हिजोको एमाले र आजको एमाले
डा.डिआर उपाध्याय,
कुनै बेला नेकपा (एमाले) को नेतृत्व ब्यवस्थित र चुस्तदुरुस्त थियो भन्ने मानिन्छ । मनमोहन र मदन भण्डारीको पाला एमाले मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । त्यस बेला नेता कार्यकर्ता अनुशासित थिए । देश र जनताका लागी ज्यान दिन समेत तयार हुन्थ्ये । हिजोको एमाले र आजको एमालेमा आकाश जमिनको फरक छ । अहिले हिजोको जस्तो त्यस्तो त्यागी स्थिती छैन । कार्यकर्ताले नेताको बिश्वास गर्न छाडि सके । त्यति लामो त्याग तपस्या र दुःखले हुर्काए बढाएको पाटी नेकपा एमाले अहिले विभाजन र विघटनको संघारमा उभिएको छ । नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु चिन्तित छन ।
बिगतमा नेकपा एमालेमा हजारौं जुझारु कार्यकर्ता थिए । ती कार्यकर्ताहरु अहिले छिन्न भिन्न छन । २०४७ साल कात्तिकमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । नेकपा एमालेको अध्यक्ष मनमोहन अधिकारीलाई बनाइएको...
