Friday, November 20

Author: Galaxy Dainik

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन
अर्थ/व्यापार, समाचार

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन

सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका माग, चाहाना र आकांक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्किया र सहकार्यका माध्यमबाट कार्यविधिको दोश्रो संशोधन गरिएको हो।उनका अनुसार मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ। दोस्रो संशोधनले विगतको कोषलाई परिमार्जन गरी धेरै विषय समेटिएको कोषले जनाएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको कोषले जनाएको छ। त्यसैगरी नयाँ संशोधनमा कोषले अस्...
प्रणय दिवसमा डीआरको ‘कफी लभ’
मनोरन्जन, समाचार

प्रणय दिवसमा डीआरको ‘कफी लभ’

गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे । उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे । आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो । आख्यानकार डा. उपाध्यायल...
निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र
राजनीति, समाचार

निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र

निर्वाचन आयोगले निर्वाचनको विषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बोलाएको छ। सरकारले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि पहिलो पटक बोलाएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ११ बजेका लागि दलहरुलाई आयोगमा बोलाइएको जानकारी दिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको उनले बताए। दलहरुलाई छलफलका लागि बोलाउँदा नेकपाको विषयलाई लिएर भने आयोगलाई अलमल भएको छ। नेकपा अहिले दुई समूहमा क्रियाशील भएको तर विभाजनले औपचारिकता नपाएको बेला आयोगले पुरानै नेकपालाई पत्र लेखेको छ। आयोगका प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्षलाई सम्बोधन गरी पत्र पठाइएको बताए।...
चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर
अर्थ/व्यापार, समाचार

चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर

‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्यु अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको संचालक होम बुढाथोकी जानकारी दिए । अरिकल इभेन्टको संक्षिप्त परिचय काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरिय नेपालको पहिलो पाँचतारे ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट आकर्षक पनि छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु धेरैको रोजाइमा पर्न थालेको छ । विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक म्युजिक भिडियो सुटका लागि पनि अरिकल इभेन्ट उपर्युक्त छ । लोकेसन र यसको इन्टेरियर डिजाईनले जो कोहीलाई लोभ...
यसरी विकास र समृद्धिको आधार तय गरौँ
अर्थ/व्यापार, समाचार

यसरी विकास र समृद्धिको आधार तय गरौँ

डा.डिआर उपाध्याय विकास र समृद्धि आजको आवश्यकता हो । विकास र समृद्धिको बाटोमा सबै नेपाली जनता एक ढिक्का भएर अघि बढ्नु पर्दछ । आमनागरिकले विकास र समृद्धि चाहेका छन् ।अहिले जनता दलहरु बिचको झगडा देख्दा वाक्क दिक्क छन् । यसरी विकास र समृद्धि हुँदैन । समृद्धिले भौतिक विकासका साथै आमनागरिकमा हर्षोल्लास, उमङ्ग र उत्साहको खुसी ल्याउन सक्नु पर्छ । मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकास सँगसँगै आमनागरिकको जीवनस्तर उकासिनुपर्छ यसलाई नै वास्तविक समृद्धि भनिन्छ । जबसम्म भौतिक विकासलाई अघि बढाउन सकिँदैन तबसम्म समाज तथा मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिँदैन । अब नेपाललाई अल्पविकसित तथा गरिब मुलुकको स्तरबाट माथि उकास्ने कार्यमा सरकार दृढसङ्कल्पसहित अघि बढ्नु पर्छ । अहिले देशमा तीन तहका सरकार छन् ।तिनै तहका सरकारले विकास र समृद्धिमा जोड दिनु पर्दछ । स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र समाधा...
रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन
राजनीति, समाचार

रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन

 नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो । झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही विषयमा सोधपुछ गर्नका लागि बोलाइएको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले पुष्टि गरे । झाँक्रीले गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक टिप्पणी गरेको भन्दै चर्को विरोध भएको थियो । झाँक्रीले गोरखामा भाषण गर्ने क्रममा ‘सेतो...
युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित
खेलकुद, समाचार

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

काठमाडौं, २९ माघ – युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन। राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी दिइएको छ । को हुन महर्जन ? पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न उनी राजनीतिक एवम सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् । महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन ।...
सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं
समाचार, समाज

सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं

डा.डिआर उपाध्याय देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश बिकासको हिसावमा पछाडि परेको छ । हाम्रो देश पनि बिकासको हिसावमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देश भ्रष्टाचारले आक्रान्त छ । मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सवै भन्दा बढि मात्रमा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कस्ले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिले सम्म प्राप्त गर्न सकिएको छैन । सुशासन भनेको असल शासन हो । असल शासनलाई सुशासन भनिन्छ ।...
पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।  बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।...
युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)
मनोरन्जन, समाचार

युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)

झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन । दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ । वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ । https://youtu.be/w0mGK16adD4 भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...