Friday, November 20

राजनीति

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आजको लागि उक्त सुनुवाई सारिएको थियो । प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाले आजको लागि सुनुवाई सारिएको थियो ।  प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।   इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ हुन छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माथ गरिएको छ ।&nbs...
सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनका विषयमा  सरकारसँग लिखित जवाफ माग्यो
राजनीति, समाचार

सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनका विषयमा सरकारसँग लिखित जवाफ माग्यो

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध गरेका रिटहरुमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदनकर्ताले यस विषयमा सरकारको निर्णय बदर गर्न माग गर्दै अन्तरिम आदेश दिन माग गरेका थिए । अदालतले आज नै अन्तरिम आदेश दिएन तर अन्तरिम आदेश दिन अस्वीकार पनि गरेको छैन । अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्नको लागि मिति तोकेको छ । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका थिए ।...
मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै अदालतमा रिट दायर गरेका हुन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार जसपाका नेतालाई समेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले जसपाका १० र नेकपा एमालेका २ जना मन्त्री थपेका थिए ।  रिट निवेदनमा अहिलेको सरकार कामचलाउ रहेको उल्लेख गर्दै त्यस्तो सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको भावना र मर्मविपरीत हुने  जनाइएको छ । साथै रिट निवेदनमा मन्त्रिपरिषद् विस्तार बदर गर्न गर्न माग गरिएको छ। ...
महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त
राजनीति, समाचार

महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त

 प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञान...
जनता निराश भए ब्यवस्था माथि नै संकट
राजनीति, समाचार

जनता निराश भए ब्यवस्था माथि नै संकट

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक को...
मन्त्रिपरिषद् पुनर्गठन गरे
राजनीति, समाचार

मन्त्रिपरिषद् पुनर्गठन गरे

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।  उनले पुनर्गठन गर्नु सर्वोच्च अदालतको फैसलासम्मलाई  दुइ चारदिनको घामछांया भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीमै समस्या रहेको बताउदै भने - 'न मन्त्री फाल्नु समाधान हो न पाल्नु' उनले लेखेका छन् - 'पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा - कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला' सम्मलाई दुइ-चारदिनको घामछांया !'...
ईश्वर पोखरेल मन्त्रिपरिषद्‌बाट बाहिरिने, एमालेबाट को–को रहने ?
राजनीति, समाचार

ईश्वर पोखरेल मन्त्रिपरिषद्‌बाट बाहिरिने, एमालेबाट को–को रहने ?

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  पुनर्गठित सरकारमा एमालेका चार जनाबाहेक सबै मन्त्री पदमुक्त हुने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्न लागिएको हो । अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुनर्गठित मन्त्रिपरिषद्बाट उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका छन्। अब परराष्ट्र मन्त्रालयको जिम्मा उपप्रधानसहित रघुबीर महासेठले पाउनेछन् । ...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका को–को बने मन्त्री ?
राजनीति, समाचार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका को–को बने मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह, रक्षासहित ८ मन्त्रालय रिक्त रहेका बेला शुक्रबार प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  विस्तारित मन्त्रिपरिषद्मा सहभागी जसपाका नेताहरुलाई साँझ मन्त्री पदको सपथ खुवाउने तयारी गरिएको छ । सपथ खुवाउने बेला कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाए भन्ने अन्तिम टुंगो लाग्ने छ । तर, प्राप्त जानकारीअनुसार जसपा संसदीय दलका नेता उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् ।  यस्तै शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिकुमार झाले खानेपानी, लक्षणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय, चन्दा...
जसपाको ठाकुर पक्ष सरकारमा जान यसकारण रोकियो
राजनीति, समाचार

जसपाको ठाकुर पक्ष सरकारमा जान यसकारण रोकियो

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तत्काल सरकारमा नजाने भएको छ । सरकारमा जान ठिक्क परेर मन्त्रालय बाँडफाँडको समेत टुंगो लगाएको ठाकुर पक्ष तत्काललाई रोकिएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले ठाकुर पक्ष रोकिएको हो । फैसला नआएसम्म सरकारमा नजाने निष्कर्षमा जसपा ठाकुर पक्ष पुगेको उक्त समूहका एक नेताले बताए । जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याउन सकेको छैन । उक्त पक्ष बहुमत पुर्याउन सक्रिय भएको छ । बहुमत बनाएमा मात्र पनि सरकारमा जाने टुंगो लगाइहाल्ने पक्षमा देखिएको छ । जसपाभित्र उपेन्द्र यादव समूहको बहुमत छ । कार्यकारिणी समितिमा यादवको बहुमत भएपछि ठाकुर अप्ठ्यारोमा परेका छन् । उनलाई नयाँ दल खोल्नुपर्ने हुन्छ ।जसपाले ७ मन्त्रालय पाउने गरी प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउन खोजेका छन् । जसपाले भने ८ मन्त्रीसहित केही राज्य...
आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो
राजनीति, समाचार

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पाररेर थप गरिएकाे निषेधाज्ञा आजदेखि काठमाडौं उपत्यकामा लागू भएकाे छ। खुकुलाे बनाइएकाे निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ। काठमाडाैं गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ। गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । आजदेखि  खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ। किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लागू हुनेछ। विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मज...