Friday, November 20

Author: Galaxy Dainik

‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, विभिन्न विधाका स्रष्टा सम्मानित
मनोरन्जन, समाचार

‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, विभिन्न विधाका स्रष्टा सम्मानित

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटल मक्र्युरमा  भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई समारोहमा विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो । त्यसैगरी चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो । लोकसंगीत, सञ्चार तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान ...
‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाज

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङ/मास्टरिङः बिमल चिनाल, सम्पादन/रङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको भिडियोमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री,इन्द्रप्रसाद ढकाल, द्रोण अधिकारीको जिवन्त अभिनय रहेको छ । निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी, भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ का निर्देशक क्रान्ति केसी हुन् ।...
२५ लाख पुरस्कार राशि रहेको  गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै
मनोरन्जन, समाचार

२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै

काठमाडौ । २५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’को पहिलो सिजन जेठबाट प्रसारणमा आउने भएको छ । प्रतिभाको खोजी, मौलिकताको सम्मानस् गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित आयोजना गरिएको प्रतियोगिता अहिले डिजिटल अडिसन बाट फिजिकल राउण्डमा प्रवेश गरेको छ । जसमा डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूले फिजिकल राउण्डमा आफ्नो प्रस्तुति निर्णायक सामु राखी रहेका छन् । पेप्सीकोलामा रहेको गाउँछ गीतको छायाङ्कन स्टुडियोमा शनिवार र आइतबार गरी डिजिटल अडिसनमा देशै भरबाट छानिएका प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति राखेका हुन् । यो चरण पार गर्न सकेका करिब ५० प्रतियोगीले मेघा राउण्डमा प्रवेश पाउने छन् । प्राइम टेलिभिजनबाट शनिवार र आइतबार राती ९ बजे प्रसारण हुने यो प्रतियोगिता नेपाली सङ्गीत क्षेत्रमा एक कोशे ढुङ्गा साबित हुने विश्वास लिएको शोका निर्देशक हरि शर्माले बताएका छन् । प्रतियोगिताको...
शान्तिको मार्गमा १३,४३० पाइला: धनगढीमा बुद्ध जयन्ती उल्लासपूर्ण रूपमा सम्पन्न
समाचार, समाज

शान्तिको मार्गमा १३,४३० पाइला: धनगढीमा बुद्ध जयन्ती उल्लासपूर्ण रूपमा सम्पन्न

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँको प्रमुख आतिथ्यतामा २५७० औँ बुद्ध जयन्ती धनगढीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्ध विहार, धनगढी–१ को आयोजनामा सम्पन्न कार्यक्रममा शान्ति पदयात्रा, धार्मिक तथा सांस्कृतिक गतिविधि, ध्यान शिविरलगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो। शान्ति पदयात्रा संयोजक जितु तुलाधरको नेतृत्वमा सञ्चालन गरिएको पदयात्रा १३,४३० पाइला तय गर्दै सम्पन्न भएको हो। उक्त पदयात्रा बुद्ध मन्दिरबाट सुरु भई धनगढी चौराहा पुगेर पुनः बुद्ध विहारमा समापन गरिएको थियो। पदयात्रामा सहभागीहरूले बुद्धका शान्ति सन्देश बोकेका प्लेकार्डसहित विभिन्न नाराहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा धम्मरत्न भन्ते, विभिन्न लामा गुरुहरू, बुद्ध मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, आजीवन सदस्य, सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य, विद्यालयका सं...
समावेशी समाज निर्माणका लागि गण्डकीमा साझा पहल सुरु
समाचार, समाज

समावेशी समाज निर्माणका लागि गण्डकीमा साझा पहल सुरु

पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर गण्डकी प्रदेशमा “समतामूलक समाज निर्माणतर्फ साझा पहल” भन्ने नारासहित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महेश गोदारको अवधारणा तथा संयोजकत्वमा आयोजित उक्त कार्यक्रममार्फत समतामूलक समाज निर्माणका लागि “महाअभियान” को औपचारिक सुरुवात गरिएको हो। कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। रूपा गाउँपालिका उपाध्यक्ष लालशुभा गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो भने वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा १० वटा विभिन्न संघ–संस्थाहरूको संयुक्त सहभागिता रहेको थियो। मानव अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा जनजाति समुदायसँग सम्बन्धित संस्थाहरूले सहकार्य गर्दै कार्यक्रम आयोजना गरेका थिए। मानव अधिकारकर्मी, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय समू...
समावेशी शिक्षामा नयाँ क्रान्ति: बुढानिलकण्ठमा सुरैया सहयात्री विद्यालयको सुरुवात
शिक्षा, समाचार

समावेशी शिक्षामा नयाँ क्रान्ति: बुढानिलकण्ठमा सुरैया सहयात्री विद्यालयको सुरुवात

काठमाडौंको बुढानिलकण्ठस्थित सिम्लेगाउँमा स्थापना हुन लागेको सुरैया सहयात्री विद्यालयको प्रि–ओपनिङ कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। विविध सांस्कृतिक प्रस्तुति, भावनात्मक अभिव्यक्ति र सामाजिक सन्देशले भरिएको कार्यक्रममा उपस्थित सबै अतिथिहरूले विद्यालयको उद्देश्य र भविष्यप्रति आशा व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले अटिजम भएका बालबालिकाका लागि यस्तो विद्यालय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यसअघि पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “स्थानीय सरकारको दायित्व केवल पूर्वाधार विकास मात्र होइन, यस्ता विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा र समावेशी विकासमा समेत हो। नगरपालिकाले यस किसिमका पहलहरूलाई सधैं साथ दिनेछ।” विद्यालयकी संस्थ...
बालप्रतिभाको चमक: नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२ सम्पन्न
मनोरन्जन, समाचार

बालप्रतिभाको चमक: नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२ सम्पन्न

ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए। गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए। गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका ...
नवीन सन्देश मासिकको १९ वर्षे सफल ,अब २०औँ वर्ष
समाचार, समाज

नवीन सन्देश मासिकको १९ वर्षे सफल ,अब २०औँ वर्ष

काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्। त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई कम...
कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए । ‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने । अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग...
स्रष्टा जीवन शर्मालाई सम्मानसहित नयाँ गीत विमोचन
मनोरन्जन, समाचार

स्रष्टा जीवन शर्मालाई सम्मानसहित नयाँ गीत विमोचन

सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् । मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो । ...