अभिशेक कृष्ण कर्माचार्य भए लिटिल मास्टर नेपालको बिजेता
लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेका छन् । उनले उपाधिसँगै १० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे । सोही प्रतियोगितामा रेलाईन्स रेसेदेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए ।
कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५ जना प्रतियोगीहरु थिए । आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएकापोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
समजसेवी तथा पुस्तकालए विशेषज्ञ इन्दिरा दलीको प्रमुखआतिथ्यमा सम्पन्न सो प्रतियोगि...










