Friday, November 20

Author: Galaxy Dainik

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण
मनोरन्जन, समाचार

केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण

बेलायतमा बसोबास गर्दै युद्ध साहित्यमार्फत आफ्नो पहिचान बनाउनुभएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनको आयोजनामा तथा अनेसास दर्पणको संयोजनमा आइतबार ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आयोजित विशेष कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त कृतिको लोकार्पण गरिएको थियो। कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मिलाप मासिक कार्यकारी सम्पादक गीता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्लाखल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरूको अस्तित्व दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा निरन्तर लागिरहने स्रष्टाहरूको सुदूर गन्तव्य सुनिश्चित ह...
कला, संस्कृति र सनातन मूल्यको प्रवर्द्धनका लागि विश्व हिन्दु युवा कलाकार संघ सक्रिय
समाचार, समाज

कला, संस्कृति र सनातन मूल्यको प्रवर्द्धनका लागि विश्व हिन्दु युवा कलाकार संघ सक्रिय

विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो । उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हुन...
पर्सा–२ मा कांग्रेसको उम्मेदवारी सिफारिसमा नयाँ मोड:युवा नेता यादवको नाम प्रदेशबाट केन्द्रसम्म
राजनीति, समाचार

पर्सा–२ मा कांग्रेसको उम्मेदवारी सिफारिसमा नयाँ मोड:युवा नेता यादवको नाम प्रदेशबाट केन्द्रसम्म

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहबाट नाम हटाइएपछि प्रदेश समितिमार्फत केन्द्रसम्म पुगेको यादवको उम्मेदवारीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ। यसअघि क्षेत्रीय र जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेका थिए। यस निर्णयलाई आफूविरुद्धको अन्याय ठहर गर्दै यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी पार्टी विधानअनुसार उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए। यादवको निवेदनपछि प्रदेश सभापति कृष्ण यादव...
आयोडिनयुक्त नुनको पहुँचले गलगाँड शून्यमा,साल्ट ट्रेडिङ्गको योगदान अतुलनीय
अर्थ/व्यापार

आयोडिनयुक्त नुनको पहुँचले गलगाँड शून्यमा,साल्ट ट्रेडिङ्गको योगदान अतुलनीय

काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए। घाँटीमा गलगाँड हुनु सामान्य ठानिन्थ्यो । तर सरकारको दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनले यो अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ। सरकारले कण्ठरोग निवारण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण अभियान सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या लगभग शून्यमा झरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शत प्रतिशत पुगेपछि आयोडिनको कमीबाट हुने गलगाँड नियन्त्रणमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको यस कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशनले प्रभावकारी रूपमा कार्यान्वयन गर...
‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा

काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन कार्यक्रम गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यता र एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट, सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बुद्ध लामा, सन्देश लामा, अभि लामालगायतको सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ।...
गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित
मनोरन्जन, समाचार

गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२” बाट सम्मानित

दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन्। कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो। करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सचिव हुन भने हाल उनि संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन्। पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण प्रेरणाका रूपमा लिँदै, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्। उक्त पुरस्कार उनलाई यही मंसिर २० गते एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।...
लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न

बडा दशैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा अनलाइन मार्फत अधिराज्य भरिका ४०० भन्दा बढीले सहभागिता जनाएका थिए। जसमा १०० जना छनोट भएका थिए । सोही छनौट जुरी पुनम कपाली, मणि के राई, सुष्मा सिंह र सुशीला श्रेष्ठले गरेका हुन् । जसमा ५३ जना प्रतियोगीहरूमा प्रतिस्पर्धा भएको थियो । प्रमुख अतिथिमा किरण केसी (राता मकै) थिए भने जजेजमा सन्दीप भुजेल , पुनम कपाली, नायिका आरती आचार्य र सुशीला श्रेष्ठ थिए । सम्पूर्ण सहभागीलाई सर्टिफिकेट प्रदान गरिएको थियो भने उत्कृष्ट दशलाई उपहार प्रदान गरिएको थियो। यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले सहभागिता जनाएका थिए । पहिलो स्थान सलिन मगर, दोस्रो स्थान सम्मानिका बस्नेत र तेस्रो स्थान निपूर्णा कपालीले हासिल गरेका थिए l यस संस्थाकी अध्यक्ष पूजा ...
इभेन्ट उद्योगलाई दिगो बनाउन कार्यक्रम व्यवस्थापन संघ सहित सरोकारवालाहरुको साझा प्रतिबद्धता
अर्थ/व्यापार, समाचार

इभेन्ट उद्योगलाई दिगो बनाउन कार्यक्रम व्यवस्थापन संघ सहित सरोकारवालाहरुको साझा प्रतिबद्धता

काठमाडौ । कार्यक्रम व्यवस्थापन संघ, नेपालले पहिलोपटक राजधानीमा एक भव्य भेला तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सलम्बुटारमा आयोजित उक्त कार्यक्रममा देशभरबाट करिब १३‍० भन्दा बढी कार्यक्रम आयोजक, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थित रहेको संघले जनाएको छ। सो भेलामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो, जसमा वर्तमान अवस्थामा इभेन्ट, संगीत तथा मनोरञ्जन क्षेत्रका चुनौती, सम्भावना र आवश्यक सुधारबारे विस्तृत बहस भएको थियो। संघका कोषाध्यक्ष मनोज थापाले सहजीकरण गरेको उक्त बहसमा वरिष्ठ गायक तथा संघका सल्लाहकार सीताराम पोखरेल, वरिष्ठ हास्यकलाकार सिपी पुडासैनी ‘धतुरे’, चलचित्र कलाकार संघका कार्यसमिति सदस्य तथा अभिनेता श्रीदेव भट्टराई, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा गायक नारायण थापा,...
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)
मनोरन्जन, समाचार

‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो। लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो। गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ। भिडियोको पोस्टर सन्तोष डिजाइनले तयार पारेका हुन् ...
फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया
मनोरन्जन, समाचार

फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, पछिल्लो पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको ट्रेन्डिग गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘सञ्जु’, ‘रहिस’ “जबतक है जान”, चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ र ‘ किस किसको प्यार करे-२” जस्ता थुप्रै भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा माष्टरिङ रहेको पुतली गीतले छोटो समयमा ३० मिलियन (३ करोड) भन्दा बढी दर्शकको माया पाउन सफल भएको छ । सो अवसरमा ‘पुतली’ म्यूजिक टिमले काठमाडौं, अनामनगरमा अवस्थित संगीतकार बजगाईंकै ‘म्यूजिक किचेन’ स्टुडियोमा केक काटि बधाई तथा सफलताको सेलिब्रेशन गरेका थिए । सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास मुख्य भूमिका रहेको म्युजिक भिडियोमा, अनिशा क्षेत्री, लाक्पा ला...