Saturday, November 21

Blog

गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपतिको छलफल
समाचार

गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपतिको छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शान्ति सुरक्षा र बाढी पहिरो पीडितको अवस्थाबारे चासो व्यक्त गरेकी छन् । शुक्रबार अपरान्ह राष्ट्रपति भवन शीलत निवासमा गृहमन्त्री खगराज अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मुलुकको शान्ति सुरक्षा, बाढी पहिरो पीडितहरुको अवस्थाबारे राष्ट्रपति भण्डारीले जानकारी लिएकी हुन् ।  गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीबाट राष्ट्रपति भण्डारीले ब्रिफिङ लिएकी हुन् ।  हालै सिन्धुपाल्चोक, मनाङलगायतका स्थानमा गएको बाढी पहिरोबाट केही मानिसले ज्यान गुमाएका छन् भने सयौँ घरबार बिहीन बनेका छन् । ...
ढुङ्गा, गिट्टी र बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
अर्थ/व्यापार, समाचार

ढुङ्गा, गिट्टी र बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले खानीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमा वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले शुक्रबार बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा व्यापार घाटा कम गर्न ढुङ्गा, गिट्टी, बालुवा लगायतका खानीजन्य पदार्थ निकासी गर्ने निर्णय थियो । उक्त निर्णयले चुरे संरक्षण क्षेत्रमा गम्भीर असर पर्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासहितले उक्त व्यवस्था कार्यान्वयन नगराउन अदालतसमक्ष माग गरेका थिए । सरकारले ढुंग...
गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत
राजनीति, समाचार

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत पर्यो। ५९ सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन्। प्रदेश सभामा ५८ सांसद उपस्थित थिए। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास रहेको मत जाहेर गरेका हुन्। विश्वासको मत पाएसँगै नेपाली नेतृत्वको सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने बाटो खुलेको छ भने मन्त्रिपरिषद विस्तार कार्यविभाजनका लागि पनि बाटो खुलेको छ। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने र कार्यविभाजन गर्ने घोषणा गरेका थिए। काँग्रेसका नेपाली संविधानको...
गत २४ घण्टा थप २७६८ कोरोना संक्रमण, ४४ को मृत्यु
समाचार, स्वास्थ्य

गत २४ घण्टा थप २७६८ कोरोना संक्रमण, ४४ को मृत्यु

 गत २४ घण्टामा नेपालमा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार २० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ४६८ परीक्षण गर्दा ८०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५९ हजार ६२४ जना आइसोलेसनमा रहेका छन् ।...
श्रीदेव र नग्मा अभिनित ‘तिम्रो मुहारमा…’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव र नग्मा अभिनित ‘तिम्रो मुहारमा…’ सार्वजनिक (भिडियो)

प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् ।  भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=7nJvX99vNKE ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामांगको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।...
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी
अर्थ/व्यापार, समाचार

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने...
सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाउने बताइएसँगै बैंकहरुको सबै शाखामा कारोबार खुला गरिने भएको छ । यही असार ७ गते सोमबारबाट बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने बैंकर्स संघले जनाएको छ ।सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा यही असार ७ गतेसम्म रहेको छ । त्यसपछि निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारीसँगै संघले पनि बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ...
मेलम्ची र हेलम्बुमा लेदोसहितको बाढी कसरी आयो ?
समाचार

मेलम्ची र हेलम्बुमा लेदोसहितको बाढी कसरी आयो ?

मंगलबार आएको लेदोसहितको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार सखाप बनायो । सो बाढीले केहीको ज्यान लियो भने सयौँ परिवारलाई घरबार बिहीन बनायो । एक्कासि आएको लेदोसहितको बाढीले हेर्दाैहेर्दै घरहरु पुरिए भने मानिसहरु ज्यान जोगाउन डाँडातिर उक्लिनु परेको थियो । तर, यसरी बिनास गर्ने गरी लेदोसहितको बाढी कसरी आयो ? धेरैलाई चासो रहन सक्छ ।  प्राकृति प्रकोपमा परिरहने सिन्धुपाल्चोकका हेलम्बु र मेलम्ची सुरक्षित मानिएका बेला बितण्डा मच्चाउने गरी आएको बाढीले धेरैलाई करोडपतिबाट रोडपति बनाइदिएको छ । यसअघि यसरी सखाप बनाउने गरी बाढी नआएको स्थानीय बताउँछन् ।  मंगलबार मेलम्ची खोलाछेउको हेलम्बु नाकोटेका भन्ने स्थानमा पहिरो गएको थियो । सो क्रममा अम्दाथान, तिम्बु र तालामाराङसम्म २२ किलोमिटर बगेर लेदो बनेको र सोही बेला लार्के खोलाबाटै आएको बाढी इन्द्रावतीमा मिसियो । तत् पश्चात हेलम्बुब...
सुनको मूल्य घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य घट्यो

साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो। यो सँगै सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। विहिबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ...
बाढी प्रभावित क्षेत्रमा प्रकोपको जोखिम
समाचार

बाढी प्रभावित क्षेत्रमा प्रकोपको जोखिम

बाढी पहिरो र डुबानका चपेटामा परेका १५ भन्दा बढी जिल्लामा पानीजन्य एवं स्वास–प्रस्वाससम्बन्धी रोग संक्रमणको जोखिम रहेकाले सजग रहन विज्ञहरूले सुझाएका छन्।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार बाढी पहिरोपछि पानीजन्य र स्वास–प्रस्वासजन्य समस्या देखिन सक्ने बताए। ‘सामूहिक बसाइका क्रममा स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना संक्रमण, रुघाखोकीको जोखिम हुन्छ। त्यस्तै सरसफाइको कमीले पानीजन्य रोगको डर उत्तिकै डर छ,’ डा. पुनले भने।  बाढी पहिरो र डुबान क्षेत्रमा पानीको गुणस्तर र स्वच्छतातर्फ ध्यान दिन नसकिएको उनले बताए। पानीको स्रोत दूषित हुँदा झाडापखाला, आउँ, टाइफाइड, हैजा, भाइरल हेपाटाइटिस ‘ए’लगायत पानीजन्य सरुवा रोगको जोखिम बढ्ने डा. पुनको भनाइ छ। उनका अनुसार विस्थापितहरूको एकै ठाउँमा सामूहिक बसाइ भएका बेला स्वास्थ्य मापद...