Sunday, November 22

समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि सरकारी पक्षको बहस
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि सरकारी पक्षको बहस

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमा आजदेखि सरकारी पक्षको बहस हुँदैछ । निवेदन पक्षको बहस आइतबार सकिएपछि आजदेखि सरकारी पक्षको बहस हुन लागेको हो । सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ । सरकारी पक्षको बहस महान्यायाधिवक्ता रमेश बडालले सुरु गर्दैछन्। उनका लागि सबै विषय समेट्ने गरी तीन घण्टा समय छुट्याइएको छ । उनीपछि नायब महान्यायाधिवक्ता पदम पाण्डेयले बहस गर्नेछन् । उनका लागि दुई घण्टा समय छुट्याइएको छ । लगत्तै महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ताहरु विश्वराज कोइराला, श्यामकुमार भट्टराई, टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिमाल, खेमराज ज्ञवाली, लोकराज पराजुली, सञ्जीवराज रेग्मी, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनी गरी ९ जनाले बहस गर्नेछन् । उनीहरू प्रत्येकका लागि अधिकतम् आधा घण्टाको समय छुट्याइएको छ । यसपछि प्रधानमन्त्री र राष्ट्र...
दुई प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम, समाचार

दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।...
नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा
खेलकुद, समाचार

नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा चेक रिपब्लिकले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गरेको हो ।  उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलको ६८ औं मिनेटमा चेकका टोमस होलेसले गोल गरी टिमलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ८० औं मिनेटमा चेकका प्याट्रिक सिकले चेकले गोल गरी टिमलाई अग्रता दोब्बर पारे ।  जितसँगै चेक युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । ...
काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी
विविध, समाचार

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी

कोरोना महामारीको दोस्रो लहर आएसँगै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै सार्वजनिक यातायात पनि सञ्चालन गर्ने तयारी थालिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन् । डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले बताइन् । यो साता खुकुलो भएको निषेधाज्ञ...
भारतमा एकैदिन ४६ हजार ६४३ मा कोरोना संक्रमण, ९८१ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४६ हजार ६४३ मा कोरोना संक्रमण, ९८१ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ९८१ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४६ हजार ६४३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ७८ हजार ९६३ जना पुगेको छ । हालसम्म २ करोड ९३ लाख २ हजार २ सय ६० कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
खेलकुद, समाचार

पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा बेल्जियमले सानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बेल्जियम साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्यो । यसअघिका खेलमा बेल्जियमलाई पराजित गरेको पोर्चुगलले गए रातिको खेलमा जित निकाल्न कठिन भयो । बेल्जियमको डिफेन्स निकै बलियो भएको कारण पोर्चुगलले गोल गर्ने मौका पाएन । खेलको पहिलो हाफमा नै बेल्जियमका थोर्गन हाजार्डले गोल गरे । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार पोर्चुगलका गोलकिपरले समात्न सकेनन् ।  २५ औं मिनेटमा रोनाल्डोले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । ५४ औं मिनेटमा पनि रोनाल्डोले प्रहार गरेको बल डिफेन्डर थोमस भर्मालेनले रोके । जितसँगै बेल्जियम युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।  ...
१ हजार ९२० संक्रमित थपिए, ९ हजारको मृत्यु
समाचार, स्वास्थ्य

१ हजार ९२० संक्रमित थपिए, ९ हजारको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । गत २४ घण्टामा नेपालमा १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६७ पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३६ परीक्षण गर्दा ५६७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
गायक राजन श्रेष्ठको “त्यो मन” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायक राजन श्रेष्ठको “त्यो मन” सार्वजनिक (भिडियो)

लामो समयको अन्तरालमा गायक तथा संगितकर्मी राजन श्रेष्ठ  “त्यो मन” लिएर आएका छन । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठलेनै गरेका हुन । तेजना ईन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियो स्टुडियो कुवेरले निर्माण गरेको हो । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन । अविनाश डिसीको सम्पादन रहेको भिडियोको मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । चर्चित मोडल रोशनी कार्कीको जिवन्त अभिनय रहेको भिडियोमा मोडल भानु पाण्डेको समेत अभिनय रहेको छ ।पोखराको रमणीय दृश्यहरु कैद भएको भिडियोलाई दर्शकले रुचाएका छन । https://youtu.be/a20wt6XMoC0 सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्...
काठमाडौँ उपत्यकाको निषेधाज्ञा थपिने, जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी
समाचार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा थपिने, जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले खबरहबसँग भने । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ । जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताए । काठमाडौं उपत्यकामा वैशाख १६ ...
हरेक हिसावले जनता दुखी
राजनीति, समाचार

हरेक हिसावले जनता दुखी

-डा.डिआर उपाध्याय, आज देश गम्भिर संकटमा छ । राजनीतिक दलहरु धु्रविकृत भएका छन । पाँच दलीय गठबन्धनले हिजो संचारकर्मीहरु संग अन्तरक्रिया गरेको थियो । पाँच दलीय गठबन्धनले देशमा देखिएका समस्याका बिषयमा छलफल गरेको थियो । अहिले देशमा जनताले दुख्ख पाईरहेका छन । हरेक हिसावले जनता दुखी छन । देश र जनताको हक हीत र अधिकारका लागी काम गर्ने दल र तिनका नेताहरु कता छन कुनै पत्तो छैन । कुनै दल सत्ता स्वार्थमा छन । जनताको समस्या नबुझने नेता र दल मात्र भए हाम्रो देशमा । आफनो पेट भोर्ने बाहेक अरु केही सोच्दैनन । यस्तो भए पछि नेता बाट जनताले के आश गर्ने ? आश गर्ने ठाउँ पनि छैन । अहिले देश सहि किसिमले अघि बढन सकेको छैन । देशमा समस्या मात्र उत्पन्न भइरहेका छन । देशमा राजनीतिक , आर्थिक , सामाजिक समस्याहरु छन । अहिले मुलुक संवैधानिक संकटमा छ । संविधान मिचिएको छ । जनताका समस्या ज्यूँका त्यू छन । जनताका समस्या ...