Friday, November 20

Author: Galaxy Dainik

सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित
अर्थ/व्यापार, समाचार

सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् । महासंघले सोमबार उनलाई सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् । यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ । महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ । महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ । सुबोध कुमार ग...
चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा
मनोरन्जन, समाचार

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले बुधबार पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । राजु गिरीको निर्देशन रहेको चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मीना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण गरेको चलचित्र हो ‘तिम्रो हुने कहिले’ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गरेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । चलचित्रमा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहको छ । काजिश श्रेष्ठ, सुनिता वस्नेतको कोरियोग्राफ, रामकृष्ण चौलागाईंको छायाँँकन, देव महर्जनको द्वन्द्व...
रन्जना कार्की लिखित साहित्यकार तथा गोबिन्द कंडेल ‘आंशु’ सम्पादित‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक
मनोरन्जन, समाचार

रन्जना कार्की लिखित साहित्यकार तथा गोबिन्द कंडेल ‘आंशु’ सम्पादित‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक

रन्जना कार्की द्वारा लिखित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक भएको छ। क्यानडामा बस्ने कार्कीले कोरोना महामारीले गर्दा आफू नेपाल आउँन नसकेकोले आफ्नै जन्मभूमिमा मातापितालाई आफ्नो प्रतिनिधित्व गराउँदै पुस्तक लोकार्पण गराएकी छन् । उक्त कार्यक्रममा कार्कीले जन्म दिनुहुने मेरा आदरणीय मातापिता र मेरो आफन्तजन साहित्य क्षेत्रका प्रखर व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा गौरवान्वित महसुस गर्दै उनले भनिन्, ‘एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवश्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ । मेरो लेखनको एक दशकपछि  यो पहिलो कृति (प्रेमको महासागर) उपन्यास मेरो पहिलो प्रयास सार्वजनिक गरेकी छु ।’ कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यकार गोबिन्द कँडेल आँसु, वरिष्ठ स...
अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता
राजनीति, समाचार

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

-डा.डिआर उपाध्याय, यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सर...
भिडको राजनीति
राजनीति, समाचार

भिडको राजनीति

• डा.डिआर उपाध्याय, नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिष्प्रधा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् । देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्ष...
साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त
अर्थ/व्यापार, समाचार

साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गरेका हुन । अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल-साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गरिन । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा चेम्बरका अध्यक्...
चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चकलेटी नायक संजित भण्डारी अभिनित तथा गायक कृष्णराज भण्डारीको स्वरमा रहेको“जुन दिन मलाई” सार्वजनिक (भिडियो)

लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । https://youtu.be/C6e2qBs744M गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीक...
संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा
राजनीति, समाचार

संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा

संवैधानिक आयोगहरुमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। सभामुख सापकोटा संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ  !
अर्थ/व्यापार, समाचार

कर तिर्नु भएको छैन भने यो मौका फेरी न आउन सक्छ !

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ ले प्रदान गरेका छुट तथा सहुलियत प्रदान गर्ने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै छुट तथा सहुलियत प्रदान गर्ने जनाएको हो । विभागले निकालेको सूचनामा भनिएको छ, ‘आर्थिक ऐन २०७७ ले देहाय बमोजिमका छुट तथा सहुलियत प्रदान गरको हुँदा सम्बन्धित सबैलाई तोकिएको समयाभित्र दिएका छुट तथा सुविधाहरुको उपयोग गरि लाभान्वित हुन सबै करदाताहरुमा हार्दिक अनुरोध छ ।’ करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाह हुनेकुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यत्तिले स्थायी लेखा नम्बर लिए आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को कर बुझाउनु पर्ने आय विवरण र सो मा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो बापत लागने शुल्क तथा व्याज मिनाह हुने साथै सो भन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने...
बन्द हड्तालको प्रभाव
राजनीति, समाचार

बन्द हड्तालको प्रभाव

डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई सम...