Friday, November 20

Author: Galaxy Dainik

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने
मनोरन्जन, समाचार

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ । गाउँ–गाउँमा सिनेमा पुर्...
महिला चेम्बरद्वारा इतिहास रच्ने महिलाहरूलाई विशेष कदर सहित सम्मान
अर्थ/व्यापार, समाचार

महिला चेम्बरद्वारा इतिहास रच्ने महिलाहरूलाई विशेष कदर सहित सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ। ‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् ...
ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा
मनोरन्जन, समाचार, समाज

ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

काठमाडौं — आगामी बैशाख ३१ गते ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सुकेधारास्थित होटल मरक्युरमा सम्पन्न हुनेछ, जसका लागि तयारी तीव्र पारिएको छ। अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। यसपटक पनि अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहनेछ। मुख्य आकर्षण: यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको...
बालशिक्षामा उत्कृष्टता झल्काउँदै आएको बाटिका मन्टेश्वरीको ग्रेजुएसन समारोह
शिक्षा, समाचार

बालशिक्षामा उत्कृष्टता झल्काउँदै आएको बाटिका मन्टेश्वरीको ग्रेजुएसन समारोह

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनस्थित बाटिका मन्टेश्वरी स्कुलले अभिभावक दिवससहित ग्रेजुएसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। एक दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको उक्त विद्यालयको कार्यक्रम बौद्धस्थित नेपाल साहित्य सदनमा आयोजना गरिएको थियो।                                                                             समारोहका तस्विर कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति दिँदै उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। समारोह समाजसेवी रवि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय जलवायु विज्ञान विभागका उपप्राध्यापक कुमार अर्याल, बुढानीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष शम्भु भट्टराई, त्रिज्योति स्कुलका प्रिन्सिपल गणेश मिश्र तथा सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडा ल...
“म निर्दोष छु” -कार्की आयोगको प्रतिवेदनविरुद्ध गायक शिव परियारको सार्वजनिक आवाज, सरकारसँग पुनर्मूल्याङ्कनको माग
मनोरन्जन, समाचार

“म निर्दोष छु” -कार्की आयोगको प्रतिवेदनविरुद्ध गायक शिव परियारको सार्वजनिक आवाज, सरकारसँग पुनर्मूल्याङ्कनको माग

काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम "सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति"को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्। परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्। वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो। विवादास्पद पोस्टको वास्तविकता गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा "बेपत्ता पारिएका ३२ ज...
रंगमञ्चदेखि नेतृत्वसम्म: उत्तम केसीको अध्यक्ष दौड सुरु
मनोरन्जन, समाचार

रंगमञ्चदेखि नेतृत्वसम्म: उत्तम केसीको अध्यक्ष दौड सुरु

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ । संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ । रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका के...
पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)
मनोरन्जन, समाचार

पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)

काठमाडौ  । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् । ht...
‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान
समाचार, समाज

‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो। पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए। संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्त...
मनिषा जिसी ‘सौन्दर्य उद्यमी संघ नेपाल’को उपाध्यक्षमा निर्विरोध निर्वाचित
अर्थ/व्यापार, समाचार

मनिषा जिसी ‘सौन्दर्य उद्यमी संघ नेपाल’को उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी ब्युटि पार्लरकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद मनिषा जिसी हालै गठन भएको सौन्दर्य उद्यमी संघ नेपालको निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनलाई सौन्दर्य क्षेत्रले व्यावसायिकता, अनुभव र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ। मनिषा जिसीले विगत लामो समयदेखि सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले नेपाल मात्र नभई दुबई, मलेसिया, अजरबैजान र इजिप्ट लगायत विभिन्न देशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाई थुप्रै अवार्डहरू जित्न सफल हुनुभएको छ। ती उपलब्धिहरूले नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँ केवल सफल व्यवसायी मात्र नभई दक्ष प...
पिक प्वाइन्ट एजुकेशन नेटवर्कमा मेगा इभेन्ट्स ‘शिक्षासँगै सिर्जनशीलता’
शिक्षा, समाचार

पिक प्वाइन्ट एजुकेशन नेटवर्कमा मेगा इभेन्ट्स ‘शिक्षासँगै सिर्जनशीलता’

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा इभेन्ट्स’ अन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरूको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत ‘पिक प्वाइन्ट लिटिल आइकन’ को चौधौं संस्करण सम्पन्न भएको छ। ‘मास्टर किड २०८२’ को उपाधि सफल श्रेष्ठले जितेका छन् भने सलोन श्रेष्ठ प्रथम उपविजेता र इस्पन्दन तामाङ द्वितीय उपविजेता घोषित भएका छन्। त्यस्तै ‘मिस किड २०८२’ तर्फ खुसी श्रेष्ठ विजेता घोषित भइन्। सौम्या राई प्रथम उपविजेता तथा आर्या थापा द्वितीय उपविजेता बनेका छन्। यसैगरी ‘पिक प्वाइन्ट डान्सिङ स्टार’ को १३औँ श्रृंखला सम्पन्न भएको छ। अञ्जिला श्रेष्ठले यस वर्षको ‘डान्सिङ स्टार’ उपाधि जितिन् भने सोनाक्षी राई प्रथम उपविजेता र सिम्रिका गुरुङ्ग द्वितीय उपविजेता बने। त्यसैगरी ‘पिक प्वाइन्ट सिंगिङ स्टार’ को १२औँ श्रृंखला सम्पन्न भएको छ। प्रतियोगितामा प्रवेश श्रेष्ठ...