Saturday, November 21

Author: Galaxy Dainik

बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’ (भिडियो)
मनोरन्जन, समाचार

बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’ (भिडियो)

बबिना भटराईको स्वर र संगीतमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक काठमाडौँ : बबिना भटराईको स्वर र संगीत रहेको स्टुडियो भर्सनको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् । नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
अष्ट्रेलियामा टोपी दिवस र अँग्रेजी नयाँबर्ष
अर्थ/व्यापार, समाचार

अष्ट्रेलियामा टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो। उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन ...
प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)

नयाँ म्युजीक भिडियो ‘तिम्रो जय होस्’ चर्चित गायक प्रमोद खरेल को स्वर,सहि कुमार तामांग को सब्द,टिका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीतको म्युजीक भिडियो ‘तिम्रो जय होस्’ बजारमा आएको छ। प्रभात पल ठकुरी, त्रिशना छेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’ मा नरेन्द्र कुमार सिंह को छायांकन,टेकेन्द्र शाह को सम्पादन र रंग संयोजन,जीवन शाही को कथा निर्देशन र प्रविन आचार्य को निर्माण रहेको । भिडियो कथामा प्रेम,मिलन,बिछोड को कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानल बाट सार्बजनिक गरिएको हो।...
विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो । गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् । यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’
समाचार, स्वास्थ्य

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यले १५औँ ‘पथ्य आहार कार्यक्रम गरेको हो । यो कार्यक्रम गत भदौं सुरु गरिएको हो । ‘पथ्य आहार कार्यक्रम’ ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन कार्यालय परिसरमा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आयुर्वेदमा वर्णित ऋतु अनुसार पथ्याहारको जानकारी दिने तथा खुवाउने समेत गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाअनुसार वर्षमा ६ वटा ऋतुहरु हुन्छन् र प्रत्येक ऋतु अनुसार हाम्रो शारिरिक बल तथा पाचन क्षमता अलग हुन्छन् । तसर्थ आफ्नो शरीरको बल तथा खाना पचाउने क्षमता बुझेर मात्र खाने जनचेत...
फेसियल हाउसको १६औँ वर्षमा प्रवेशको अवसरमा भव्य समारोहका वीच कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

फेसियल हाउसको १६औँ वर्षमा प्रवेशको अवसरमा भव्य समारोहका वीच कार्यक्रम सम्पन्न

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो । यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासच...
पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा, समाचार

पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालय शिक्षा दक्षजनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। काठमाडौँको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औँ वार्षिकोत्सव समाराेहमा बाेल्दै उपकुलपति थापाले नेपालकाे विश्वविद्यालय शिक्षालाई समयानुकुल परिमार्जन गर्दै राेजगारमुखी बनाउनुपर्ने बताए। वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाएपनि स्थिति साह्रै निराशाजनकन भएको बताए। ‘नेपालमा साक्षरताको दरको तुलनागर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,’ डा. थापाले भने, ‘राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो।’ अहिले काठमाडौँ विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जनाउँदै डा. थापाले अबक...
‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै
मनोरन्जन, समाचार

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै

काठमाडौं। लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै नि...
विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक
खेलकुद, समाचार

विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक

भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण,१४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । सहभागी खेलाडीहरु स्वदेश फर्किसकेका छन् । लालबहादुर शास्त्री स्टेडीयममा संचालित खेलमा युरोप,अमेरिका र एशियाका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो । १६ मुलुक मध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको जानकारी यस खेलमा रजत पदक विजेता अफिसियल तथा खेलाडी राजेश सुवालले जानकारी दिएका छन् । यस प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने देश भारत हुन सफल भएको थियो । यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागीता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको कुरा नेपाल स्ट्र...
प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग
मनोरन्जन, समाचार

प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग

काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्। उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि यस...