Saturday, November 21

Author: Galaxy Dainik

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविलाई
अर्थ/व्यापार, समाचार

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविलाई

विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ । भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध कलेका क...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा
समाचार, स्वास्थ्य

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो । काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिका, ...
बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)

काठमाडौं : मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतिको गीत’ । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् । उनले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गरेकी छिन् । गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र संगीत बबिनाले भरेकी हुन् । बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।...
केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने
शिक्षा, समाचार

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो। मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए। केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकारी...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने
शिक्षा, समाचार

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने

शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्न...
रमा थापाको’लेट्स डान्स’ (भिडियो)
मनोरन्जन, समाचार

रमा थापाको’लेट्स डान्स’ (भिडियो)

काठमाडौं । गीतकार,संगीतकार तथा गायिका रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै युट्यब च्यानल ‘रमा थापा आर जे फिल्मस्’बाट सार्वजनिक भिडियोमा स्वयं थापा फिचर्ड छिन भने उनलाई मोडल दिक्षा जिसी र अन्य मोडल अरु ईभा श्रेष्ठ,ओजिना मगर,आध्याश्री पौडेल,अर्चना पाण्डे,पवन चौधरी र दिपेन्द्र रावतले साथ दिएका छन । डान्सिङ बिटमा रहेको गीतको एरेन्जर विशाल निरौला हुन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन एवं कलर ,आशिष रुम्बाले कोरियोग्राफी र शोभा जिसीले निर्देशन गरेकी हुन । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रमा थापाका केहि गीतहरु लोकप्रिय छन । भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा छन ।...
मदनकृष्णले श्रीमतीको सम्झनामा लेखेका गीतमा छोरी सरानाको स्वर (भिडियो)
मनोरन्जन, समाचार

मदनकृष्णले श्रीमतीको सम्झनामा लेखेका गीतमा छोरी सरानाको स्वर (भिडियो)

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नो श्रीमती प्रति समर्पित उक्त गीतलाई मदनकृष्णका सुपुत्र तथा गायक यमन श्रेष्ठले संगीत भरेका छन्। उनका सुपुत्री तथा गायिका सराना श्रेष्ठले गीतमा स्वर दिएकी छिन भने गीतको भिडियो समेत उनले नै निर्देशन गरेकी हुन । सराना भिडियो निर्देशनका साथै जनचेतनामुलक भिडियो समेत निर्माण निर्देशन गर्दै आईरहेकी छिन । सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्। गीतको भिडियो सरानाको आफ्नै युटयुब च्यानल SARANA SHRESTHA बाट सार्वजनिक भएको छ ।...
‘ए गौरी’ को भिडियोमा अञ्जली र बिमल अधिकारीको दमदार अभिनय(भिडियो)
मनोरन्जन, समाचार

‘ए गौरी’ को भिडियोमा अञ्जली र बिमल अधिकारीको दमदार अभिनय(भिडियो)

काठमाडौंँ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्...
संजित भण्डारी र मेघ सुवेदीको ‘साथी’ (भिडियो)
मनोरन्जन, समाचार

संजित भण्डारी र मेघ सुवेदीको ‘साथी’ (भिडियो)

काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक यम बरालले  गीतको शब्दले आफूल...
विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा
समाचार, समाज

विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा

भारत- सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको स्थापना र मानवअधिकारकाे प्रत्याभूतिदिन भगवान गाैतम बुद्ध र गुरु महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताएका छन्। भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वाेल्दै अध्यक्ष लामाले सार्क पत्रकार मञ्चले विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका खेल्ने बताए। उनले भने,’ भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता हाे।’ कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन्। मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विचा...