सङ्क्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी
शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन् ।
“पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु”, उहाँले भन्नुभयो, “धेरै फोन होम क्यारेन्टिन र आइसोलेशनमा बसेका सङ्क्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।” उहाँलाई नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली सङ्क्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उहाँले सिकाउनुहुन्छ । बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उप...










