Saturday, November 21

मनोरन्जन

लोकप्रिय बन्दै ‘हल्लो अमेरिका’
मनोरन्जन, समाचार

लोकप्रिय बन्दै ‘हल्लो अमेरिका’

काठमाडौं,  माघ २८  ग्यास्लेक्सी दैनिक ‘हेलौ अमेरिका’ अमेरिकामा वस्ने नेपालीहरुको दिनचर्या साथै अमेरिका सम्वन्धि विबिध जानकारी सहित मनोरञ्जनात्मक कार्यक्रम निर्माण गरेर जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल ज्याक्सन हाईट न्युयोर्कबाट साप्ताहिक रुपमा प्रसारण हुदै आइरहेको छ । सुमन थाम्सुहांङ कार्यक्रम सञ्चालक प्रस्तोता, सम्राट कार्की छायांकार, टोमालामा सहनिर्देशक, मन्दिल श्रेष्ठ सम्पादक एवं किशोर सुब्बा निर्माता एवं निर्देशक रहेको यो कार्यक्रमको सल्लाहकारमा रबिन्द्र खड्का रहेका छन् । करिव १२ भाग नियमित हेल्लो अमेरिका र ४ भाग विशेष कार्यक्रम प्रसारण भैसकेको यस ‘हेल्लो अमेरिका’को सयौ भाग पुगेपछि न्युयोर्कमा एक भब्य विशेषःकार्यक्रमआयोजना गरि सफलताको जानकारी दिईने योजना रहेको निर्देशक किशोर सुब्बाले बताउनु भयो । अमेरिकाबाट यस्तो कार्यक्रमहरु अन्य पनि भएता पनि यो हेल्लो अमेरिका अलिक फ...
रोहित जोशीको ‘मेरो आँशुमा’
मनोरन्जन, समाचार

रोहित जोशीको ‘मेरो आँशुमा’

काठमाण्डौँ, माघ २७  ग्यालेक्सी दैनिक रोहित जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । एकपछि अर्को भिडियोमा ब्यस्त बन्दै गइरहेका जोशी उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै यो सफलता पाउन सफल भएका हुन् । वातावरण सहज हुना साथ चलचित्र निर्माणको तयारीमा रहेका मोडल रोहित जोशी मोडलिङ सँगसँगै अभिनय, ब्यबसाय, समाजसेवा लगायतमा पनि संलग्न रहेका छन । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् । केही समय पहिले मात्र उनी अभिनित ‘मेरो साथी र ‘आज तिम्रो सम्झनाले’बोलको गीतको भिडियो सार्वजनिक भएको थियो भने यतिबेला ‘मेरो आँशुमा’बोलको भिडियो दर्शक, श्रोतामाझ आएको छ । सिन्धु रानाको शब्द, रेशम चौधरीको संगीत, गायक आनन्द कार्कीको मर्मश्पर्शी गीतको भिडियोमा मोडल रोहित जोशीलाई कैलाश, रोजीराई लगायतका कलाकारले साथ दिएका ...
मौलिक लोकबाजा प्रशिक्षण सुरु
मनोरन्जन, समाचार

मौलिक लोकबाजा प्रशिक्षण सुरु

सर्लाही, माघ २७  ग्यालेक्सी दैनिक मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु भएको छ । दशदिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरुको सहभागी रहने छ । प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजाबन्ने,बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत प्रारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरतालबोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत बिभाग प्रमुख प्राज्ञ अशोक कुमार राईले उद्घाटन कार्यक्रममा जानकारी गराउनु भयो । यस भन्दा पहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण दुई हप्ते कार्यक्रम सम्पन्न गरिसकेको छ । ...
लोकगायक जयनन्द लामाको नयाँ लोकगीत सार्वजनिक
मनोरन्जन, समाचार

लोकगायक जयनन्द लामाको नयाँ लोकगीत सार्वजनिक

काठमाण्डौँ, माघ २७  ग्यालेक्सी दैनिक ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत गाएर सार्वजनिक गरेका छन् । लामाले महाभार लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गरेका हुन्। गायक लामाकै शव्द र संगीत रहेको लोक गीत उनका साथमा दीपा लामाले गाएका छन्। बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिएका छन्। लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ। छम छम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो पनि तयार पारिएको छ। ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ। इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माय...
‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक
मनोरन्जन, समाचार

‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक

काठमाण्डौँ, माघ २५ ग्यलेक्सी दैनिक रियालिटी शो 'नेपहपको श्रीपेच' को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्यापर 'माइला'को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखिएका छन् । तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले छन् l यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको छ । कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डी म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको हो । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच' र्‍याप म्युजिक रियालिटी शो हो । डी म्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदिप पोखरेल र रो...
हेमन्त कान्छाको ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक
मनोरन्जन, समाचार

हेमन्त कान्छाको ‘फूल रोको कस्ले देख्छ र’ सार्वजनिक

काठमाण्डौ, माघ २४ ग्यालेक्सी दैनिक इश्वर बल्लवको निर्देशनमा गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘फूल रोको कस्ले देख्छ र?’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो आज भोली बन्ने भन्दा केही फरक र कलात्मक शैलीमा बनेको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई पनि कलात्मक शैलीमा देखाइएको छ । फूल सँधै ठकमक्क फक्रिए पनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् । गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । गीतको भिडियोमा गायक हेमन्त स्वयमले अभिनय गरेका छन् । भिडियोलाई सर्जक रेम गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/J6bTpoOgPz0...
नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्रीमा गणेश सुवेदी नियुक्त
मनोरन्जन, समाचार

नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

काठमाण्डौ, माघ २४ ग्यालेक्सी दैनिक विगत दुई दशकदेखि नेपाली गीत संगीत, चलचित्र एवम वृत्तचित्रमा सक्रिय गणेश सुवेदी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्रीमा नियुक्त हुनु भएको छ । संघको गतिविधिमा क्रियाशील सुवेदी संघको पूर्ण सदस्य पनि हुनुहुन्थ्यो । लोकतन्त्र प्रति आस्था राख्ने सांस्कृतिक कर्मीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल सांस्कृतिक संघ नेपाली भाषाम कला साहित्य र संस्कृति विविध बिषयको अध्य्यन अनुसन्धान र संरक्षणमा कटीबद्ध रहदै आएको छ । नेपाली कांग्रेसको निति सिद्धान्त र आदर्शलाई कलाको माध्यमबाट नागरिकको मनमनमा पुर्‍याउने उद्देश्यले नेपाल सांस्कृतिक संघको गठन भएको हो । संस्कृतिकर्मीहरुको हकहित संरक्षणमा दिलो ज्यान दिन हरदम तयार गणेश सुवेदीको आगमनपछी संघले नयाँ गति लिने विश्वास गरिएको छ । रोल्पा जिल्लाको त्रीवेणी गाँउपालिका वड...
“राजनीति चल्दैन “भन्दैछन लोकराज अधिकारी र कृष्ण काफ्ले (भिडियो)
मनोरन्जन, समाचार

“राजनीति चल्दैन “भन्दैछन लोकराज अधिकारी र कृष्ण काफ्ले (भिडियो)

भन्छन- सम्बन्धमा “राजनीति चल्दैन ” प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे नजिकिदै छ । एकातिर राजनीतिक सरगर्मी पनि बढेको छ । चारै तिर राजनीति चलेको बेला प्रसिद्ध गीतकार लोकराज अधिकारी भने “राजनीति चल्दैन “भन्दैछन । ” हाम्रो सम्बन्धमा राजनीति चल्दैन ” बोलको नयाँ र फरक शैलिको गीतकार अधिकारीको गीतमा गायक कृष्ण काफ्लेको स्वर रहेको छ । शुक्रबार सार्बजनिक भएको ‘राजनीति चल्दैन’ बोलको गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी, मोडेल सुधिर श्रेष्ठ र रोशन केसीको अभिनय देख्न सकिन्छ । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । निशान घिमिरेको निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन हरि हुमागाईंले गरेका हुन् भने भिडियोको कोरीयोग्राफी टीम एमडिएको रहेको छ । सबैतिर खराब राजनीति चलेपनी पार्टी नै फुटेपनी माया-प्रेममा सम्बन्धमा खराब राजनीति चल्दैन प्रेम टुट्दैन भन्ने ...
फिल्म बनाउने पैसा समाजसेवामा लगाउने निर्माता श्रेष्ठ
मनोरन्जन, समाचार

फिल्म बनाउने पैसा समाजसेवामा लगाउने निर्माता श्रेष्ठ

काठमाण्डौं, माघ २०  ग्यालेक्सी दैनिक यति बेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायांकन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ । निर्माता मधुकुमार श्रेष्ठ भने फिल्म बनाउने पैसा सर्वसाधारणको स्वास्थ्य उपचारमा खर्चिरहेका छन् । श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिका लगायत विभिन्न स्थानमा स्वास्थ्य टोली सहित शिविर अभियानमा छन् । जुन अभियान अन्तर्गत धादिङका विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना हुनुका साथै घरदैलो उपचार अभियान समेत चलिररहेको छ । ‘कोरोनाको डरको कारण अहिले मानिसहरु अस्पताल जान डराएर रोग लुकाउदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोली सहित धादिङ आएको हो’ श्रेष्ठले भने ‘केही दिनको लागि भनेर आएको एकसा...
लाखेमा स्टारको भिड
मनोरन्जन, समाचार

लाखेमा स्टारको भिड

काठमाण्डौं, माघ २०  ग्यालेक्सी दैनिक कोइला भित्रको हिरा, चलचित्र जगतमा न दिन न रात न निन्द्रा प्यास तर पनि इतिहास कोर्ने आशमा धादिङ जन्म थलो भई काठमाडौलाई कर्मथलो बनाउँदै आएका नायक सञ्जोग राणाको अभिनय साँच्चै नै उत्कृष्ट मानिन्छ । धेरै चलचित्रमा अभिनय गरिसकेका सञ्जोग चलचित्रलाई नै जीवन जिउँने आधार हो र बाँकी जीवन चलचित्र क्षेत्रमै बिताउने प्रण गरेका छन् उनले । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिन प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको चलचित्र‘लाखे’मा स्टारहरुको भिड नै छ । कोभिडको महामारिमा पनि चलचित्र निर्माण गर्नु एउटा चुनौती नै हो । अस्ट्रेलियामा बसेर नेपाली चलचित्रलाई बिदेशमा प्रदर्शन गरु नेपाल र नेपालीलाई बिश्व सामु चिनाउदै आएका गणेश मल्ल ठकुरी ‘जिएम ठकुरी’ प्रस्तुतकर्ता रहेको चलचित्र ‘लाखे’का निर्माता सिजन अर्याल हुन भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । सौगात मल...