यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?
-डा.डिआर उपाध्याय,
देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलीय तर दुख्खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछकी भन्ने आम जनतामा केही अपेक्षा थियो ।
तर जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैन । आज देशमा जुन व्यवस्था छ , यो ब्यवस्थामा जनताको भाग्य र भविश्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविश्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविश्य बन्ने देखिदैन ।
मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ । व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविश्य किन निर्माण हुन सकेन ? आज उठने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र...









