Saturday, November 21

समाचार

नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन
अर्थ/व्यापार, समाचार

नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ साथै, गठबन्धनले सो निर्णय जनता...
जनता निराश भए ब्यवस्था माथि नै संकट
राजनीति, समाचार

जनता निराश भए ब्यवस्था माथि नै संकट

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक को...
डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने
समाचार

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

डेनमार्कले नेपाललाई कोरोनाभाइरस (कोभिड १९)विरुद्धको १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले नेपाल सरकार स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर अनुदानमा १४ लाख डोज खोप दिने जानकारी दिएको हो । डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप उपलब्ध गराउने भएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको छ । सेरमले उत्पादन गरेको खोप लगाएका जेष्ठ नागरिक खोपको पर्खाइमा रहेका बेला डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप नेपाललाई अनुदानमा दिने भएको हो । ...
३४७९ जना संक्रमित थप, ९९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

३४७९ जना संक्रमित थप, ९९ जनाको मृत्यु

 गत २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार २ सय ६२ परीक्षण गर्दा ४ सय ५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९९ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने
खेलकुद, समाचार

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने

 आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ। स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा सर्न सक्ने सम्भावना रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आइसीसीको पत्र आउन बाँकी रहे पनि खेल स्पेनमा सर्ने पक्कापक्की जस्तै भएको क्यानले बताएको छ। लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।...
सर्वाेच्च अदालतमा संवैधानिक इजलास पुनर्गठन
समाचार

सर्वाेच्च अदालतमा संवैधानिक इजलास पुनर्गठन

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन्। इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्। वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन्। कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए।  रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ। गत मंगबलार सर्वोच्च बारका प्रतिनिधिसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने  जनाएका थिए।...
ललिता निवासका ४९ ‘जग्गाधनी’लाई २१ दिने म्याद, म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको
समाचार

ललिता निवासका ४९ ‘जग्गाधनी’लाई २१ दिने म्याद, म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । उनीहरुलाई यो जग्गा आफ्नो भएको प्रमाण पेश गर्न यो म्याद दिइएको हो । यदि उनीहरुले यो म्यादभित्र जग्गा आफ्नो भएको प्रमाण पेश गर्न नसके जग्गा नेपाल सरकारको नाममा कायम गरिनेछ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुपर्ने भएकोले सो गर्नु नपर्ने भए आफ्नो प्रमाण पेश गर्नको लागि सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो । कार्यालयले निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भए इमेलमार्फत समेत प्रमाण पेश गर्न सकिने जनाएको छ । मालपोत कार्यालयले जग्गाधनीलाई सो जग...
सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार
समाचार

सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार

सिराहाको मिर्चैया नगरपालिका  ४ मा गोली प्रहारबाट एक जना घाइते भएका छन् । शनिवार बेलुका अज्ञात समूहले चलाएको गोली लगेर एक औषधि व्यवसायी घाइते भएका हुन् । घाइते हुनेमा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी रहेका छन् । प्रहरीका अनुसार उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ ।  गोली लागेर घाइते भएका सागरको मंगलम् अस्पतालमा उपचार भइरहेको जनाइएको छ । गोली चलाएको अरोपमा घाइते साफीका दाजुभाइ पर्नेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको जनाइएको छ ।  ...
भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख १४ हजार संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख १४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ५३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८८ लाख ८ हजार ३७२ जना पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६८३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।  यस्तै २ करोड ६९ लाख ७६ हजार ६११ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ । यसअघी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।...