Saturday, November 21

Author: Galaxy Dainik

भीष्मराज फुलाराको‘म मरे भने’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

भीष्मराज फुलाराको‘म मरे भने’ सार्वजनिक(भिडियो)

साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।‘म मरे भने त यो सहरको डेरा माखै कतिन्जेल कुहिन्छु होला’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबहाकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ । https://youtu.be/EuRRAArYLJQ संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुललाई फिचर्ड गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । आफ्ना अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको फुलाराले मिलापलाई बताउनुभयो । ‘अहिलेको बिषम परिस्थिति र विश्वभरी आक्रान्...
आत्मवललाई उच्च बनाऔं
समाचार, समाज

आत्मवललाई उच्च बनाऔं

-डा.डिआर उपाध्याय, अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ । सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं । कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेलाए...
‘अंग्रेजीमा बनाना’को भिडियोमा सोनिया र सुधिर(भिडियो)
मनोरन्जन, समाचार

‘अंग्रेजीमा बनाना’को भिडियोमा सोनिया र सुधिर(भिडियो)

गायिका एलिना चौहान तथा गायक यात्री प्रेमको स्वरको यूगल गीत ‘अंग्रेजीमा बनाना‘’ म्युजिक भिडियो सार्वजनिक भएको छ । परिवर्तन इभेन्ट हाउसले तयार पारेको उक्त गीतको म्युजिक भिडियो गायिका चौहानकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक यात्री प्रेमकै शब्द तथा संगीत निर्देशन रहेको छ । टंक बुढाथोकीले यो गीतलाई संगीत संयोजन गरेका छन् भने उनैले गीतलाई मिक्सिङ तथा मास्टरिङ समेत गरेका हुन् । https://youtu.be/tI7zOJUwz9s राज बराइलीद्वारा निर्देशन गरिएको उक्त भिडियोमा मोडल सोनिया जिआर तथा मोडल सुधिर श्रेष्ठलाई फिचर गरिएको छ । भिडियोमा पिंकी तामाङ, सुप्रिमा दर्नाल, सुलभ थापा मगर, सपन्न थापा, साङ्सो राज पाण्डेले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोको कथा सोनिया जिआरले तयार पारेकी हुन् भने यसमा शिव बिकको...
निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग
अर्थ/व्यापार, समाचार

निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग

सरकारले बैशाख दोश्रोे हप्तादेखि लागु गरेको निषेधाज्ञाले पनि कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । निषेधाज्ञाले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको छ । संक्रमितको संख्यामा बृध्दि भएसंगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकट घोषणा गर्ने तयारी गरिरहेको अवस्था छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी, सानोतिनो ब्यवसाय गरेर आफ्नो परिवार चलाउनु पर्नेहरुको दिनचर्या मुश्किल बन्दै गैरहेको छ । सरकारले लगाएको निषेधाज्ञालाई अझ कडाई गरेपछि निम्नबर्गका परिवारहरुलाई थप समस्या परिरहेको छ । कोरोना महामारीको मारमा परेका पिडित परिवारलाई सरकारी वा गैरसरकारी पक्षबाट राहतको कुनै प्याकेज उपलब्ध हुन सकिरहेको छैन । यस्तैमा युवा ब्यवसायि तथा समाजसेवि नवराज श्रेष्ठले आफ्नो ब्यक्तिगत प्रयासमा पीडित परिवारलाई आवश्यक खाद्यान्न र अन्य स...
शिशिर योगीको स्वर तथा श्रीदेव अभिनित’हॉसो छैन’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिशिर योगीको स्वर तथा श्रीदेव अभिनित’हॉसो छैन’ को भिडियो सार्वजनिक(भिडियो)

नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत ‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्द रचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । https://youtu.be/W23HGZd1it8 भिडियोमा श्रीदेव भट्टराई, अर्चना रिमाल मुख्य भूमिकामा छन् भने सहायक भूमिकामा अन्य पात्रहरू एवम् विशेष उपस्थितिमा रंग पत्रकार तथा सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ । ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाजसेवाका लागि खर्च गरिने कुरा गीतकार कार्कीले बताएका छन् । सपना लम्सालको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको स...
एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

एकै दिन २१४ जनाको मृत्यु,८९६० जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।
धन हुनेको मन छैन, मन हुनेको धन छैन
समाचार, समाज

धन हुनेको मन छैन, मन हुनेको धन छैन

डा.डिआर उपाध्याय, आज देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौं जसो आईरहेका छन । अक्सिजन दिइरहेको बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन । यो भन्दा दुखद कुरा अरु के हुन सक्छ ? सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरिकक...
इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा
राजनीति, समाचार, समाज

इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा

लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन। उनले  आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा   सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको पर...
मातातिर्थ औंशीको अवसरमा गायक रामकृष्ण श्रेष्ठ अभिनित सर्ट मुभी”मेरी आमा “सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

मातातिर्थ औंशीको अवसरमा गायक रामकृष्ण श्रेष्ठ अभिनित सर्ट मुभी”मेरी आमा “सार्वजनिक(भिडियो सहित)

गायक तथा संचारकर्मी रामकृष्ण श्रेष्ठ अभिनित सर्ट मुभी ‘मेरी आमा’ युटयूबवाट मातातिर्थ औंशीको अवसरमा सार्वजनिक भएको छ । गायन संग संगै संचारक्षेत्रमा समेत सक्रिय श्रेष्ठले यस छोटो चलचित्रबाट नायक समेत बनेर बहु प्रतिभाशाली व्यक्तित्वको थप पहिचान बनाएका छन। ठूलो पर्दाका केहि चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले यस सर्ट मुभी मार्फत आफ्नो उत्कृष्ट अभिनय क्षमता समेत प्रर्दशन गरेका छन । https://www.youtube.com/watch?v=SuBvmdUI8xo विशेषत दृष्टिविहिन आमाको पीडा तथा ति आमामाथी बुहारीको चालबाज तथा लाचार छोराको यथार्थ कथामा आधारित मेरी आमाको कथाकार प्रतिष्ठित चलचित्रकर्मी राजकुमार शाह हुनभने, निर्देशन तथा छायांकन रमेश पाठकले गरेका हुन्। मेरी आमामा गायक तथा नायक समेत बनेका रामकृष्ण श्रेष्ठको साथमा मोडल नविना अधिकारी, देबकी श्रेष्ठ,राज श्रेष्ठ,जयराम बर्मा, कृष्ण श्रेष्ठ लगायतले अभिनय गरेका छन्।ललित ...
अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

अक्सिजन अभावमा ५ संक्रमितको मृत्यु

अक्सिजन अभावमा बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको अभावमा बुटवल धागो कारखानाको कोरोना विशेष अस्थाई अस्पतालमा बुधबार ५ जना संक्रमितको ज्यान गएको हो ।  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले अक्सिजनको अभावमा ५ जनाको ज्यान गएको बताए । उनले अब आवश्यक अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न सकिने अवस्था नरहेको बताए ।मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । अस्पतालका अनुसार मृत्यु हुनेमा बर्दघाटकी ४४ वर्षीय महिला, बुटवल ८ का २९ वर्षीय पुरुष , बुटवल ११ का ५२ वर्षीय पुरुष, बुटवल १२ का ५९ वर्षीय पुरुष र  १३ का ५२ वर्षीय पुरुष रहेको बताइएको छ ।प्रतिघण्टा १५ वटा सिलिन्डर र थप ५० वटा स्टक सिलिन्डरको सुनिश्चितता नभए अस्पतालमा नयाँ बिरामी भर्ना गर्ने अवस्था नरहेको डा.खनालले बताए ।...