुद्ध एकजुट हुनुपर्ने बेला राजनीतिक जोडघटाउमा लागे
राजनीति, समाचार

चिकित्सक संघले भन्योः दलहरु कोरोनाविरुद्ध एकजुट हुनुपर्ने बेला राजनीतिक जोडघटाउमा लागे

नेपाल चिकित्सक संघले देश कोरोना महामारीको गम्भीर चपेटामा रहेका बेला दलहरु राजनीतिक जोडघटाउमा लागेको भन्दै असन्तुष्टि पोखेको छ। संघका अध्यक्ष डा. लोचन कार्की र महासचिब डा बद्री रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संकटपूर्ण अवस्थामा दोस्रो लहरको रोकथाम र उपचारको साथै आउन सक्ने तेस्रो लहरको तयारी गर्नुको सट्टा नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरु नागरिकहरुको जनस्वास्थ्यलाई भन्दा अस्वाभाविक राजनीतिक जोडघटाउमा लागि रहेका छन्।’ संघले नेपाली राजनीतिक दलहरुको गतिविधिले लज्जाबोध भएकोसमेत बताएको छ। संघले भनेको छ, ‘विश्वसामू नेपालको जनस्वास्थ्यको विद्यमान अवस्था र नेपाली नागरिकहरु दिनप्रतिदिन संक्रमित भई मृत्युवरण गर्न बाध्य भएको गम्भीर परिस्थितिप्रति नेतृत्वपंतिबाट नै अनभिज्ञता प्रकट गरिहेको जस्तो भूमिकाका कारण नेपालको ईज्जत र प्रतिष्ठ...
अमेरिकी सहयोगको पहिलो खेप स्वास्थ्य सामाग्री  काठमाडौं आयो
समाचार, स्वास्थ्य

अमेरिकी सहयोगको पहिलो खेप स्वास्थ्य सामाग्री काठमाडौं आयो

कोरोना भाइरस महामारीको गम्भीर चपेटामा परेको नेपाललाई अमेरिकाले आपतकालीन स्वास्थ्य सहयोग गरेको छ। अमेरिकी सहयोग नियोग यूएसएडले गरेको स्वास्थ्य सामाग्री सहयोगको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सहयोगको पहिलो खेल शनिबार आएको र अरु सहयोग आउनेक्रममा रहेको जानकारी दिएको छ। अमेरिकी कार्गे विमानमार्फत शनिबार अमेरिकी सहयोग काठमाडौं आइपुगेको हो। अमेरिकी दूतावास र यूएसएडका प्रतिनिधिले सो सहयोग समाग्री शनिबारै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेका छन्। शनिबार सर्जीकल मास्क, ग्लोभ्स, शिल्डलगायतका स्वास्थ्य सामाग्री आइपुगेका हुन्। यसअघि पनि अमेरिकाले भेन्टिलेटर, परीक्षण किटलगातका सामाग्री सहयोग गरेको थियो। कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि नेपाल सरकारले औपचारिक रुपमै सहयोग गर्न अन्तर्राष्ट्रिय मित्रहरुलाई आव्हान गरेको थियो। प्रमुख प्रतिपक...
थप ८ हजार ९८० जनामा कोरोना पुष्टि, ८ हजार ८४८ जना निको भए
समाचार, स्वास्थ्य

थप ८ हजार ९८० जनामा कोरोना पुष्टि, ८ हजार ८४८ जना निको भए

शनिबार नेपालमा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३५७ पीसीआर र ७४८ एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार ५९१ र ३८९ जना गरी ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १२९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार १५३ जनाको मृत्यु भएको छ । यस्तै देशभर ८८६ जना क्वारेन्टिनमा रहेका छन ।...
डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी विभाजित
अन्तर्राष्ट्रिय, समाचार

डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी विभाजित

अमेरिकामा राष्ट्रपतिको निर्वाचनपछि त्यहाँको संसद भवन क्यापिटल हिलमा ६ जनवरीमा भएको हिंसाको मामिलामा त्यहाँको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले सद्वदलीय जाँच कमिसनलाई स्वीकृति दिएको छ । जाँच कमिसन गठन गर्ने विषयमा हाउसमा प्रस्ताव आएपछि ट्रम्पको रिपब्लिकन पार्टी विभाजित भएको छ । प्रस्ताव पेश भएपछि ३५ जना रिपब्लिकन सांसदहरुले ट्रम्पको विपक्षमा अर्थात जाँच कमिसन गठन गर्ने पक्षमा मतदान गरे । ट्रम्पको रिसको पर्वाह नगरी यसरी रिपब्लिकन सांसदहरुले कमिसन गठन गर्ने विषयमा डेमोक्रेटलाई साथ दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यो प्रस्तावको १७५ सांसदहरुले विरोध गरे जबकि यसको समर्थनमा २५२ भोट परे । प्रस्तावलाई अनुमोदनको लागि माथिल्लो सदन सिनेटमा पठाइएको छ । सिनेटमा यो प्रस्ताव पारित हुनको लागि डेमोक्रेट सांसदहरुसहित कम्तीमा १० जना रिपब्लिकन सांसदहरुले पनि यसको पक्षमा मतदान गर्नुपर्ने हुन्छ ...
अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय
राजनीति, समाचार

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल...