Saturday, November 21

Author: Galaxy Dainik

समाचार, समाज

एनसीसी अल्मुनाई नेपाल : सीप विकास र सामाजिक सेवा दुबैमा सफल कदम

काठमाडौं । एनसिसि अल्मुनाई एशोसिएसन नेपालद्वारा आयोजित दुईदिने विशेष कार्यक्रम—जोखिम न्यूनीकरण तथा सुरक्षा तालिम तथा रक्तदान कार्यक्रम—उत्कृष्ट सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका सदस्यदेखि नेपाली सेनाका प्रतिनिधिसम्म सक्रिय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। मंसिर १३ गते आयोजित जोखिम न्यूनीकरण तथा सुरक्षा तालिममा करिब ६० जना अल्मुनाई सदस्य तथा ३२ जना नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए। तालिममा जोखिम व्यवस्थापनका आधारभूत सिद्धान्त, प्राथमिक उपचारका सीप, आगजनी नियन्त्रणका उपाय तथा व्यावहारिक अभ्यासमार्फत सहायक कौशल विकासमा विशेष ध्यान दिइएको थियो। सहभागीहरूले देखाएको उत्साह, अनुशासन र विषयप्रतिको सक्रियता तालिमको मुख्य उपलब्धि रहेको आयोजकले बताएको छ। तालिम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रिय सेवा दल परिवारप्रति आयोजक समितिले विश...
लिटल च्याम्पियन्स नेपालको लागि अडिसन शुरु,विजेताले पाउनेछन थाइल्यान्डसम्मको अन्तर्राष्ट्रिय अवसर
मनोरन्जन, समाचार

लिटल च्याम्पियन्स नेपालको लागि अडिसन शुरु,विजेताले पाउनेछन थाइल्यान्डसम्मको अन्तर्राष्ट्रिय अवसर

काठमाडौ । व्ल्याक वर्ड ईन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने बाल प्रतिभा खोज कार्यक्रम लिटिल च्याम्पियन्स नेपालले पहिलो सिजनको  सफलतापछि दोस्रो सिजन  सुरु गरेको छ। पहिलो सिजनले सहभागिता, व्यवस्थापन र प्रतिफलका दृष्टिले उत्कृष्ट सफलता प्राप्त गरेपछि अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको व्यापक मागका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइएको आयोजकले जनाएको छ। यस अन्तर्गत लिटल च्याम्पियन्स नेपाल दोस्रो सिजनको अडिसन मंसिर ६ गते सम्पन्न भएको थियो। अडिसनमा काठमाडौं तथा आसपासका ४० वटा विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो लुकेका प्रतिभा प्रस्तुत गरेका थिए। निष्पक्ष र कडा मूल्याङ्कनपछि तीमध्येबाट १०० जना उत्कृष्ट प्रतियोगीहरू आगामी चरणका लागि छनोट गरिएका छन्। छनोट भएका प्रतियोगीहरूका लागि मंसिर १३ गतेदेखि प्रत्येक शनिबार गरी लगातार ७ सातासम्म नियम...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तिन स्रष्टालाई विशिष्ट साधक सम्मान प्रदान
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तिन स्रष्टालाई विशिष्ट साधक सम्मान प्रदान

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा “विशिष्ट साधक सम्मान २०८२” सम्पन्न राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई “विशिष्ट साधक सम्मान २०८२” ले सम्मान गरेको छ । ललितकलाका विवध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रशिद्ध कलाकार भैरब बहादुर थापा, बरिष्ट गायिका एवम् साहित्यकार चन्द्रकला शाह र बरिष्ट लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ नगद, दोसल्ला र प्रसंसा-पत्र सहित सम्मान गरिएको थियो । यहि मङ्सिर ६ गते सँस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा छुट्टाछुट्टै पुगी परिवारका सदस्य सहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफूलाई आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान ...
लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई
मनोरन्जन, समाचार

लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

बालबालिकाहरुको  क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजित लिटिल आइडल नेपाल २०२५ को उपाधि बालिका तर्फ रेबिका शर्मा र बालक तर्फ निर्भाण श्रेष्ठले प्राप्त गरेका छन् । रेविकाले वेष्ट ट्यालेन्टको उपाधि पनि प्राप्त गरेकी छन् । बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उद्देश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले आयोजना गरेको यो कार्यक्रममा फस्ट रनरअपको उपाधि ओजस्भी गुरुङ र सेकेण्ड रनरअपको उपाधि सम्भवी विष्टले प्राप्त गरेकी छन् । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख सम्पन्न सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।...
नायक अम्बिका प्रसाद आचार्यको नयाँ यात्रा  : धनगढीमा ‘ए. एस. उडान फिल्म प्रोडक्सन’ उद्घाटन
मनोरन्जन, समाचार

नायक अम्बिका प्रसाद आचार्यको नयाँ यात्रा : धनगढीमा ‘ए. एस. उडान फिल्म प्रोडक्सन’ उद्घाटन

धनगढी । सुदुरपश्चिम प्रदेशका पहिलो नायक एवं वरिष्ठ कलाकार अम्बिका प्रसाद आचार्यले धनगढीमा ए. एस. उडान फिल्म प्रोडक्सन संचालनमा ल्याएका छन । प्रतिनिधि सभाका सदस्य डिल्लीराज पन्त र सुदूरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठक, नायक श्रीदेब भट्टराई, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुईटेलले सो कार्यालयको औपचारिक शुभारम्भ गरेका थिए । सोही अवसरमा ए. एस. उडान फिल्म प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु राष्ट्रिय चलचित्रका कलाकारहरुलाई सम्मानित गरिएको थियो । प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य पन्त र सुदुरपश्चिम प्रदेश सभाका सदस्य पाठक, नायक भट्टराई , कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लुईटेलले कलाकारहरुलाई प्रशंसापत्र एवं सम्मान प्रदान गरेका हुन् । राष्ट्रिय चलचित्र बिकास बोर्डबाट इजाजत लिएर प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु चलचित्रको निर्देशन र कथा लेखन अम्बिका प्रसाद आचार्य...
बाल कलाको संवर्द्धनतर्फ ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको पहल : ‘फेस अफ जुनियर मोडल सिजन १’ सम्पन्न
मनोरन्जन, समाचार

बाल कलाको संवर्द्धनतर्फ ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको पहल : ‘फेस अफ जुनियर मोडल सिजन १’ सम्पन्न

ललितपुर- बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ जना प्रतिभाशाली बालबालिकाहरूले सहभागिता जनाएका उक्त प्रतियोगितामा सहभागीहरूले विविध विधामा आफ्नो कौशल, प्रस्तुति र आत्मविश्वास देखाएका थिए। आकर्षक कोरियोग्राफी, सुव्यवस्थित व्यवस्थापन र मनमोहक प्रस्तुतिले कार्यक्रमको स्तर उच्च बनाएको थियो। कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्याल रहनुहुन्थ्यो। उहाँले ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले बालप्रतिभा अभिवृद्धि, आत्मविश्वास विकास र व्यावहारिक सीपको क्षेत्रमा पुर्‍याएको यो...
उद्यमी मिनु शर्मा ‘सपना’को पहिलो फिल्म ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि आउँदै
मनोरन्जन, समाचार

उद्यमी मिनु शर्मा ‘सपना’को पहिलो फिल्म ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि आउँदै

काठमाडौं — बालगायक अशोक दर्जी अभिनीत चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। निर्देशक तथा संगीतकार टंक बुढाथोकीको कथा, संगीत र निर्देशनमा बनेको यो चलचित्रले मन र धनबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ। सार्वजनिक गरिएको ट्रेलरमा समाजमा पैसाको प्रभाव, मानवीय संवेदना र पारिवारिक सम्बन्धका विविध आयाम चित्रण गरिएको देखिन्छ। फिल्मले ‘धनभन्दा मन ठूलो हो’ भन्ने सन्देश दिन खोजेको निर्देशक बुढाथोकीले बताएका छन्। चलचित्रमा अशोक दर्जी, आर बुढाथोकी, नीता ढुंगाना, रमेश विश्वकर्मा, सरोज खनाल, भोलाराज सापकोटा, सन्तोष पन्त, रबिन्द्र झा, बुद्धि तामाङ, बिनु राउत, रमेश बुढाथोकी, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा सम्रागी थापा, बाबु पराजुली, दीपजल बस्नेत, आरिका झा, अभिषेक थापा लगायत देखिएका छन्। फिल्मका स...
‘अब गाउँछ अमेरिका’ विवादप्रति कार्यक्रम व्यवस्थापन संघ, नेपालको गम्भीर ध्यानाकर्षण
मनोरन्जन, समाचार

‘अब गाउँछ अमेरिका’ विवादप्रति कार्यक्रम व्यवस्थापन संघ, नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । कार्यक्रम आयोजक तथा इभेन्ट व्यवस्थापकहरूको हक, अधिकार र हित संरक्षणका उद्देश्यले स्थापना भएको राष्ट्रिय संस्था कार्यक्रम व्यवस्थापन संघ, नेपालले हालै अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संघका अध्यक्ष राजेन्द्र लुईटेलले जारी गरेको विज्ञप्तिमा गायिका एलिना चौहान र सो कार्यक्रमका आयोजक संस्था नेपफ्लाईका सञ्चालक विनोद अधिकारीबीच उत्पन्न विवादका समाचार र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूले मनोरञ्जन क्षेत्रमा नकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरिएको छ। संघका अनुसार कलाकार र कार्यक्रम आयोजकबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र सहयोगमूलक हुन्छ, जसलाई “नङ र मासु” जस्तै अविभाज्य सम्बन्धको रूपमा लिन सकिन्छ। संघले कार्यक्रम सञ्चालनका क्रममा कहिलेकाहीँ समस्या वा असमझदारी आउनु स्वाभाविक भए पनि त्यस्ता विषयहरूलाई संवाद, सहमति र...
छठ पर्वको अवसरमा राज मेकअप स्टुडियोबाट विशेष छुट
अर्थ/व्यापार, समाचार

छठ पर्वको अवसरमा राज मेकअप स्टुडियोबाट विशेष छुट

छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ। सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ। मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य निर्मा...
कलाक्षेत्रका बहुमुखी प्रतिभा श्रीदेव भट्टराई सम्पर्कविहिन, मित्रहरू चिन्तित
मनोरन्जन, समाचार

कलाक्षेत्रका बहुमुखी प्रतिभा श्रीदेव भट्टराई सम्पर्कविहिन, मित्रहरू चिन्तित

नेपालका चर्चित अभिनेता तथा मोडल श्रीदेव भट्टराई २४ घण्टादेखि सम्पर्कविहिन भएको समाचार प्राप्त भएको छ। लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका अभिनेता भट्टराईको मोबाइल फोन पनि अहिलेसम्म अफ रहेको पुष्टि भएको छ। दशैँको अवसरमा आफ्नै जन्मघर इलाम पुगेका उहाँ हालसम्म परिवार र मित्रहरूसँग कुनै सम्पर्कमा आउनुभएको छैन। श्रीदेव भट्टराई नेपालका दुई दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा सक्रिय बहुआयामिक कलाकार हुन्। उहाँले अभिनय गरेको थुप्रै म्यूजिक भिडियो, विज्ञापन तथा चलचित्रहरू अत्यन्त लोकप्रिय बनेका छन्। भावनात्मक अभिनय, शालीन व्यक्तित्व र कलाप्रतिको समर्पणका कारण भट्टराईले दर्शक तथा चलचित्रकर्मीबीच विशेष पहिचान बनाउन सफल हुनुभएको छ। कलाक्षेत्रका साथै उहाँले पछिल्ला वर्षहरूमा कार्यक्रम आयोजक र सांस्कृतिक संयोजकको भूमिकामा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। नेपाल र ...