Sunday, November 22

समाचार

कोपा अमेरिका : मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित
खेलकुद, समाचार

कोपा अमेरिका : मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो । उक्त खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले उक्त खेलमा अर्जेन्टिनाका लागि दुई गोल गरे । खेलको छैटौं मिनेटमा अर्जेन्टिनाका अलेजान्ड्रो गोमेजले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पेनाल्टीमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४२ औं मिनेटमा मेस्सीले नै गोल गरे ।  त्यसपछि खेलको ६० औं मिनेटमा बोलिभियाका साभेड्राले गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । जितसँगै समुह ए मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्नेछ । ...
युरोपेली च्याम्पियनसिप : फ्रान्समाथि स्विट्जरल्यान्डको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : फ्रान्समाथि स्विट्जरल्यान्डको जित

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्विट्जरल्यान्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पराजित गरेको हो ।  उक्त खेलमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फ्रान्समाथि स्विट्जरल्यान्डले ५-४ गोलको जित निकालेको हो । जितसँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।  उक्त खेलमा फ्रान्सका बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गर्दै टिमलाई अग्रता दोब्बर पारेका थिए ।   स्विट्जरल्यान्डले अब क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । ...
आज असार १५ , दही च्यूरा खाने दिन, धान दिवस मनाइँदै
राष्ट्र, समाचार

आज असार १५ , दही च्यूरा खाने दिन, धान दिवस मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्र...
काठमाडौं उपत्यकामा आजदेखि चले सार्वजनिक यातायात
समाचार

काठमाडौं उपत्यकामा आजदेखि चले सार्वजनिक यातायात

काठमाडौं उपत्यकामा आजदेखि जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । सोमबार बसेको काठमाडौ उपत्यकाका प्रमुख  जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम कम भइनसकेका भन्दै अझै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । उक्त बैठकले मंगलबारदेखि सार्वजनिक बस चल्न दिने निर्णय गरेको थियो ।    बैठकले उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको थियो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु गराउनु पर्ने अनिवार्य गरिएको छ । अघिल्लो सातादेखि जोरबिजोर प्रणालीको आधारमा नीजि सवारी साधन सञ्चालन अनुमति दिएको स्थानीय प्रशासनले अब सार्वजनिक यातायातलाई पनि खुकुलो बनाउँदै लैजाने रणनीति लिएका हुन् । ...
भारतमा एकैदिन ३७ हजार ३७ मा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३७ हजार ३७ मा कोरोना संक्रमण

 भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ९०७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३७ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख १५ हजार ९१० जना पुगेको छ । हालसम्म २ करोड ९३ लाख ५९ हजार २ सय ८ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
थप २४४४ मा कोरोना संक्रमण, ३८५३  निको
विशेष, समाचार

थप २४४४ मा कोरोना संक्रमण, ३८५३ निको

गत २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६४८ पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९९२ परीक्षण गर्दा ९३५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । नेपालमा हाल ३७ हजार ९५० जना सक्रिय संक्रमित रहेका छन् ।...
विश्वकै पहिलो एचआईभी स्कुलमा समाजसेवी डिल्ली अधिकारीको जन्मदिन,विद्यार्थीलाई खाद्यान्न वितरण
समाचार, समाज

विश्वकै पहिलो एचआईभी स्कुलमा समाजसेवी डिल्ली अधिकारीको जन्मदिन,विद्यार्थीलाई खाद्यान्न वितरण

‘ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिका’ले नेपालका विभिन्न स्थानमा देशमा जारी निषेधाज्ञाका कारण खानाबाट बंचित,असाहय र श्रमिकहरुका लागि दैनिक रुपमा खाना वितरण गर्दै आईरहेको छ । काठमाडौंको परोपकार स्कूल क्षेत्र, बालाजु, ठमेलमा दैनिक सयौंको संख्यामा रहेका भोकाएका पेटहरुलाई भोजन वितरण गर्दै आईरहेको संस्थाको तेश्रो बार्षिकोत्सव तथा फाउण्डेसनका अध्यक्ष एवं बरिष्ठ समाजसेवी डिल्ली अधिकारीको जन्मदिनको अवसरमा किर्तिपुर स्थित एचआईभी संक्रमित भएकाहरुका लागि खोलिएको विश्वकै पहिलो स्कूलमा एक समारोहका बीच कार्यक्रम समेत गरिएको थियो । उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले नेपालमा गरेका सामाजिक सेवा र उनले नेपालमा मात्र नभएर अमेरिकामा समेत नेपालीहरुलाई गरेका समाज सेवाको बारेमा चर्चा गरिएको थियो । स्कूलका बिद्यार्थीहरुले केक काटेका थिए भने अध्यक्ष अधिकारीको तर्फबाट नेपालका...
काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने
विशेष, समाचार

काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक बस चल्ने भएका छन् । सोमबार बसेको काठमाडौ उपत्यकाका प्रमुख  जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मंगलबारदेखि सार्वजनिक बस चल्न दिने  निर्णय गरेको हो ।  काठमाडाै‌, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे उक्त बैठकले मंगलबारदेखि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको हो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु गराउनु पर्ने अनिवार्य गरिएकाे छ । अघिल्लाे सातादेखि जोरबिजोर प्रणालीको आधारमा नीजि सवारी साधन सञ्चालन अनुमति दिएकाे स्थानीय प्रशासनले अब सार्वजनिक यातायातलाई पनि खुकुलाे बनाउँदै लैजाने रणनीति लिएका हुन् ।  कोरोनाभाइरस संक्रमणकाे जोखिम कम भइनसकेकाले  अझै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय उक्त बैठकले गरेकाे छ । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा शुक...
सुनको मूल्य  स्थिर
अर्थ/व्यापार, समाचार

सुनको मूल्य स्थिर

 सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।  आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यपनि स्थिर रही तोलाको १ हजार ३ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
सानदार जित निकाल्दै पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा

सोमबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा पेरुले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा पेरुका आन्द्रे क्यरिलोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८ औं मिनेटमा गोल गरी पेरुलाई जित दिलाए ।  जितसँगै पेरु अन्तिम आठमा पुगेको छ । यससँगै पेरुको ४ खेलमा ७ अंक छ भने भेनेजुएलाको २ अंकसहित पाँचौ स्थानमा  छ । ...