जनजीविकाका सवालमा केही कुरा
-डा.डी.आर.उपाध्याय खनाल,
काठमाडौं । जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझुस या नबुझुस केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रो संग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागी रात दिन काम गरेका हुन्छन । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् ।
जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहार...



