‘मिस डिवाइन ब्युटी नेपाल’ र ‘मिसेस गोकर्णश्वर’ प्रतियोगिता हुदै
ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता आयोजाना गरेको छ । उक्त प्रतियोगिताको फाइनल यँही आउदो बैशाख ०४ गते हुदै छ ।
यो प्रतियोगितालाई काठमाडौंमा स्थित गोकर्णश्वर नगरपालिकाले सहकार्य गरेको छ । दुई विद्यागत रुपमा प्रतियोगितामा करिव १८ जना प्रतिस्पर्दीहरुले सहभागि जनाएका छन् । भने मिस डिवाइन ब्यटी नेपालमा १० जना तथा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा ८ जना प्रतिस्पर्दीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र शेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।
प्रतियोगिताको मिस डिवाइन ब्यटी नेपाल २०२१को समूहमा अविवाहित युवती रहेको छन् । जसमा प्रतियोगितामा सहभागि जनाउनको लागि एसईई भन्दा माथिको योग्यता निर्धारण गरेको थियो। भने उमेरमा १६ देखी २६ सम्मको उमेर समूहका युवतीहरु रहेको ट्रेवल फेस...








