Sunday, November 22

समाचार

‘आलु जस्तो लव’ सिरिजको ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

‘आलु जस्तो लव’ सिरिजको ट्रेलर सार्वजनिक

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास व्यक्त गरेका थिए । ‘सिरिजमा सबै कलाकार युवा र नयाँ छन, कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । यो मेरो लागि चुनौती र अवसर दुवै हो,’ उनले भने । उनले सिरिजलाई टेलिभिजनमा प्रसारणका लागि कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताएका थिए । सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्...
उत्तम केसीको निर्देशनमा तीज गीत ‘चौतारीमा लर्के बर’
मनोरन्जन, समाचार

उत्तम केसीको निर्देशनमा तीज गीत ‘चौतारीमा लर्के बर’

काठमाडौं, साउन १२ सारा संसार मिडिया अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बरिष्ठ कलाकार उत्तम केसी नेपालको निर्देशन रहेको गीतको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य रहेको छ । निरेन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोलाई देवराज वस्नेतले निर्माण गर्नुभएको हो । राम केसीको छायाँकन रहेको भिडियोमा राजकुमार मगरको सम्पादन छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो । ‘एउटा मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किने जमर्को गरेको र भिडियो पनि त्यसै अनुसार निर्माण गरेको छौ’, निर्देशक केसीले भन्नुभयो, ‘सबैको मेहनतबाट मौलिक तीज गीत बनेको र त्यसै अनु...
सितामाजुको स्मरणमा गायन प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

सितामाजुको स्मरणमा गायन प्रतियोगिता सम्पन्न

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक ह्याउँनिभाः र ग्लोबल नेपाल नेटर्वकको संयुक्त आयोजनामा भएको सितामाजुको स्मरणमा (नेपालभाषा म्येकासा ने.सं. ११४०) गायन प्रतियोगिता सम्पन्न भएको छ । यो कार्यक्रममा संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख अतिथि, विशेष अतिथि महिला नेतृ एवम् पूर्वमन्त्रीसमेत रहेका हिसिलाको उपस्थिति रहेको थियो । सामाजिक संजालमा भएको गायन प्रतियोगितामा सहभागिता जनाएकाहरुलाई सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेवार भाषा संगीतको प्रवद्र्धन गर्ने संस्थालाई मायाको चिनो तथा प्रमारण पत्र समेत प्रदान गरिएको थियो । कर्यक्रममा ग्लोबल नेपाल नेटवर्कका संयाेजक सुनिल कुमार शाक्यले संगीत भनेकाे दुखः र सुखमा चाहिने साधन हाे, जसले जीवनमा अघि बढ्नका लागि मद्दत गरेकाे हुन्छ भनी धारणा राखे । एस टेलिभिजनका अध्यक्ष अनुपसिं सुवालले नेपालभाषाकाे सांग...
प्रसुनजंग पोखरेल अन्तराष्ट्रिय गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै
मनोरन्जन, समाचार

प्रसुनजंग पोखरेल अन्तराष्ट्रिय गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । ब्राईट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत राजधानीका प्रसुनजंग पोखरेलले आगामी साता थाईल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगीता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएवापत प्रसुनले सो अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्। देशभरका व...
‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक,करोड बढी भ्युज
मनोरन्जन, समाचार

‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक,करोड बढी भ्युज

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्काे गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ । रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनीक भएको गीतको ‘अटल वाचा गरें..’, ‘अघाउदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानीसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणलेसमेत अधिक मात्रामा टिकटक बनाएका छन् । अहिलेसम्म ती बोलमा चार लाख बढी टिकटक बनीसकेका छन् भने एक करो...
डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र
विविध, समाचार, समाज

डा.उपाध्यायद्वारा ११० विश्व रेकर्ड कायम,पचास अन्तर्राष्ट्रियभाषाको गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय/खनालले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गर्नुभएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनागरी गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उहाँलाई हस्तान्तरण गरिएको हो । शहरी विकास मन्त्री मेटमणी चौधरीले उहाँलाई उक्त प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभ...
आराध्यको ‘घरमा पनि एक्लै’ सार्वजनिक
मनोरन्जन, समाचार

आराध्यको ‘घरमा पनि एक्लै’ सार्वजनिक

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीतमा आराध्य नाथ प्याकुरेलले पहिलोपटक आफ्नो सुमधुर गायन सार्वजनिक गरेका छन् । नेपाली सुगम सङ्गीतका मानक गीतकार कालीप्रसाद रिजालले आराध्यको स्वर सुनेपछि उनको स्वरमा गायनमा अगाडि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर यो गीत गाउने स्वीकृति दिएका हुन् । समकालीन पुस्ताका लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले पनि आराध्याको स्वर सुनेपछि केही नेपाल आधुनिक सुगम सङ्गीतमा सुमधुर स्वरको आगम भएको महसुस गर्दै यो गीतमा सङ्गीत भारिदिएका हुन् । अडियोमा राजु कार्कीको अरेन्ज, अजय सिंह कार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको गीतमा भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका छन् । गोल्डेन क्रियशनको युटुवच्यानलबाट स्टुडियो भिडियोसहितको गीत सार्वजनिक...
सुजताले टोलै थर्काउने
मनोरन्जन, समाचार

सुजताले टोलै थर्काउने

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज नजिकै गर्दा तीज बिशेषको गीतको भिडियोहरु सार्वजनिक हुने क्रम जारी छ । यसै मेसोमा चर्चित गायिका सुजाता केसीले ‘गायर नाचेर टोलै थर्काउने’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती, लोशिन लामिछाने, आभा थापा, बिनु शाक्य, रष्मि भट्ट लगायतका कलाकारले अभिनय गरेको छन् । भिडियोमा रामकुमार केसीको छायांकन, बिकास ज्ञवालीको सम्पादन, रन्तोष राजवहाकको निर्देशन रहेको छ । तीज पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्दपि यसको महत्वमा कुनै कमि देखिँदैन । https://youtu.be/ebeco6e1iw4...
गायक नितिन गजुरेलको जिन्दगीमा
मनोरन्जन, समाचार

गायक नितिन गजुरेलको जिन्दगीमा

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक पछील्लो समय गीत संगीत क्षेत्रमा व्यस्त र निरन्तर काम गर्दै आईरहेका गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत 'जिन्दगीमा'को भिडियो सार्वजनिक गरेका छन । गीतमा गायक नितिन गजुरेलसंगै अहिलेकी चर्चित व्यस्त गायिका अस्मिता अधिकारीको सुमधुर स्वर, मुनाल शिशिर कोइरालाको शब्द, राजेश थापाको संगीत र विश्व अधिकारि एरेन्ज रहेको छ । एउटा प्रेमिल जोडीको जिन्दगीमा आउने विभिन्न उतारचढाव कथा समेटिएको भिडियोमा विजु पार्की, सुनिशा बजगाँई बालकलाकार इशब घिमिरे लगायतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन भने सम्पादन कलरिङ्ग र पोस्टर डिजाइनिङ बिष्णु खडकाले गरेका छन । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/_Hxd8yNZUNI...
बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार
अर्थ/व्यापार, समाचार

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो । अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलाद...