नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न
नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी, नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् ।
त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्य...









